समाजलाई एकताको श्रृंखलामा बाध्नेछ

रेशमी पुन

कोरोनाको कहर छ,
जीवनका तारहरू चकनाचूर छन्
बन्द भएका छन् ढोकाहरु
नयन खुल्न सक्दैनन्
तर व्यंग्य गर्दै छ,
गगन फेरि खोज्दैछ अकालहरु

मग्न धुन तोड्नु होस्,
आइलाग्ने आगो पनि निभाइन्छ ।
चालु भइरहेको छ, अपार अँध्यारो
विश्वमा कोरोना रुपी वर्षात भइरहेको छ
तर मानव जीवनमा धुलोमुलो र धुवाँ छ ।

सम्पूर्ण संक्रमितहरु,
फलाम जस्तै शक्ति लिनुहोस् ।
कसले प्रहार गर्न सक्छ, ऊ बाँच्नेछ
समाजलाई एकताको श्रृंखलामा बाध्नेछ
जीवनका त्यान्द्रासँग लड्न सक्षम हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार