समाजवादी समाजका नागरिक

  •   
  •  
  •  
  •  
  •  
  •  

846 जनाले पढ्नु भयो ।

  • जनक विसि

दास युगमा दास मालिक ठुलो मान्छे हुन्थे । सामन्ती समाजमा सामन्तहरुले धाँक र ठाँटबाठको लागि आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्दथे । वर्तमान पुँजिवादी समाजमा नाफा कमाउने होडबाजि चलिरहेको छ । जुनसँग धेरै पुँजि छ उ नै सम्मानित मानिस भएर जीवन बिताइरहेको हुन्छ । छलफल र कुराकानी गर्दा श्रम वेच्ने मान्छेलाई तल्लो स्तरको बनाएर खिस्सी उडाईन्छ र धेरै धन पैसा खर्च गरेर विलासी जीवन विताएको कुरालाई महत्वका साथ वर्णन गरिन्छ ।

सर्ब साधारण जनताले समेत आफू पनि सम्पन्न वर्गमा पर्ने गरि सम्पन्नताको कुुरा गर्न मन पराउँछन् । आफ्नो सम्पन्नताको योजना पूरा गर्न देवता, धर्म, पुजा र अन्धविश्वासी काम कारवाहिमा आफ्नो समय खर्च गर्दछन् । समाज विकाशका नियम र सम्पन्न वर्गको हैसियत थाहा पाउने प्रयत्न कम गर्दछन् । यहि मनोबैज्ञानिक स्तिथिबाट फाइदा उठाउन राज्यसत्ताका सञ्चालकहरुले जनतालाई अरु भ्रम फिजाउने प्रयत्न सफल पारेका हुन्छन् ।

धर्मको प्रचार गर्दछन्, झुटो आस्वासन बाँडछन् । जनताबाट विभिन्न कर उठाएर आफ्नो निजि स्वार्थ पूरा गर्ने र जनताको मालिक बन्ने र मालिक वर्गको अभिनय गर्ने काम गर्दछन् । यसैले बुर्जुवा राज्यमा जनता मालिक बन्न पाउँदैनन् । विभिन्न किसिमका झमेला झेल्न बाध्य हुन्छन् । आफ्नो उत्पादन वृद्धि गर्नमा सहयोग पुग्दैन र आफ्ना आवश्यकता पूरा गर्न योग्यता विकाशमा वाधा पर्छ, रोजगारी पाईंदैन, औषधि उपचार गर्न सुविधा हुँदैन र भएमा सुविधा उपभोग गर्न पक्षपात हुन्छ । यहि अभाव र दुःखकष्ट गराएर नै बुर्जुवाहरु आफू सम्पन्न हुन्छन् । यसैले पुँजिवादी राज्य व्यवस्थामा सर्बसाधारण नागरिक दुःखकष्ट झेल्न बाध्य हुन्छन् । समाजका धनिहरु यहि दुःखकष्ट अभावबाट फाईदा उठाएर आफ्नो सम्पन्नता कायम गर्दछन् ।

यसमा रोक लगाएर सामुहिक प्रयत्नबाट तयार भएका आवश्यकतामा वस्तुहरु सामुहिक स्वामित्व कायम गरेर उपभोग गर्न लाग्दा कामको योग्यता र अनुशाशनको आधार बनाउन जरुरी हुन्छ । यसले गर्दा समानता कायम गर्न व्यक्तिगत विचारमाथि रोक लगाउन जरुरी हुन्छ । यसैले यो समाजमा भएका गल्ती कमजोरीहरुको आलोचना सामुहिकताको विकाश जरुरी हुन्छ ।

भविष्यमा स्थापना हुने समाजबादी समाज ठिक विपरित हुन्छ । सर्बसाधारण जनताको आवश्यकतालाई मुख्य रुपमा हेर्ने राज्यको मुख्य जिम्मेवारी हुन्छ । यसको लागि निजि सम्पन्नतालाई नियन्त्रण गर्ने प्रयत्न गरिन्छ । किन भने एउटा मानिसको प्रयत्नले कुनै काम सम्पन्न हुन सक्दैन । जुनसुकै काम सम्पन्न गर्न सामुहिक प्रयत्नको जरुरी हुन्छ । यसैले एउटा मानिस सम्पन्न हुने र अर्को मानिस विपन्न हुने हुन सक्दैन । निजि सम्पन्नता त्यतिखेर मात्र सफल हुन्छ, जतिखेर सामुहिक प्रयत्नबाट तयार भएको सम्मतिलाई व्यक्तिका नाममा जम्मा गरिन्छ । यसमा रोक लगाएर सामुहिक प्रयत्नबाट तयार भएका आवश्यकतामा वस्तुहरु सामुहिक स्वामित्व कायम गरेर उपभोग गर्न लाग्दा कामको योग्यता र अनुशाशनको आधार बनाउन जरुरी हुन्छ । यसले गर्दा समानता कायम गर्न व्यक्तिगत विचारमाथि रोक लगाउन जरुरी हुन्छ । यसैले यो समाजमा भएका गल्ती कमजोरीहरुको आलोचना सामुहिकताको विकाश जरुरी हुन्छ । यसो गर्दा जनतालाई सुविधा हुन्छ र उच्च सुविधा लिन चाहने र कम मेहनत गर्नेहरुलाई अप्ठ्यारो पर्न सक्दछ, अप्ठ्यारो पनि उनीहरुलाई कम सुविधा भएर होईन बढि सुविधा लिन नपाएर नै हो ।

समाजवादी समाजमा पनि पुँजिवादी समाजमा हुने वर्गसंघर्ष कायम हुन्छ, फरक यत्ति हो, वर्तमान समाजमा राज्यसत्ताको प्रयोग सम्पन्नताहरुलाई सम्पन्न थप्न विपन्नहरुको विपन्नता बढाउनको लागि हुन्छ भने त्यतिखेर सम्पन्नताहरुको सम्पन्नता घटाउन र विपन्नताहरुको विपन्नता कम गर्न वा निम्नतम आवश्यकता सबैका पूरा गरेर सबैका उच्चतम सुविधाको लागि ऐन कानुन बनाएर पालन गर्नको लागि राज्यसत्ताको उपयोग गरिन्छ । सत्तासिन वर्ग लामो समयसम्म सत्तामा बसेर उत्पिडन गरिरहेको हुनाले उसले विपन्न वर्गमाथि उत्पीडन गर्न नपाएको हुनाले आफ्नो गुमेको रजाई फर्काउनको लागि पहिला भन्दा दशौगुणा बढि प्रयत्न गर्ने क्रममा आफ्नो सुविधा खोसिएको प्रचार जोडतोडले गर्ने र यसको समाधान पनि वर्ग संघर्षबाट गर्न पर्ने हुनाले असफल प्रयत्न भएको हुन्छ । उसका प्रचारका साधन गुमेका हुन्छन, उ आक्रमक अवस्थामा हुन सक्दैन, रक्षात्मक अवस्थामा हुन्छ । दशौं हजार वर्षको उत्पीडनका साधन गुमेर नयाँ परिस्थितिको सामना गर्न पर्दा उसको लागि असहज महसुज भएकोमात्र हो, त्यहि पनि नियम कानुनको मातहतमा रहेर वर्ग संघर्ष गर्न उसलाई पनि छुट हुन्छ । वर्ग संघर्षमा हार खानु पर्दा उसको अधिकार गुमेको र मनपरि गर्न नपाएको पिर मात्र हो ।

हामीले वर्ग संघर्ष गर्दा गर्ने काममा दुई पक्ष भएता पनि पहिलो बढी महत्वपूर्ण, दोस्रो त्यसको सहयोगि मात्र हुन्छ । पहिलो रचनात्मक काम अथवा समाजवादी समाज निर्माण गर्ने काम हो, यो गर्दा सामुहिक अनुशासन र जिम्मेवारी पूरा गर्नुको साथै आफुले गर्ने काममा लगातार सुधार गर्दै जाने र योग्यताको स्तर बढाउदै जानुपर्ने आवश्यकता पर्दछ । दोस्रो त्यसको सहयोगी काम पुँजिवादी राज्य र पुँजिवादी समाजलाई भत्काउने काम हो । पुँजिवादी तरिकाको काम व्यवहार समाजलाई ध्वस्त नपारिकन समाजवादी समाज निर्माण हुन सक्दैन ।

पुँजिवादी समाजको गर्भबाट समाजवादी समाज जन्मने भएता पनि पुँजिवादको निषेध नगरिकन समाजवादी समाज निर्माण गर्न सकिदैन । परस्पर बिरोधी समाज भएको हुनाले पुँजिवादलाई निषेध नगरिकन समाजवाद निर्माण हुन सक्दैन । त्यसो गर्ने भनेको श्रमबाट खटेर योग्यताको विकास गर्ने र उच्च योग्यताका साथ काम गर्नेलाई उच्च सुविधा उपलब्ध गराउने सामुहिक निर्णय गर्ने र निजि उत्तरदाईत्वका साथ काम पूरा गर्ने योग्यता विकाश गर्न उसको चाहना र प्रतिस्प्रधाबाट विना रोकटोक सुविधा दिलाउने, यसो गर्दा योग्यतानुसार काम गर्न उसलाई कुनै अफ्ठेरो पर्दैन । शिक्षा र उत्पादन एकसाथ अगाडि बढाउदा समाजवादी समाज निर्माण र विस्तार गर्न सजिलो हुन्छ । यतिमात्र होईन त्यसले पुँजिवादी समाज भत्काउने उत्साह र सफलतालाई पनि नजिक त्याउँछ । हाम्रा प्रमुख दुई काम प्रकृका विरुद्ध संघर्ष गर्ने र विरोधी वर्गका विरुद्ध संघर्ष गर्ने दबै साथसाथै अगाडि नवढाईकन हाम्रो जिम्मेवारी पूरा हुदैनन ।
१९ मे २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *