सम्पुर्ण वाबाहरुप्रति सम्मानका दुइ शब्द

तारा सोमारे

आज १९ जुलाई २०२० को दिन अत्यन्तै महत्वपूर्ण दिन हो । किन भन्दा आज सन्तानहरुले आ–आफ्ना बाबाको सम्मान दिने दिन हो, जसलाई धार्मिक रुपमा कुशे औंशी पनि भनिन्छ ।

हाम्रो देशमा कुशेऔंशी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्य औंशीको दिन बाबा दिवस (बाबाको मुख हेर्ने दिन) को रुपमा मनाउँदै आइरहेका छौँ ।

सनातन धर्म अनुसार बाबा, आमा नहुनेले गोर्कण र विष्णुपादुकामा श्रद्धा, तर्पण, दान, पुण्य गरि पित्री तार्दा आफुले पुण्य प्राप्त गर्ने विश्वास लिंइदै आएको छ । कुशको विशेष प्रकारको औंठी हुन्छ जसलाई पवित्र मानेर धारण गर्ने गरिन्छ ।

त्यसैगरी बाबाप्रति सर्मपित यस दिनको रोचक ईतिहास पनि छ डेली अमेरिकाको रिपोर्ट अनुसार वाशिङटनका सोनारा स्मार्ट डोक यसको जन्मदाता हुन उनले आमाको दिवस बारेमा थाहा पाए पछि सोच्छे बावाको पनि एकदिन दिवस मनाउनु पर्छ ।

सोनाराका बाबा विलियमले श्रीमतीको मृत्यु पछि अर्को बिबाह नगरी परिवारको हेरबिचार गरेर बसेका थिए । सोनाराले आफ्ना बाबालाई मुटुदेखिनै धन्यवाद दिन खोजेका थिए तर उनले उपयुक्त अवसर पाएका थियनन् । १९१० जुन महिनाको तेस्रो आइतबारको दिन बाबा दिवस मनाउन थाले ।

उपरोक्त माथिका यी दुवै बिषयमा अध्ययन गर्दा मलाई सोनाराले देखाएको बाबा प्रतिको माया र आज म जस्ता लाखौं युवा, युवती देश छोडेर परिवारको पालन पोषणमा संघर्ष गरिरहेको बेला छोराछोरीले हामीलाई सम्झनु अर्थात हामीले आफ्नो बाबा, आमाप्रती उच्च सम्मान देखाउनु अत्यन्तै राम्रो बिषय हो ।

भौतिक रुपमा र भौगोलिक रुपमा टाढा भएर पनि बाबाप्रति देखाएको मायाँले समाजको मान मर्यादाप्रति शिष्टचार, सद्भाव बनाएर राख्छ र बाबा आमालाई वर्षभरि नै राम्रो सेवा गरे पनि आजको दिनमा विषेश मान सम्मान दिनुपर्ने मान्यतालाई सकारात्मक पक्षबाट नै लिएको छु ।

यसले निम्न परिवारको छोराछोरीले बाबा र बाबाले छोराछोरीको भौंतिक रुपमा वास्तविक कति माया पाएका छन् भन्ने सानो उदाहरण म आफ्नो बारे मै जाकारी गराउँद छु ।

मेरो जन्म पश्चात् नै बाबा वैदेशिक रोजगारीको लागि यात्रा शुरु गर्नु भएको रहेछ, मलाई बाबा भनेर बाल्यकालमा बाबाको काख प्राप्त भनेको सालमा मात्र १५/२० दिन मिल्ने गथ्र्यो । म हुर्कदै गए सबै साथीहरूका बाबा, आमा साथमा हुँदा मलाई आमाको माया मिले पनि बाबाको भने कमि खली नै रहन्थ्यो ।

जबसम्म मेरो उमेर १८ वर्ष भएको थियो तब मात्र पहिला भन्दा बढी बाबासँग बस्ने अवसर मिलेको थियो, वास्तविक भनौ भने मेरो बाबा हुनुहुन्छ भन्ने एहसास भयो ।

३/४ वर्षसँगै समय बिताए पछी बाबा स्वदेश फर्किनु भयो र उहीं पहिला कै परिस्थितिलाई स्मरण गर्दै दिनचर्या बिताएको छु । जन्मेको ४२ वर्ष भए पनि देशको व्यबस्थाले हामीलाई यतिसम्म मजबुर वा बाध्यता पारेको छ, मलाई बाबाले जन्म दिए पनि बाबा भनेर नजिकैबाट बुझ्ने अवसर मात्र ३/४ वर्ष मिलेको छ । लाखौं गरिबी रेखामुनी जन्मिएका बालबालिकाहरुलाई मलाई जस्तै पिडा परेको महशुस गर्दछु ।

बाबाको साथ भौंतिक रुपमासँगै बसेर समय बिताउन नसके पनि वहाँले ३०/३२ वर्ष भारि बोक्ने, घरहरुमा भाडा माझी हामी तीन छोराछोरी वा आमा प्रति गरेको संघर्षलाई आत्मदेखि नै नमन गर्दछौं । आफ्ना बाबासँग बिछोड भै बस्न विवशता हुने सम्पुर्ण युवाहरूलाई यस पछाडीका कारणहरुको अध्यन गरि आउँने पिढी हामी जस्तो बाबा हुँदाहुँदै वहाँले गरेको संघर्षप्रति अज्ञात दिनचर्या बिताउन नपरोस् यसको लागि संघर्ष गर्न आव्हान गर्दछु ।

अन्तमाः परिवारप्रति आफ्नो त्याग, मिहिनेत, परिश्रम लगाउने सम्पुर्ण बाबाहरुप्रति हार्दिक नमन गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार