सरकारको प्रतिनिधि नै झुठको खेतिमा

सुरेशकुमार पाण्डे

अहिले भारत, नेपाल लगायत पुरै दुनियाँ कोविड १९ को महामारीमा परेको छ । यो महामारीका कारणले दुनियाँ भरि छरिएर रहेका प्रवासी श्रमजिविहरुको अवस्था चिन्ताजनक छ । यो कोरोनाको बिश्वाशिलो उपचार अहिलेसम्म कुनै देशले पनि पत्ता लगाउँन नसकेको अबस्थामा लकडाउन गरिएको छ, जसबाट यो बिमारी नफैलियोस् भन्ने उदेश्य नै हो ।

स्वदेशमा रोजगार नपाएपछि भारत लगायत विश्वका बिभिन्न देशहरुमा नेपाली नागरिकहरु आफ्नो श्रम बेच्न बाध्य छन्, जो कसैसँग लुकेको कुरा होईन । तर भारतमा शान्ति तथा मैत्रि सन्धिको तहेत खुल्ला सीमाना भएकोले आगमन बेरोकटोक हुन्छ । त्यसले गर्दा अहिले भारतमा नेपालीहरु कति छन् ठ्याक्कै भन्न अपठ्यारो छ । जो जति पनि छन्, धेरै जसो मजदुरी गर्नेहरुको संख्या अत्याधिक छ । होटेलहरु, कम्पनि, फैक्ट्री, बजारको चौकिदार आदि ठाउँहरुमा नेपाली कामदारहरु प्रसस्तै भेट्टिन्छन् ।

मार्चको २२ तारिकदेखि लकडाउन चल्दै आएको छ । यो तेस्रो चरणमा मई १७ सम्म भनिएको छ, तर दिन पछि दिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोले अझ लम्बिन पनि सक्छ । यहाँका मजदुरहरुको अबस्था मध्ये नेपालीहरुको समस्या झनै जटिल छ । सबै भन्दा पहिले सरकारले आफ्ना नागरिकहरुलाई देश भित्रनै समय दिएर बोर्डर शिल गर्नुपथ्र्यो, त्यो सरकारबाट हुन नसक्दा हजारौं नेपाली नागरिकहरु सीमानासम्म हिंड्दै गएता पनि देश भित्रिन लामो संघर्ष गर्नु पर्यो । कुनै पनि देशमामा बसेका नागरिकहरुलाई विश्व स्वास्थ्य संगठनको प्रोटकाल अनुसार रेखदेख भएको छ कि छैन, छानबिन गर्ने जिम्मा सरकार र सरकारको प्रतिनिधि संस्था दूतावासको हो । तर दूतावासले कसैसँग सोधपुच्छ गर्नु त कहाँ हो कहाँ, आफ्नो फोन सहित बन्द गरेर बस्ने अनि मिडियामा गलत प्रचारवाजी गर्ने ? भारतमा रहेका विभिन्न नेपाली सामाजिक संघ संस्थाहरुद्वारा बारम्बारको माग पछि पनि सरकारले भारतस्थित नेपालीहरुको उद्दारको लागि कुनै कदम नचाल्नु अत्यान्तै चिन्ताजनक बिषय त छ नै, त्यो भन्दा पनि दुःखको बिषय भारतका लागि नेपाली राजदूत बनेर आएका निलाम्बर आचार्यको गैरजिम्मेवारी बयानले तमाम श्रमजिवि नेपालीहरु हैरान र चिन्तीत छन् ।

“भारतस्थित नेपालीहरुको कुनै समस्या छैन, हामीले रेखदेख गरेकाछौँ । हेल्पलाईन नम्बरमा फोन गरेकाहरुलाई सहयोग पुराएका छौँ” जस्ता बयान दिए । पहिलो कुरा त दूतावासबाट जारि हेल्पलाइन नम्बर र तात्कालिक समस्याका लागि जारि भएको फोन नम्बर नउठेको गुनासो सर्वत्र छ । दोश्रो कुरा यो लकडाउनको अवधिमा कैयौं नेपालीहरु उपचार नपाएरै मृत्यु समेत भएका उदाहरण हाम्रा अगाडि छन् । मृत्यु हुनेहरुले आफ्न्तको मुखाग्नी समेत पाएनन्, दूतावासमा सम्पर्क गर्दा उनीहरुका आफन्तलाई उपस्थित गराउने वा स्वदेशसम्म पुर्याउने कार्यमा समेत आफूहरु असमर्थ भएको अवगत हुँदाहुँदै पनि राजदूतको यो गलत धारणा आउनु भारतस्थित नेपालीहरुप्रति गैरजिम्मेवारी नै हो । आज विभिन्न ठाउँहरुबाट समस्या परेकाहरुले मिडियाहरुमा आक्रोस पोखेका छन्, यो पनि राजदूत आचार्यको गलत धारणा कै कारण हो । राजदूतले यसरी सार्वजनिक रुपमा झुठको खेति गर्दैछन् वा सरकारद्वारा नै त्यस प्रकारको निर्देशन गरिएको छ, त्यो भविष्यममा नै प्रमाणित हुनेछ ।

यहाँ मलाई प्रश्न गर्ने मन छ । दिल्लीस्थित नेपाली दूतावासले विश्व स्वास्थ्य संगठनले दिएको प्रोटकल अनुसार भारतमा नेपालीहरुको खोजबिन गरेर कस–कसलाई सहयोग पुरायो ? त्यसको जानकारी नै दिन नसके पनि कमशिकम आप्mनो देशको सरकारको प्रतिनिधि आफुहरुको पक्षमा सम्भव कोशिस गरिरहेको छ भन्ने आम सर्वसाधरणले महशुस त गर्न पाउनु पर्यो नि ? ति श्रमिकहरुले गरेको फोन त उठाउँदैन भने भारतमा भएका नेपालीहरुको अबस्था के कस्तो छ जानकारी छ भन्ने बारे कसरी ढुक्क हुने ? अहिले देशभित्र जाने बाताबरण नहुन सक्छ, तर नेपालीहरु नै कोरोना बोकेर देशमा जान चान्छन् त ? बरु थुप्रो धार्मिक कट्टरपन्थीहरु नेपालमा लुकेर पसेको खबरहरु आइरहेका छन् । उनीहरुलाई त रोक्न सक्नु भएन त तपाइहरु ?

बस्ने बास र खाने गासको अभावले गर्दा भारतमा अहिले नेपालीहरुको अवस्था दयनीय बन्दै गएको छ । कैयौँले देशभित्र फर्किन चाहन्छन्, यसको विकल्प पनि छैन । उनीहरुले काम गर्ने फैक्ट्री, कम्पनि, होटेल लगायतका ठाउँहरुमा बन्दाबन्दी भए पछि उनीहरु सड्कमा पुगेको अवस्था हो । पहिलो चरणको लकडाउनमा समस्या कम थियो तर जस्तै जस्तै लाकडाउन थपिँदै गयो उनीहरुको समस्या पनि बढ्दै गयो । किरायका क्वाटर, किनेको छाक, काम नभएका श्रमजिविहरुको अवस्था कस्तो होला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ ।

यतिवेला भारतमा रहेका नेपालीहरुका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायत विभिन्न सामाजिक संघ संस्थाहरुहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेर असाह्यहरुलाई आबश्यक सामाग्रि पुराउँने काम गरिरहेका छन् । केवल मूल प्रवाहले मात्रै आफ्नो स्वपहलमा लुधियाना, जालन्धर, चण्डीगढ, हिमाचल, हरियाणा, राजस्थान, महाराष्ट्र, उत्तर भारत, केरला, कर्नाटका, तामिलनाडु, गुजरात, मध्य भारत, दिल्ली, पूर्वोत्तर भारत लगायतका विभिन्न स्थानहरु तथा राज्यहरुमा नेपालीहरुलाई सहयोग र राहत प्रदान गर्ने काम भएको छ । जहाँजहाँ श्रमिक नेपालीहरु संगठनको सम्पर्कमा आएका छन्, उनीहरुलाई मूल प्रवाहले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग र राहत प्रदान गरेको छ । यो विषयम परिस्थितिमा सबै भारतस्थित नेपालीहरुले आपसमा एक अर्काको मदत् गरेर बर्गिय मायाँको परिचय र कर्तब्य पूरा गर्नु पर्ने आवश्यक छ ।

५ मई २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार