सहसचिव पशुपति पोख्रेल पितृशोकमा

खिमराज चालिसे, चण्डीगढ ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिका सहसचिव पशुपति पोख्रेललाई पितृशोक परेको छ ।

बुबा कृष्णप्रसाद पोख्रेलको ७० को उमेरमा असमायिक निधन भएपछि पोख्रेललाई पितृशोक परेको हो ।

केही दिनदेखि दाङ जिल्लाको घोराही अस्पतालमा उपचार चलिरहेका कृष्णप्रसाद पोख्रेलको कोरोनाको कारण गत २०७८ जेठ ५ गते निधन भएको परिवारले जनाएको छ ।

दाङ जिल्ला लमही नगरपालिका वडा नम्बर २ निवासी मृतक कृष्णप्रसाद पोख्रेलको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार