सहिको समर्थन र गलतको भंडाफोर गरौं : खनाल

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खेल विभागको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन महासचिव ठाकुर खनालले गर्नुभएको थियो । उद्घाटन मन्तव्य महासचिव खनाले खेलाडीहरुले खेलको बारेमा मात्र नभई र देश र समाजको बारेमा सचेत भई सही र गलत बुझ्ने क्षमताको विकाश गर्नु पर्नेमा जोड दिनु भयो । सहिलाई समर्थन र गलतको भण्डाफोर गर्नुपर्ने अनिबार्य भएको खनाले बताउनु भयो ।

देशको तत्कालीन अबस्था बारे बोल्दै खनालले संसद बिघटन गरिनु गणतन्त्र माथीको हमला बताउनु भयो ।

कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिदै आउँदाका दिनहरुमा पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गर्नु पर्ने खनालको थप भनाई थियो । रिबन काटेर महासचिव खनालले खेलको उद्घाटन गर्नुभएको थियो ।

खेलमा १२ टिमहरु बीच प्रतिस्पर्धा रहेको सो खेलमा प्रथम तारापुर र द्वितिय कच्चिगाम दमन भएका थिए । विजयी टिमहरुलाई महासचिव ठाकुर खनाल, केन्द्रीय सल्लाकार श्रीधर शर्मा, केन्द्रीय सल्लाकार क्षेत्रीय महिला बिभाग अध्यक्ष रमकला काउछा, खेल बिभागका संयोजक कृष्ण कुँवर, सचिव भुवन सिंह धामी, बिभागका कोषाध्यक्ष दिपेश लिम्बूले मेडल, सिल्ड र सटिपिकट लगयातले पुरस्कृत गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन क्षेत्रीय खेल बिभाग सदस्य बाबुराम दहित अध्यक्षता क्षेत्रीय खेलकुद बिभागका संयोजक कृष्ण कुँवरले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, केन्द्रीय सल्लाकार तथा क्षेत्रीय महिला बिभाग अध्यक्ष रमकला काउछा केन्द्रीय सल्लाकार श्रीधर शर्मा प्रतियोगिताका विशेष सहयोगी स्पन्सर बिरेन्द्र कुमार कार्की, मूल प्रवाह वापी पूर्व नगर अध्यक्ष तथा क्षेत्रीय खेलकुद बिभागका सचिव भुवन सिंह धामी, दमन नगर अध्यक्ष शेर बहादुर बिक, वापी पश्चिम नगर अध्यक्ष निखिल रावत, सिलवासा नगरका सुरेन्द्र राना लगायतले अतिथी ग्रहण गर्नुभएको थियो ।

भलिवल खेल कार्यक्रममा बिरेन्द्र कुमार कार्कीको बिशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार