साइप्रसको लार्नामा एक नेपाली महिलाद्वारा आत्महत्या

  •   
  •  
  •  
  •  
  •  
  •  

95 जनाले पढ्नु भयो ।

निकोसिया । साइप्रसको लार्नामा दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नं. ८ खहरे निवासी शुक्री तामाङले आत्महत्या गरेकी छिन् ।

२३ वर्षीय तामाङले गत वर्ष २०१९ अगस्तमा विवाह गरेकी थिइन् । विवाह भएको एक वर्ष नपुग्दै घरेलु कामदारको रूपमा साइप्रस गएको बुझिएको छ । मृतकका श्रीमान सुबिन तामाङको दुर्घटनाबाट मृत्यु भएको खबर प्राप्त भएपछि सोही राती उनले आत्महत्या गरेकी हुन्।

मृतक महिलाले टिकटकमा आफ्ना बुवा, आमा, सासू, ससुरासमक्ष माफी माग्दै आफ्नो मुटु बिना बाँच्न नसक्ने भन्दै आफू पनि सँगै जान लागेको भिडियो पोस्ट गरेको साइप्रस नेपाली एकता समाजका उपाध्यक्ष चन्द्रबहादुर वली बताउनुभयो ।

समाजका उपाध्यक्ष वलीले साइप्रस नेपाली एकता समाजको तर्फबाट यस दुखद घटनाप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ । उक्त घटनाबारे अवैतनिक वाणिज्य राजदूतावास साइप्रसलाई जानकारी भइसकेको र कानुनी प्रक्रियानुसार काम अगाडि बढिरहेको कुरा बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *