साईप्रस नेपाली एकता समाजको आयोजनामा बोटपार्टी सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

1275 जनाले पढ्नु भयो ।

जिवराज पोख्रेल

निकोशिया, १३ जुलाई । साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा परिचयात्मक भेटघाट एवं बोट पार्टी (द्ययबत एबचतथ) कार्यक्रम ११ जुलाई २०२१ का दिन भव्य रुपमा सम्पन्न पारिएको छ । गत २३ जुन २०२१ का दिन बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्माण अनुसार सो कार्यक्रम सम्पन्न पारिएको हो ।

 साईप्रस नेपाली एकता समाजको स्थापना भएको केवल एक वर्षको अवधिमा समाजले उल्लेखनीय र सहरानीय कार्यहरु गरिसकेको छ । एकता समाजले साईप्रसस्थित नेपालीहरु बीच निकै लोकप्रियता प्राप्त गरेका साथै यो छोटो अवधिमा एउटा नयाँ छाप छोड्न सफल भएको छ । साईप्रस नेपाली एकता समाजले स्थानीय रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न पार्नुका साथै साईप्रसस्थित नेपालीहरुलाई भईपरि आएका विभिन्न समस्याहरु समाधानका लागि निरन्तर संघर्ष गर्दै आएको छ । त्यस्तै स्वदेशमा पनि विभिन्न समस्यामा परेकाहरुलाई र राष्ट्रिय अविस्कार केन्द्रलाई समेत समाजले सहयोग गरेको छ ।

साईप्रस स्थित श्रमजीवी मजदुर नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई एकता समाजको झण्डामुनी गोलबन्द गर्ने, मैत्री भावको विकास गर्ने र आपसी भाईचारा सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यका साथ गरिएको सो कार्यक्रमलाई सम्पन्न गर्न खटिनु हुने साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति सम्पूर्ण पदाधिकारीहरु एवं सदस्यहरुलाई समाजका अध्यक्ष देवेन थापाले धन्यवाद प्रकट गर्नुभएको छ ।

थापाले प्रान्तीय जिम्मा अनुसार लिमासोलबाट बिन्दु खड्का, जिवराज पोख्रेल, रिता थापा क्षेत्री, गिरा नेपाली थापा । निकोसियाबाट मन्जु लिम्बु, सुशिल शाह, पारालिमिनीबाट कविता गोले, नानु गुरुङ, खाना व्यवस्थापनमा खिटिने कविता गोले, ईश्वर घर्ती, खिमान थापा, नानु गुरुङ, भरत लिम्बु, बिना गुरुङलाई र मिडियाक्रमी आत्माध्वज लामालाई धन्यवाद प्रकट गर्नुभएको छ ।

एकता समाजको कार्यक्रमलाई सफलतापूर्वक पूरा गर्न सहयोग गर्नु हुने बालकुमार लिम्बु, नुमा लिम्बु, सञ्जु मगर, निरु गोले, लालु मगर, एन्जेल लिम्बु लगाएत सहभागी सम्पूर्णलाई अध्यक्ष थापाले धन्यवाद प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *