साउदीमा ज्यान गुमाएका ९५ नेपालीका परिवारलाई क्षतिपुर्ति (क्षतिपूर्ति पाउनेहरुको विबरण सहित)

0Shares

72 जनाले पढ्नु भयो ।

काठमाडौं । साउदीमा ज्यान गुमाएका ९५ नेपालीका परिवारले क्षतिपुर्ती पाउने भएका छन् । काम गर्दागर्दै मृत्यु भएका ९५ नेपालीका परिवारलाई सम्बन्धित कम्पनीले पाउन बाँकी तलव, भत्ता, बोनस बापतको रकम पठाएका हुन् ।

विभिन्न कम्पनीले दूतावासको नाममा जम्मा गरेको रकम दूतावासले नेपालस्थित कन्सुलर सेवा विभागको खातामा ट्रान्सफर गरेको छ । यी मध्ये केहीको ब्लडमनि वापतको रकम समेत आएको छ ।

९५ जनाका परिवारलाई करिव ४ करोड ६४ लाख ३८ हजार ५ सय रुपैयाँ पठाइएको छ । दुई जना मृतकका परिवारले पाउने ब्लडमनी बापतको रकम पनि दूतावास मार्फत पठाइएको छ ।

रुकुमका ढाटे बुढा र सिराहका प्रदीपकुमार यादवका परिवारले झण्डै ४८ लाख रुपैयाँका दरले ब्ल्डमनी पाएका छन् । उनीहरुको साउदीमा हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *