साउन ८ देखि विद्यार्थी भर्ना, भदौ १ देखि उडान

काठमाडौं । सरकारले साउन ८ गतेदेखि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थी भर्ना खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद स्रोतका अनुसार साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरिएको छ । क्वारेन्टिन बनाइएका विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ । यद्यपी अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन् ।

यस्तै, सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ ।

आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार