सात दिनकी सुत्केरीले दिइन् परीक्षा

बेनी । सात दिनकी सुत्केरीले म्याग्दीको एउटा परीक्षा केन्द्रमा शिशुलाई काखमा च्यापेर परीक्षा दिइरहेकी छिन् ।

कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षा दिएकी हुन् ।

विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच वटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए । ‘हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ’ प्रअ सुवेदीले भने ।

उहाँका अनुसार सामान्य विद्यार्थीजस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छिन् । विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा र बच्चाको अवस्था भने सामान्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार