साथीहरुबाट प्राप्त अनमोल उपहारहरु (एक अनुभव)

35155 जनाले पढ्नु भयो ।

  • खिमराज चालिसे

विषयको शिर्षकलाई लेख्दा सामाजिक क्षेत्रमा एकता र सद्भावको एक अदभुत अनुभवलाई साझा गर्ने सामान्य कोशिश गरिरहेको छु । यो त्यसप्रकारको अनुभव हो, जहाँ मेरो एकल अनुभव भए पनि यथार्थमा वहुसंख्यक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको सामाजिक दृष्टिकोणसँग जोडिएको जस्तो लाग्यो, त्यहि कारणले मैले सामाजिक भावनाले ओतप्रोत भएको अनुभवलाई साझा गर्दैछु ।

अहिले भारतमा कोरोना भाइरस अर्थात (कोविड–१९) को विश्वव्यापी महामारीको चपेटाबाट गत करिव २ महिनादेखि लकडाउन तथा कर्फ्युमा प्रवाशी भुमीमा जीवन विताउन वाध्य भइरहेका हामीहरु मध्ये धेरैजनाको होटल क्याटरिङ, ममोज तथा विभिन्न रेहडीहरुसँग सम्बन्धित रोजगार समाप्त भइसकेको छ । यसरी बेरोजगारहरुलाई सामान्य खाना र भाडाखर्चहरु चलाउन नसकेर झनझन कष्टकर जीवन जीउन वाध्य कैयनलाई विचल्लीमा परिने चिन्ताले झण्डै अवसाद अर्थात डिप्रेशनको शिकार हुनपुगेको डरलाग्दो भयानक परिस्थिति सृजना भइरहेको छ । यस्तो विषम परिस्थितिमा पनि म जस्ता हिंजोको कुनै समयमा आप्mनै उपचारको लागि भा.रु. १६ लाख बराबरको उपचार खर्च जुटाउनको लागि संघसंस्थाहरुलाई सहयोगको अपिल गर्ने व्यक्तीले आज २÷४ जनालाई राहात वितरण गर्न सक्नु, पाउनु र के खाउ के लगाउको परिस्थिति परिवर्तन गरि दिनको ३ पटक भरपेट खाना खान पाउनु आफैमा गर्वको विषय हो ।

केही वर्ष पहिलाको परिस्थितिमा परिवर्तन भए पनि मुलरुपमा खान लगाउन नपुगेर प्रदेश पसेका हामीहरुको जीवनस्तर वर्तमान सामाजिक संरचना भित्र न त गुणात्मक सुधार हुनसक्छ, नभएको छ । त्यही कारण हो कि विगत करिब दुई महिनादेखि लकडाउन झेलिरहेको मेरो जीवनको दिनचर्या पनि करिब विकट बन्ने निश्चित नै छ तर अत्याधिक साथीहरु त्यसमा पनि स्थानीय साथीहरुको सहयोग समर्थनले भने झनझन उर्जा र हौसलाको शिखरले आत्मवल बलियो बन्दै गइरहेको सबैभन्दा गौरवमय जीवनको यथार्थ म कहिल्लै भुल्न सक्दैन ।

मसँग तत्काल कोरोना भाइरसको विरुद्धमा लडनको लागि प्रारम्भिक रुपमा आर्थिक, राशन, सेनेटाइजर, मेडिकल इक्युपमेंट, औषधिहरुको कमि त छैन तर म विवश छु हेपाटाइटिस जस्तो रोगले ग्रत हुनुको बाबजुद मेरो कार्यस्थल (सरकारी दुग्ध पसल) दैनिक खोलेर जनसेवा दिन, अनि चण्डीगढ़ भित्र भएका अहिलेसम्मका २२० संक्रमितहरु मध्ये करिव ७० प्रतिशत संक्रमितहरुले घेरेको एरियाबाट दैनिक काम गर्न तर मेरा प्रिय साथीहरु जसमथ्ये कैयनले हामीलाई दाजुभाउजु भनेर सम्मान गर्नुहुन्छ, कैयनले भाई–वहिनी भनेर ममता दिनुहुन्छ । कैयनले सर वा मैडम भनेर आदर गर्नुहुन्छ त कैयनले दाई दिदी भनेर हर्दिकतापुर्वक सम्मान दिनुहुन्छ ।

वहाँहरुले फोन विडियो कल, भेटघाटबाट लगभग दैनिक पालैपालो हाम्रो खबर लिनुहुन्छ । वहाँहरुको यो आत्मियताले भरिपुर्ण सोंचमा हामीलाई स्वस्थ्य राख्ने र यो महामारीबाट वचाउने अभियानमा लागेको महाशुस हुन्छ । त्यतीमात्र होइन, कैयनले दैनिक दुकान वरिपरी सेनेटाइज गरिदिने, कतिले सेनेटाइजर तथा हेन्डवासको उपहार दिने, कतिले इम्युनिटी पावर बढाउने औषधि, मल्टि विटामिनको उपहार दिने तथा कैयनले फेसकवर, माक्श समेत उपहार दिनुभएको छ ।

उपरोक्त उपहार मैले किन्न नसक्ने भएर वहाँहरुले दिएको होइन वरु त्यी उपहारहरुले सबैभन्दा नजिक रहेर वहाँहरुले हाम्रो स्वास्थ्यको ख्याल राख्दै सुरक्षा कवच बन्ने प्रयास गरिरहेको स्वतः स्पष्ट हुन्छ । यसरी स्थानीय साथीहरुको न्यानो सहयोग समर्थन र उच्च स्तरीय रेखदेख मेरो कठिन कार्यक्षेत्रमा वरदान साबित हुँदै गइरहेको छ । जीवन कति दिन, महिना वा वर्षको रहने हो कसैलाई केही थाहा छैन तर जीवन यात्रामा स्थानीय साथीहरुको अभुतपूर्व सहयोग समर्थनको यस्ता गौरवशाली उपहार पाउने मौका धेरैलाई निश्चित रूपमा मिल्न सक्दैन ।

यसप्रकारको खासगरि वर्गसंघर्षको आन्दोलनमा साथ–साथ चलने प्रतिवद्धताको साथ महत्वपूर्ण भूमिका निभाइरहेका मित्रहरुको व्यवहारिक तथा व्यक्तिगत जीवनमा पनि रहेको उच्च स्तरीय एकताले समाजमा सबैप्रकारका विषम परिस्थिति तथा समस्याहरु विरुद्ध सजिलै संघर्षको लागि उर्जा दिइरहने कुरामा म विश्वस्त छु ।

साथै उदाहरणीय सहयोगका प्रसस्त प्रयासहरुमा एकताको हातहरुलाई झनझन मजवुत र दृढ़तापूर्वक अघि बढाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विश्व विद्यालय रुपी संगठनबाट प्राप्त शिक्षाले नै सबैभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको र यही विश्वविद्यालयको एक विद्यार्थी भएर एकातर्फ समाजमा सबैप्रकारका शोषण दमन तथा अन्याय विरुद्ध संघर्ष गर्नसिक्ने र अर्को तर्फ व्यक्तिगतरुपमा पनि वर्गिय मित्रहरुबाट मिलिरहने सहयोगका गर्विला हातहरुले झनझन सक्रियताको उर्जा पाइरहेको हुन्छु, त्यसैले म आफैलाई यो समाज भित्र सबैभन्दा गौरवशाली व्यक्ती सम्झन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *