सामजिक सञ्जालमा भ्रम फैलाएकोप्रति राजमो कार्यकर्ता दीपेन्द्र बुढाको आपत्ति

117 जनाले पढ्नु भयो ।

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा ढोरपाटन–६ का कार्यकर्ता दीपेन्द्र बुढाले सामजिक सञ्जाल फेसबुकमा आफ्नोबारेमा फैलाएको भ्रमात्मक प्रचार झुट भएको बताउनुभएको छ । उहाँले आफू राष्ट्रिय जनमोर्चामै रहेको पनि स्पष्ट पार्नुभएको छ ।

बुढाले बागलुङ जिल्लाको एउटा माननीयको हैसियतबाट सांसद सूर्य पाठकसित भेटेको बेलामा फोटो खिचाएर सामाजिक सञ्चालमा हालेकै भरमा केही व्यक्तिहरूले भ्रम सृजना गर्नका लागि एमाले प्रवेश गरेको भन्दै भ्रम फैलाएको बताउनुभयो ।

यस्तो छ दीपेन्द्र बुढाद्वारा दिइएको स्पष्टोक्ति– “माननीय डा. सूर्य पाठकसँगको भेटमा लिएको तस्बिरलाई लिएर पार्टी प्रवेश भन्दै सामजिक सञ्जाल फेसबुकमा मेरो फोटो राखिएकोले म घोर आपत्ति जनाउँछु । साथै मैले नेकपा (एमाले) मा प्रवेश नगरेको पनि यसै सामाजिक सञ्जालमार्फत जानकारी गराउँछु ।

डा. सूर्य पाठक जननिर्वाचित व्यक्तित्व भएकाले उहाँलाई मैले एमाले भनेर भेटेको होइन, बागलुङको सिङ्गो जनताको अभिभावकत्व जिम्मेवार भएकाले अभिभावकको रूपमा भेटेको हुँ । त्यति मात्र नभई म एउटा खेलाडीको हैसियतले पनि खेलकुदसम्बन्धी केही माग राख्ने हेतुले गएको हुँ । त्यसैले पुनः एकपटक भन्छु, मैले एमाले प्रवेश गरेको होइन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *