साम्राज्यवादी षडयन्त्रकारी  एमसिसि र संघीयता खारेज गरौं !

संगठन र आन्दोलन बीच घनिष्ट सम्बन्ध हुन्छ । सही र शक्तिशालि संगठन विना  आन्दोलन र संघर्षका कार्यहरु पुरा हुन सक्दैनन् । प्रतिक्रियावादी राज्यसत्ता पुलिस, सेना, कानुन राज्ययन्त्रका नियम आदिमा टिकेको हुन्छ । तर जनतासँग ती केही हुँदैन, ती सबै जनताका विपक्षमा हुन्छन् । जनताको शक्तिशाली हथियार भने कै संगठन हो । प्रतिक्रियावादीहरुले जनताको उक्त हथियारलाई कमजोर बनाउन न्वारनसम्मको बल प्रयोग गर्ने गर्दछन् ।

जनताको हथियारलाई कमजोर पार्न प्रथम बाहिरबाट आक्रमण, दोश्रो भित्रबाट । प्रशासनिक दमन, गिरफ्तारी, धम्की हमला आदि बाहिरी आक्रमण हुन्, तर त्यसबाट संगठन कमजोर हुँदैन, झन् आक्रोश बढछ र मजबुती साथ सामना गर्ने शाहस पैदा हुन्छ । दुश्मनले संगठन भित्र घुसपैठ गरि भ्रम पैदा गर्ने फुट हाल्ने, नेतृत्वमा गलत तत्वहरु घुसाएर संगठन समाप्त गर्ने व संगठनको क्रान्तिकारीतालाई समाप्त पार्दै पूरै संगठन आफ्नो अनुकुल बनाउने प्रयत्न गर्दछ, त्यो अत्यन्तै खतरनाक हुन्छ । बाहरी दुश्मन चिनिन्छ त्यसबाट सतर्क हुँदै त्यसका विरुद्ध संघर्ष गर्न सकिन्छ, तर आफू भित्र आफू जस्तै विचारमा समानता देखाउँदै संगठनको विश्वास पात्र बन्दै भित्रबाट हमला गर्ने  दुश्मनहरुलाई चिन्न गाह्रो पर्दछ  । त्यो दुश्मन अत्यन्त खतरनाक हुन्छ र संगठनलाई धेरै क्षती पु¥याउन सक्दछ । त्यस प्रकारका दुश्मनहरुसँग सदा सतर्कता अपनाउनु पर्ने आश्यकता रहन्छ । आज नेपाल राष्ट्र विषम परिस्थितीबाट गुज्रीरहेको बेला संगठनलाई सशक्त बनाउँदै सबैखाले अवसरवादीहरुका हरचालको मुहतोड जवाब दिंदै अगाडि बढनु पर्ने आवश्यकता छ ।

रुसको उदाहरण हाम्रो सामु प्रष्ट छ, हिटलरी साम्राज्यको त्यती ठूलो आक्रमणले रुसलाई अलिकति पनि डगाउन सकेन, उल्टै मजबुती साथ अगाडि बढ्दै जाने हौसला प्रदान गर्दै गयो । उत्पीडित राष्ट्रहरुलाई समेत एकजुट हुन मद्धत पु¥यायो भने, खु्रश्चेव तथा गोर्वाचोवले भित्रबाट गरेको हमलाको सामना गर्न सकेन र रुसी सामाजिक साम्राज्यवादमा पतन हुन पुग्यो । त्यही कुरा चीन लगायत अन्य देशहरुबारे पनि सत्य हो भने हाम्रो बारे पनि सत्य हो । कतिपय अवस्थामा इमानदार कार्यकर्ताहरुबाट पनि संगठनलाई क्षती पुग्ने गर्दछ । उनीहरुको चेतनास्तरको कमीका कारण प्रतिक्रियावादी व अवसरवादीहरुको भ्रमको शिकार हुन्छन् र क्रान्तिकारी विचारमाथि जान वा अन्जानमा आक्रमण गर्न पुग्छन् र फुटपरस्त तत्वहरुको भ्रमको शिकार भई संगठनमा फूट पार्न सहयोग पु¥याउँछन् । ति इमान्दार कार्यकर्ताहरु र संगठन भित्र बसेर संगठनलाई नै धोस्त पार्न सक्रिय दुश्मनहरुलाई ठिक तरिकाले छुट्टाउन सक्नु पर्दछ । भ्रममा परेका इमान्दार कार्यकर्ताहरुलाई भ्रम मुक्त पारेर उनीहरुलाई विना पूर्वाग्रह जिम्मेवारी वहन गर्ने विषयमा उत्प्रेरित बनाउनु पर्दछ ।

व्यक्ति–व्यक्ति मिलेर संगठन निर्माण हुन्छ । समाजमा व्याप्त अवसरवादीता, अनुशासन विहीनता, महत्वकांक्षा, नेतृत्वको लागि प्रतिस्पर्धा, गुटबन्धी आदिको प्रभाव व्यक्तिहरुमा परेको हुन्छ । विभिन्न आकांक्षा बोकेर संगठनमा प्रवेश गर्ने तत्वहरु र नेतृत्व पनि यही समाजबाट आएको हुन्छ । त्यसकारण नेतृत्वमा पनि कमीकमजोरी हुनुहुन्न भन्ने होइन तर स–साना कमिकमजोरीहरुलाई अवसरवादीहरुले उक्साएर, चर्काउने, ठूलो गम्भीर र व्यापक रुप दिएर संगठन कमजोर पर्न वा फूटाल्ने प्रयत्न गर्दछन् । इमान्दार कार्यकर्ताहरु थाहा नै नपाइकन षडयन्त्रको शिकार हुने गर्दछन् । त्यसैले अन्तर विरोधलाई आलोचना आत्मआलोचनाद्वारा मैत्रीपूर्णरुपमा संगठनात्मक नियमावली अनुसार हल गर्नु पर्दछ । त्यसो गरिएन भने हाम्रो बीचको विवादलाई लिएर प्रतिक्रियावादी तथा अवसरवादीहरुले संगठन कमजोर पार्न पहिला जनाधार कमजोर पार्ने तथा त्यसको आडमा आर्थिक स्थितिलाई कमजोर पार्दै संगठनको शक्ति समाप्त पार्ने प्रयत्न गर्दछन् । यस बारे हामी इमानदार कार्यकार्ता सदैव सचेत र चनाखो भई दुश्मन शक्तिले संगठनलाई कमजोर र फुटाउन नपाउन् भन्नेमा ध्यान दिइरहनु पर्दछ । विगतका दिनहरुमा फूटपरस्त तत्वहरुले चालेको भ्रमको शिकार भएकाहरुलाई पनि संगठनको सकृयता, भेदभाव रहित व्यवहार अथक परिश्रम कै कारण उनीहरुलाई पनि भ्रममुक्त पारेर संगठनमा सकृय पारिएको  कुरा घाम जस्तै प्रष्ट छ ।

देशको राजनीति यतिवेला अग्रगामी शक्तिहरु र पश्चगामी शक्तिको रुमा करिब दुई धुर्वमा बाढिएको अवस्था छ । पश्चगामी शक्तिहरु जनमत संग्रहबाट समाजवाद ल्याउने कल्पनामा उद्त्त छन् । अग्रगामी शक्ति बलमा सत्तामा पुगेको नेतृत्व साम्रज्यवादी शक्तिलाई खुशी पार्ने कोशिसमा घुमाउरो प्रकारले जुटेको देखिन्छ । यि दुई राजनीतिक शक्तिहरुका बीचका केही देशी तथा विदेशी शक्तिहरुले नेपाललाई असफल राष्ट्रको दिशातिर धकेलने दुश्प्रयास गरिरहेका छन् । यदि समय मै एमसिसिलाई रोक लगाइएन भने, राष्ट्रमा अमेरिकी हस्तक्षेप बढ्दै जाने छ । संघीयता कै कारण राष्ट्र र राष्ट्रियता गम्भीर खतरा राष्ट्र सामु उभीएको वेलामा आपसी विवादमा फस्नबाट बच्नु पर्ने आवश्यकता पनि उत्तीकै खाँचो छ, तर तातो पानीले आफ्नै घरमा डढेलो लगाउनेहरु पनि नभएका होइनन् । राष्ट्रिय अखण्डताको रक्षार्थ समयमा नै संघीयताको खारेजीका लागि लगातार जनसंघर्षको नेतृत्व गर्दै र आम जनमानसलाई सचेत बनाउने कार्यमा अग्रिणी भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतालाई कसैले भुलाउन चाहेर पनि भुल्नु हुँदैन । यस विषम परिस्थितीमा सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु आपसी मतभेद भूलाएर एमसिसि  कार्यान्वयनमा रोक र संघीयता खारेजीका लागि जनदवाब श्रृजना गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार