सिन्धुपाल्चोककी महिला सिलगढीमा अलपत्र

  •   
  •  
  •  
  •  
  •  
  •  

30 जनाले पढ्नु भयो ।

काठमाडौं । सिन्धुपाल्चोककी एक महिला भारतको सिलगढीमा अलपत्र परेकी छन् । कान्छी तामाङ नाम गरेकी महिला भारतको सिलगढ़ी शहरमा अलपत्र परेकी हुन्।

नेपाल घर सिन्धुपाल्चोक खरबुजे गाउँ बताउने उनी उपचारका लागि सिलगढ़ी आएको बताउँछिन् ।

साहुको घरमा काम गरेर उपचारको लागि जम्मा गरेको २१ हजार रुपैयाँ चोरिएपछि अलपत्र परेको उनले बताइन् । अहिले फुटपाथमा एकलै रात काट्ने गरेको कान्छी बताउँछिन् ।

कहिले कसैले दिएको र कहिले मागेर खाने गरेकी उनले बस भाडा पाए घर फर्कने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *