सिमानाको रक्षा र सरकारको जिम्मेवारी

  •   
  •  
  •  
  •  
  •  
  •  

660 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

आफ्नो देशको रक्षा गर्ने जिम्मा त्यहि देशका नागरिकहरुको हुन्छ । राष्ट्रियतालाई धितो राखेर राजनीति गर्ने विदेशका दलाल हुन्छन् । उनीहरुलाई राष्ट्रियताको कुनै सरोकार हुँदैन । हाम्रो देशको वर्तमान अवस्था आउँनुमा कमोबेश राजनीतिक पार्टीहरुनै दोषी देखिन्छन् । खास गरेर हात्ती पार्टीहरु राष्ट्रियता भन्दा पनि कुर्चिको मोहमा नै केन्द्रीत रहे । उनीहरुको देशप्रतिको लापर्वाही, गैरजिम्मेदाराना र अदुरदर्शिता कै परिणाम आज नेपाली जनताले सास्ती खेप्नु परेको छ ।

पटक पटक छिमेकिसँग गरिएका संधी सम्झौतामा चुक्नुले पनि यो अबस्था आएको छ । खासगरी सन १९५०को भारत नेपालको मैत्रि तथा शान्ति संधीमा गरिएको दोह्रो भुमिका जो एकपक्षिय रुपमा लागु हुँदै आयो । भारतले उक्त संधीको धारा सातलाई उपयोग गरेर देशलाई फिजिको बाटो सिक्किम पुराउने प्रयत्न गर्यो भने नेपालले धारा आठलाई मुल्यांकन गरि लागु गराउँने कुटनीतिक पहल समेत गर्न सकेन । बरु स्वयतःस्पूmर्त रुपमा देशका युवाहरु भारतमा पलायन भई सस्ता मजदुर बन्दै गए ।

के कालापानिको मुद्धा अहिलेको हो त ? करिब ५७ बर्ष पहिलेको मुद्धा हो । कालापानी, लिपुलेख, लिम्पियाधुरा भारत र चिनको युद्धमा भारतले हारेपछि नेपाल भारतको सच्चा मित्रताको हैसियतले कालापानीमा तत्कालिन राजा महेन्द्रले त्यहाँ केहि बर्षका लागि फौजी व्यारेक राख्न दिएको हो भनेर भन्निन्छ । तर भारतले बिस्तारै अहिले आफ्नो नक्सामा पारेपछि बल्ल देशमा हल्लिखल्लि भयो । दार्चुलादेखि ताप्लेजुङसम्म ६०६२७ हेक्टर नेपाली भूभाग भारतले अतिक्रमण गरेको खाका सहित कयौँ पटक बिभिन्न देशभक्तहरुले पत्रपत्रिका मार्फत सरकारको ध्यानाकार्षणा गराउने कोसिश नगरेका होइनन् । तर सरकार वा अपोजिशनले उल्टै अरु असमान सम्झौताहरु गर्दै हिंडे । टनकपुर सम्झौता, बिप्पा सम्झौता, नागरिकता ऐन र यो संघीयता समेतलाई संविधानमा सामेल गरेर देशलाई नरकमा पुराउँनु पनि यस्तै दलाल मानसिकताको परिणाम हुन् ।

अर्काले खोस्यो भनेर कराएका छौँ, कुर्लेका छौँ तर हामीले आफ्नै घरभित्रका दलाल मानसिकता भएका कटपुतलीहरुलाई नै छानेर देशको चाबी दिँदै आएका छौँ । उनीहरुले बेला बखतमा आफ्नो देशको सिमानामा के भैराखेको छ ? भन्ने बारे कहिले ध्यान पुराएनन् । त्यहाँ बिभिन्न कारणले गर्दा पुराना जङ्गे पिलरहरु ढलेका टुटेका भलले बगाएकाहरुलाई पुनः दुरुस्त गर्ने प्रयात्न नगर्दा पनि कयौँ पटक सिमानाहरुमा समस्या देखापरेका छन् । के यो काम भारतले गर्दिने हो ? सिमा विद बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल–भारत सिमानामा रहेका जङ्गे सिमा खम्बाहरु ढलेकाछन्, तर जसलाई नेपाल सरकारले दुरुस्त गरेको छैन । कपिलवस्तु ढिकुरापुरस्थित चिराई खोलाको बाढीले बगाएको ५७८/७ को मूल सिमा खम्बा भारतीय महली सागर ब्यारेजले डुबानमा पारेको, ९१० नम्बरको जंगे पिलर ढलेको खम्बा नम्बर ३३७ सर्लाही बलारा गाउँपालिका ४ नयाँ टोलमा फुलवारी गाउँ हो । यस्ता स–साना समस्यालाई हल नगर्दा ठुलो बिवाद उत्पन्न हुन्छ ।

धेरै पहिलेदेखि नेपाल–भारतको बिचमा सिमा बिवाद हुँदै आएकोछ । जस्लाई दुबै देशले आपसि समझदारीबाट हल नगर्दा बेला बेलामा देश र जनताले ठुलो हानी नोक्सानी ब्यहोर्नु परेको छ । देशका करिब २३ वटा जिल्लाहरुको कमोबेश भू–भाग मिचाहामा परेको सिमानामा बसेका नागरिकहरुले बेला बखतमा भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएता पनि सरकारको तर्फबाट कुनै कुटनैतिक पहल हुन सकेको छैन । आज देशको यति ठुलो भूमि अतिक्रमण भएकोछ, कालापानी लिम्पियाधुरा लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेकोछ तर सरकारले त्यसको बिरोध गर्ने देशभक्तहरुलाई उल्टै लाठि बर्साएको छ । त्यसैता बिगतको आर्थिक नाका बन्दिलाई नाकाबन्दी होइन भन्नेहरु पनि यीनै हुन् ।

कालापानी लिम्पियाधुरा, सुदूर प्रदेशको दार्चुला ब्यास गाउँपलिकाको केहि गाउँ भारतीय नक्सामा परेकाछन् । जसलाई लिएर गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकी भन्छन “अहिले बिवादित क्षेत्र भनेको कालापानी, लिम्पियाधुरा, ब्यास गाउँपालिकाको वार्ड नम्बर १ अर्थात साविक ब्यास गाउँ बिकास समितिको घ्याङरुक गाउँदेखि ८÷१०कि.मी.टाडा कालापानी पर्छ ।” नेपाली भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा भारतीय अधिनस्त छ । लिपुलेक दुईवटा छन् एउटा लिपुलेक नेपालको छ, अर्को लिपुलेक भारतको अधिनस्त थियो । तर अहिले भारतले जारिगरेको नयाँ नक्साले नेपाली अधिनस्त रहेको क्षेत्रलाई पनि भारतीय अधिनस्त देखाएकोछ । व्याँस गाउँपालिकाका अध्यक्षका अनुसार “त्यहाँ जिरो नम्बरको पिल्लरको नाम निशान समेत छैन । दार्चुलामा रहेको नेपाल भारतको सिमानाको एक नम्बरको पिल्लरमा बिवाद छैन । जुन क्षेत्र पहिलो लिपुलेक नै पर्छ । जिरो नम्बर पिल्लर भएको लिपुलेखको कुनै नाम निशान छैन ।” उनै अध्यक्ष भन्छन– “कालापानीको लिपिया धुरा भन्ने ठाउँमा जिरो नम्बरको पिल्लर हुनु पर्दथ्यो तर त्यहाँ उक्त पिल्लरको नाम निशान पनि छैन । त्यो कालापानीमा हामी जान पनि सक्तैनौँ किन की त्यहाँ भारतीय सेनाले हामीलाई जान पनि दिँदैनन् ।”

यसै गरी सप्तरीमा नेपाल र भारतका सिमाना छुट्टाउँने साडे चारसय सिमा सतम्ब गायव भएको सुनिन्छ । नेपाल–भारतको सिमा क्षेत्रमा कतै सिमा स्तम्ब हराएका छन् भने कतै छिमेकी पक्षबाट बदलिएका छन् । सानो र ठुलो स्तम्ब हेरेर पत्तालगाउन सकिन्छ ।

तिलाठी कोईलाडि गाउँपालिका १ का ६८ बर्षिय जगानन्द झाँ र प्रसाशन कार्यलय सप्तरीले जनाए अनुसार– “नेपाल भारतका यहाँ मुख्य ६५० सिमा स्तम्ब हुँनु पर्नेमा हाल २०० मात्रै छन् ।” गत बर्ष फेलापरेका २०२ मध्य पनि पातो र राम नगरको दरकट्टिका दुईवटा स्तम्ब यसबर्ष खोलाले बगाएको सशस्त्र प्रहरी बल ६ न.गणाका एसपी उध्व न्यौपानेले एउटा अनलाईन खबरमा बताएकाछन । हराएका स्तम्बमा नयाँ नबनाउँने र बाढीले ढालेकालाई दुरुस्त नगर्दा पनि बाहिरी शक्तिले फाईदा उठाएको कुरा प्रष्टैहुन्छ ।

भारतको बिहार सुपौला जिल्लाका टुनौलीका बासिन्दाले यहाँ दशगजा क्षेत्रमा खेति गर्दैआएको जानकारी समेत सिमा क्षेत्रका बासिन्दाहरुले बताउनँदै आएका छन् । २२३ नम्बरको शतम्ब चार पाँच दशक अँघि करीब ७ सए मिटर दक्षिण तिर रहेको सिमा रक्षक देबनारायण यादबले पनि बिभिन्न पत्रपत्रिकामा दाबी गरेकाछन । उपरोक्त भनाईहरुबाट पनि के प्रष्ट हुन्छ भने समय समयमा सरकारले सिमानाहरुमा स्तम्बहरुलाई रखदेख गर्ने, मरमत गर्ने काममा ढिला सुस्ति अपनाएकाले पनि छिमेकीले फाईदा उठाउँदै आएकोछ ।

हामीलाई छिमेकिको नियती र उसले अप्नाउँदै आएको ब्यबहारबाट भलिभाँति जानकारी हुँदाहुँदै पनि यसरी बारम्बार लाप्रबाही गर्नु राष्ट्र पक्षको नै गैर जिम्मेवार रहेको प्रष्ट हुँन्छ ।

भारतीय ब्यबहार सुरुदेखि नै आफ्ना छिमेकिहरुलाई हेर्ने हेपोहा दृष्टि र उसले बेलाबखतमा अपनाउँदै आएको गलत नीतिका बाबजुद हामीहरुले अपनाउँदै आएको लाप्रबाहिको नै नतिजा हामीले भोग्दैछौँ । देशको शुरक्षा गर्नुको सट्टा कुर्चि हात पार्नलाई बेला बखतमा ठुला राजनीतिक पार्टीहरुले छिमेकी कै सहयोग लिएर देशभित्र एकले अर्काको सत्ता ढाल्ने ब्यबहार गर्दै आएको कैयौं उदाहरणहरु छन् । उनीहरुले सत्ता हत्थ्याउँन लिएको छिमेकीको सहयोगको खामियाजा आज देशले भोग्दैछ । उनीहरुलाई अझै लाज छैन, आज पनि कालापानीमा गएर साँधको शमिक्षा गर्नुको साटो सफाई दिएर आफु पंछिने काम हुँदैछ ।

यदि यस्तै ब्यबहार यहाँका राजनीति पार्टीहरुको बरकरार रह्यो भने त्यो दिन टाडा छैन सिङ्गो नेपाल भारतीय नक्साको एउटा कुनामा नयाँ प्रान्त बन्ने छ । यो देशको जोगाउने जिम्मा यहि देशका नागरिकको हो र हुँन्छ । आज बिस्तारै देशको अबस्था जटिल हुँदैआएको छ । सरकारले मात्र देखावटी काम गर्दैछ जनतालाई गुमराह पार्ने काम भएको यीनीहरुको ब्यबहारले देखाएको छ । जब छिमेकी पक्षको देशमा ब्यापक बिरोध हुँन थाल्यो त्यसपछि दुबै सरकारको निद्राखुलेको त छ तर यो कहाँसम्म पुग्छ उनीहरुको भरोशामा होईन जनताको दवाबमा निर्भर रहने छ ।

अहिले विदेश मन्त्रालयका प्रबक्ता रविश कुमारले नयाँ नकस्सामा एकरत्ति पनि परिवर्तन नभयको भन्छन । आर्का अवकाश प्राप्त भारतीय सैनिक मेजर जनरल अशोक महेताले दुईवटा बिषयमा पहिले देखिको बिवाद भएको दाबि गर्दै त्यो बिवाद अहिलेसम्म नसुल्झिएको बताउँछन् । यो नयाँ नक्सा जारिगर्दा नभै पुरानै बिवाद भएको महेताको भनाइ छ । प्रथम कालि नदिको मुहान र अर्को भारत नेपाल चीन त्रिदेशीय बिन्दु कुन हो ? त्यो टुङ्गो नलाग्दाका बिवादहरु शुल्झिन नसकेको भनाई पनि छ । काली नदिको मुहानको किटान भएपछि यो समस्या सुल्झिने दाबी ओशोक महेताको छ । नेपालका सञ्चार प्राविधिक मन्त्री गोकुल बास्कोटाले एकतर्फिय रुपमा जारीगरिएको नक्शा अमान्य हुने कुरा बताए ।

भारतले आफ्नो संविधानको धारा ३७०ए३५लाई हटाएपछि मात्र आफ्नो नक्सामा त्यहाँ जम्मु कस्मिर र लद्मखमा सामन्या हेरफेर गरेको बाहेक अरु कतै आफुले हेरफेर नगरेको भन्दै नेपाललाई यो भन्दा पहिलेको नक्सा राम्ररी हेर्न र आफ्नो नयाँ नकसा पारित गर्न सुझाएको छ । यसरी यो दुबै पक्ष बसेर बार्ता गरेर समाधान हुन सक्ने मुद्धाहरु हुन् ।

जस्ले जे भने पनि भारतीय पक्षबाट छिमेकीहरुलाई सँधै दवाउने काम हुँदैआएको कसैबाट पनि लुकेको छैन । देशमा हामीलाई कारपेन्टर, पलम्बर ईलैक्टिशन नेपालकै मान्छे खोज्दा भेट्टिदैन । हाम्रो देशका नागरिकहरु जन्मिदा बित्तिकै विदेशजाने सपना देख्दै हुर्किन्छन् । यो जटिल अबस्था पनि केहि हदसम्म जिम्मेवार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *