सिलवासाको गोदाम्बी खेरडीमा मूल प्रवाहको एरिया समिति निर्माण

  •   
  •  
  •  
  •  
  •  
  •  

894 जनाले पढ्नु भयो ।

सिलवासा, ३ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सिलवासा नगर समिति अन्तर्गत गोदाम्बी खेरडीमा श्रमजिवी नेपालीहरु बीच एरिया समिति निर्माण गरिएको छ ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति तथा नेत्र चौधरीको पहलमा सम्पन्न भेलाको अध्यक्षता नेत्र चौधरीले गर्नुभएको थियो । सौरव कुमार चौधरीको सञ्चालन र कमल चौधरीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा गोविन्द बहादुर थापाले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

भेलाले नेत्र चौधरीको अध्यक्षतामा १३ पूर्ण, ३ वैकल्पिक सदस्य र ४ सल्लाहकार गरि २० सदस्यीय गोदाम्बी खेरडी एरिया समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– कमल चौधरी, सचिव– शौरव कुमार, सहसचिव– बुद्धिराम चौधरी र कोषाध्यक्ष– महेश चौधरी रहनुभएको छ । त्यस्तै सदस्यमाः रमेश चौधरी, सजिव चौधरी, भागीराम चौधरी, मान बहादुर चौधरी, शिव चौधरी, अशोक चौधरी, दिपेश चौधरी, विकाश चौधरी, वैकल्पिक सदस्यमाः खेम चौधरी, कालुराम चौधरी र राजेश चौधरी रहनुभएको छ । भेलाले महेश दशलाल, सुवेश चौधरी, गोविन्द चौधरी र आशिस राना रहनुभएको छ ।

नयाँ समितिलाई गोविन्द बहादुर थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *