सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित भेला अवैध : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीको नाममा धनगढीमा गरिएको भेला अवैध भएको स्पष्ट पारेको छ । महासचिव मनोज भट्टले बुधबार प्रेस वक्तव्य प्रकाशित गरी सो भेला पार्टीको निर्णयबाट नभएको पनि स्पष्ट पार्नुभएको छ ।

बुधबार धनगढीमा केही व्यक्तिहरुले राष्ट्रिय जनमोर्चाको ब्यानर टाँगेर प्रदेशस्तरीय भेला गरेको बताएका थिए । राजमोले सो कथित भेला र भेलाबाट गठित कमिटी अवैध भएको भन्दै त्यसको भ्रममा नपर्न पनि आपिल गरेको छ ।

यस्तो छ वक्तव्य:
२०७८ भाद्र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित प्रदेश स्तरीय भेलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कथित प्रदेश स्तरीय भेला पार्टीको निर्णयबाट गरिएको, भएको होइन र छैन । त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो । अवैध भेला र निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न सबै प्रदेश स्तरीय नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछु । साथै उक्त भेला र समिति अवैध भएकोले खारेज गरिएको छ ।

मितिः २०७८ भदौ ९ गते
मनोज भट्ट
महासचिव

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार