सुनिताप्रति मूल प्रवाहद्वारा श्रद्वाञ्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

453 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

जालन्धर।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, जालन्धरले समाजका सदस्य सुनिता थापाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

गुल्मी जिल्लाको रुरु गाउँपालिका–५ का बासिन्दा यामबहादुर थापाकी श्रीमती २७ वर्षीया सुनिता थापाको कोरोना संक्रमणका कारण उपचारकै क्रममा ३ मईका दिन निधन भएको थियो ।

यामबहादुर मूल प्रवाह जालन्धर नगर समितिद्वारा सञ्चालित बस्ती बाबाखेल एरिया समितिका सदस्य हुनुहुन्छ भने श्रीमती थापा मूल प्रवाहका साधारण सदस्य हुनुहुन्थ्यो ।

थापाको असमायिक निधनप्रति उहाँको स्मृतिमा आज नेता कायकर्ताहरुको उपस्थितिमा शोकसभाको आयोजना गरिएको हो । कार्यक्रम यामबहादुर थापाको अध्यक्षता तथा तिलबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

शोक सभामा मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का, केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्का, नगरबाट दिलबहादुर गाहा, लक्ष्मण केसी, शेरबहादुर पुन, चक्रबहादुर घर्ती, बावाखेल एरिया सदस्य राम बहादुर दर्लामी, टोल समितीबाट दिपक उचै, नरेश कुमाल र प्रवासी संघबाट गिता कुँवर लगाएतले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *