सुरतको अलथानमा मूल प्रवाहको एरिया समिति गठन

सुरत, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत अलथानमा पुश्कल तिमिल्सिनाको पहलकदमीमा एरिया भेला गरिएको छ ।

राजु सोनीको सञ्चालन र पुष्कल तिमिल्सिनाको अध्यक्षता अगाडि बढेको सो भेलामा नगर अध्यक्ष पुर्ण विक र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको आतित्थ्यता रहेको थियो । भेलामा सहभागिहरुलाई दलबहादुर विकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

एरिया भेलाले अलथान एरिया समिति निर्माण गरिएको छ, जसमा :  अध्यक्ष– पुस्कल तिमिल्सिना, उपाध्यक्ष– कटक विक, सचिव– राजु सोनी, सहसचिव– टीका विक, कोषाध्यक्ष– दलबहादुर विक रहनुभएको छ । त्यस्तै सदस्यमा : सर्प तिरुवा, पारस तिमिल्सिना, चन्द्र ढुंगाना, लक्षी विक, महेन्द्र नेपाली, टिकाराम घिमीरे, धर्म विक, अमर विक, वीरबहादुर विक, नवीन विक, बैकल्पिक सदस्यमाः जगर विक र जनक विक, सल्लाहकारमाः गोपाल विक र उमेश विक रहनुभएको छ ।

नयाँ समितिलाई नगर अध्यक्ष पुर्ण विक र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार