सुरतको सिटीलाइटमा मूल प्रवाहको एरिया समिति गठन

सुरत, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत पर्ने सिटिलाईटमा एरिया भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थिति र नगर अध्यक्ष पूर्ण विकको पहलकदमीमा सो भेला सम्पन्न भएको थियो ।

इन्द्र कटवालको सञ्चालन र गणेश कटवालको अध्यक्षतामा सम्पन्न सो भेलामा सहभागिहरु बीच केन्द्रीय सचिव बेदबहादुर कार्कीले संगठनको आवश्यता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

भेलाले गणेश कटवालको अध्यक्षतामा सिटिलाईट एरिया समिति निर्माण गरेको छ । जसमा : उपाध्यक्ष– धनीराम कटवाल, सचिव– ईन्द्र कटवाल, सहसचिव– चन्दु भण्डारी, कोषाध्यक्ष– काशीराम बिष्ट, सदस्यहरुमा : राम भण्डारी, ज्ञानबहादुर थापा, राहुल सोनी, राहुल जोशी, गनबहादुर खत्री, गगन साउँद, बैकल्पिक सदस्यहरुमाः जगत भण्डारी र गणेश भण्डारी रहनुभएको छ । भेलाले कृष्ण सोनीलाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई नगर अध्यक्ष पूर्ण विकले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार