सुरतमा मूल प्रवाहका नविन शर्मा बने दानवीर

  •   
  •  
  •  
  •  
  •  
  •  

1418 जनाले पढ्नु भयो ।

सुरत । अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को महामारीले गर्दा सम्पूर्ण मानव जाति नै भय र त्रासको वातावरणमा छ । दैनिक रूपमा बढ्दो अवस्थामा रहेको संक्रमण एवं मृत्युदरले स्वास्थ्य सेवा एवं प्रशासनिक सेवा समेत धरमराइरहेको अवस्था छ ।

संक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय सीमाहरू सील भएका छन् भने कैयौ देशहरूले लकडाउनको घोषणा गरेका छन् । यो अवस्थामा भारत लगायत विभिन्न तेस्रो मुलुकहरूमा रोजगार, अध्ययन, स्वास्थ्य उपाचार एवं भ्रमण लगायतका लागि पुगेका नेपालीहरूको अवस्था पनि भयावह बन्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठन एवं अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार जो जहाँ छ, त्यहीं बस्ने र त्यही देशको सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो विषम परिस्थतिमा भारत प्रवासमा रहेका नेपालीहरूको उद्धारको लागि नेपाल सरकारले दिएको छैन भन्दा पनि हुन्छ ।

भारतका विभिन्न शहरहरुमा रहेका दैनिक ज्यालादारीका काम गर्ने नेपालीहरुको अवस्था भने दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । उनीहरुलाई रोगले भन्दा पनि भोकको त्रासले सताउन थालेको छ । यसै बीच भारतस्थित नेपालीहरु बीच समाजिक कार्यमा निरन्तर अग्रस्थानमा रहँदै आएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानहरुमा अलपत्र र भोकप्यासबाट परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् । यस कार्यमा समाजको स्वपहल, स्थानीय प्रशासन, समाज सेवी संघ संस्था तथा समाजका कार्यकर्ताहरुको व्यक्तिगत सहयोगमा जरुरतमन्द मजदुरहरुलाई सहयोग गर्दै आएका छन् । यस कार्यलाई सुरत नगर समितिका उपाध्यक्ष नवीन शर्माले २५ मार्चदेखि २५ अप्रेलसम्म बिहान बेलुका करिब १०० जना असाह्य नेपाली श्रमिकहरुलाई खाना खुवाउँदै आउनु भएको छ भने शर्माले सुरतका विभिन्न स्थानहरुमा हजार भन्दा धेरैलाई खाना र राशन बितरण गर्दै आउनुभएको छ ।

त्यस्तै शर्माले अहमदावाद नजिक रहेको महेसाणामा ५० जना नेपालीहरुलाई १५ दिनदेखि खाना व्यवस्था गराउँदै आउनु भएको छ । महेसाणामा रहेका नेपालीहरुलाई खाना खुवाने जिम्मा सुरज जैसीलाई जिम्मा दिएको नविन शर्माले सुरतबाट हामीलाई जानकारी दिनु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *