सुरुङ खन्ने मुसा

  •   
  •  
  •  
  •  
  •  
  •  

80 जनाले पढ्नु भयो ।

रवि पौडेल

उ त्यो पारि जंगलमा
एउटा मुसा छ ।
सेतो, खैरे लामा जुँगा तिखा नङग्रा भएको
केही समय भयो म लगातार देखिरहेको छु
निकै उद्डण्ड मच्चाईरहेको छ
लुकिलुकि रुखको फेदि भित्र !
सुरुङ खनिरहेको छ
जब म त्यहाँ पुग्छु
उ फुत्त भित्र पस्छ
जब म हिड्छु अनि
फेरि माटो खन्न शुरु गर्छ
एउटा मुसा !
तिखा नङग्रा !
लुकेर !
उसको नियत घर बनाउने देखिंदैन
तर पनि उसले सुरुङ किन खनेको छ होला ?
तर, म देखि रहेको छु
अझै उसले उद्डण्ड मच्चाउने हो भने
त्यो रुख ढल्ने छ
रुख ढल्नुमा मलाई पछुतो थिएन
रुखका दाउरा हुन्थे, घाँस हुन्थ्यो ।
मलाई चिन्ता यो छ कि
जब रुख ढल्ने छ
त्यतिखेर त्यो मुसा
उसको घर, उसका बालाहरु
चेपिने छन्
सबैको मृत्युवरण हुने छ
उदेश्य राम्रो होला
परिणाम, दुरगामि र क्षतिग्रस्त हुने छ ।
यस्तो परिस्थिति आउन नदिन
त्यो डाडामा, त्यो जंगलको मुसा भगाउनु पर्छ ।
दारा, नङग्राहरु भाँचिदिनु पर्छ
त्यहाँबाट भगाउनु पर्छ ।
धेरै टाडा बस्ति नभएको
मरुभूमिमा पुर्याउनु पर्छ
त्यसपछि, रुख ढल्नबाट
पहिरो जानबाट
बालाहरुको मृत्यु हुनबाट
बालिनालि घाँस पुरिनुबाट
बिनास हुनुबाट जोगाउन सकिन्छ ।
मिति २४–०४–२०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *