सुरेशकुमारद्वारा रचना गरिएका दुई कथाहरु

0Shares

100 जनाले पढ्नु भयो ।

प्रवाशी मजदुर

“बहादुर, जाउ बजारबाट समान लिएर आउ” भन्दै एउटा पर्चिमा केही समान लेखेर दिन्छ । बिरेले केही महिनादेखि यो मिलमा चौकिदारी गर्थे । परिवारसँगै भएकोले तलब थोरै भए पनि बस्ने क्वाटर पनि छ, भन्दै उनैका एक जना आफन्ती पर्नेले यहाँ नोकरी लगाएका हुन् ।

भर्खर खान खाएर एकछिन आराम गर्दै थियो । डिप्टी त रातीको भएपनि मिल भित्रै बस्ने क्वटर भएकोले दिउँसोमा पनि कैले कसो काम अह्राउथ्यो । नाई भन्न पनि गाह्रो मनले नमाने पनि काम गर्दिन्थे । परिवार सहित मिल मै बस्थे स्वस्नी सुत्केरी भएको मैना दिन पुगेको थिएन । अझै, त्यसैले घरको अलि भारी काम पनि बिरेले गर्थे । परदेशमा परिवारको देखरेख आफुले नगरेर कसले गथ्र्यो ? यहाँ मिलको मालिक कहिले कसो आउँथ्यो । मिल मनिजरको रेखदेखमा चलेको थियो मनिजर मालिक कै नजिकको नातेदार भएकोले सबै काम उसैले सम्हालेको थियो ।

बिरे नसाको आदि त होईन तर सानैदेखि जाँड–रक्सि पिएकोले प्रायजसो दुबै जना जोई–पोईले नै खान्थे । उनीहरु पेशाले दलित जातका भएकोले पनि जाँड रक्सि खानु आफ्नो शान सम्झिन्दे । मनिजरलाई उनीहरुको बानी ब्यबहारको भनक भएपछि एक दुइ पटक त हप्काएको पनि रैछ, तर पछि मनिजर आफैले पनि एकाद पौवा कलिले कसो दिने गथ्र्यो ।

गेटको नजिकै उनीहरुको क्वाटर भएकोले बाहिर भित्र गर्दा क्वाटरमा यसो नजरले घुर्ने अनि पुनीलाई देखेपछि खिसिक्क हाँस्ने पुनि पनि उसको जवाफमा हास्दिरै छ । बच्चालाई दुध पिलाउँने बेला पनि कोखे नजरले छाति तिर हेर्ने गथ्र्यो । पुनिलाई उसको नियतको बारेमा थाहा भैन, मात्रै मनिजर साहिब भनेर मन राख्न भए पनि हाँस्दिरैछ । बिरेलाई पनि कहिले कसो एउटा रक्सिको पौवा दिंदोरैछ उसले पनि आफुले काम गरेको वाफत खुसिले दिए होला भनेर वास्ता गरेन ।

आज बिरेलाई बजार पठाएपछि लेबरहरुलाई पनि छुट्टि गर्दियो पाँच बज्दा नबज्दै मिलबाट सबै बाहिर गए । अब त्यहाँ त्यहि मनिजर र पुनि बाहेक त्यो बिस बाईस दिनको बच्चा थियो । मनिजर पुनिको कोठा भित्र पस्यो अनि बच्चाको टाउकामा हात फेर्दै आहा कति सुन्दर बच्चा भन्यो । अनि पुनि खिसिक्क हाँसी उसले पुनिको गालामा पनि उस्तै हात फेर्दै कति मोटाएकी भन्दै गर्दा पुनि अलि अक्मकाई, पुनिलाई उस्को ब्यबहारमा शङ्का लाग्न थाल्यो । उ बसेको ठाउँबाट उठेर बच्चा काखमा उचाली । मनिजरले आफ्नो बटुवाबाट एक सय रुपियाँ निकालेर उसलाई दिन खोज्छ, तर उसले छोप्दैनै त्यो पैसा आफ्नै खोल्टिमा राखेर । जबर्न पुनिलाई अंगालोमा बेर्छ उ चिच्चाए पनि कसैले सुन्दैनन् । अनि बिस–बाईस दिनकी सुत्केरीसँग पुशुतुल्य ब्यक्तिले आफ्नो हस्, पुरा गर्छ । झमक्कै साँझ परिसकेको थियो । एकलास्टमा भएको मूल बाटो मै भय पनि कताकति सवारी साधन आउँने जाने गर्थे ।

“एकछिन पछि बिरे समान लिएर बजारबाट आउँछ”

आउँदा गेट बाहिरको खुल्लै थियो । साहिद मनिजर कतै गाडि लिएर गयो होला, भित्र पनि क्वटरमा बत्ति बालेकि छैन । लाईट पनि नबालेर अंध्यारोमा बसेकिछस् ? भन्दै बिरे भित्र पस्छ र लाईट बाल्छ । पुनि सेखोर सेखोर गर्दै रोईकि हुन्छे, बच्चा काखमा सुताएर छातीमा लगाएकि छ । के भयो ? किन रुन्छस् ? भन्दै बिरे डराउँछ कतै बच्चालाई पो केही भयो कि भनेर ! पछि उसले आफुसँग घटेको घटना सबिस्तार भन्छे । उनीहरु त्यहाँबाट निस्किन्छन् बजारमा आफ्नो आफन्ति कहाँ आउँछन् र त्यहिं बस्छन् । त्यो घटनाको बारेमा बिरेले भन्छ । आफन्तिले नेपाली एकता समाजमा निवेदन दिन अह्राउँछ ।

उक्त घटनाको जानकारी पाउँदा साथ नेपाली एकताका साथिहरुले पुलिसमा रिपोर्ट लेखाउँछन् तर एफआईआर दर्ता गर्न पुलिसले मान्दैन । एउटा नेपालीलाई मालिकले किनेर समाजलाई फोर्न खोज्छ । घटनाले बिशाल रुपलिन पुग्छ, कैयौंलाई धनीहरुको इसारामा आतङ्कित पर्ने काम हुन्छ । भोली पल्ट नेपाली एकताको पहलमा तमाम नेपालीहरु जुलुस सहित ठानालाई घेराव गर्छन । पत्रकार चैनलहरु सहित बिद्याकको दपतरमा पुग्छन् र पुलिसले तुरुन्तै एफआईआर दर्ज गर्छ, पुनिको मेडिकल गराउँछ । अनि उसलाई छोपेर झेलमा हाल्छ ।

मालिकको लाख कोशिसको बावजुद उसको नातेदारलाई झेलभित्र कोच्न सफल हुन्छन् ।

वैमान

“हिँड फटाफट मेरो फार्ममा कि भनि त्यो राजुलाई टकार” कुखुराको फारम वालाले न्यौंपानेलाई धम्काउँ छ ।

उनी डरले झुकेका छन् । केही बोल्ने हिम्मत गर्दैनन् । मणिहरुको एरिया समितिको मिटिङ्मा चलेको थियो । फारमको मालिक आफै र अर्को गरि दुईजना मोटर साईकिलमा आएका थिए ।

के गर्दैछौ, तिमिहरु यहाँ ? खोज त्यो राजुलाई त्यसले समान चोरेर भागेको छ । अन्यथा पुलिस बोलाउँछु, भन्दै सबैलाई धम्काउँन थाल्छ । त्यहाँ मणि लगयात अरू धेरै जना साथी बसेका थिए, उसलाई सम्झाएर भोली हामीले केहिन केही गर्छौँ न आत्तेल भनेर उनीहरुलाई बल्लबल्ल पठाउँ छन् । पठाई सकेपछि त्यहि मुद्धामा अलि बेर छलफल हुन्छ ।

न्यौंपानेले पहिले आफ्नो कुनै जानकारलाई नोकरी लगाएका रैछन् । उसले त्यो बेला १५०० रुपियाँ अड्वान्स् लिएर गएको भन्दै त्यो पैसा तिर्नलाई उसैको अर्को भाईलाई छोपेर त्यहाँ कजाउँदै गरेको रैछ ।
अनि न्यौपानेलाई त्यो बेला पनि तिमिले जिम्मा नलिनु उनीहरु आफै निप्टाउँ छन्, भनेर त्यो बेला पठाएको मान्छेले यो केटकाको जिम्मा मैले लिन्छु भनेर आबेशमा उसलाई आस्वासन दिएछन् ।

उसले दुई मैना त्यसको कुखुराको फार्ममा फिरीमा काम गर्यो यध्यापि उसको साखै दाई पनि थिएन तर बेला बेलामा जाने त्यहीं बस्ने र कुखुरा पनि काटेर रक्सी खाने गर्दा रैछन् । मालिकले सोध्दा आफ्नै भाई भनेर बताउँदो रैछ ।

त्यसैले गर्दा उसले लिएको ऋिण तिर्न त्यहाँ दुईमैना काम गरिसकेको थियो । त्यो पहिलीको चौकिदार बालबच्चा वाला थियो । उसँग सम्पर्क गर्दा मैले केही दिनु छैन । भनेर भने पछि उसले आफ्नो पिछा छुडाउँन उसलाई त्यहाँबाट भाग्ने मौका ढुकेको थियो । एकदिन राजु साँचै भाग्यो र अन्त कतै नोकरी लागेको रैच्छ । आखिर त्यहाँ सित्तैमा कति दिन काम गथ्र्यो । उ भागेको केही दिन पछि त्यहाँ फेरी चोरी भएको समाचार बाहिर आयो । अब त्यो चोरीको आरोप पनि त्यही राजुलाई लाग्यो ।

उसलाई चोरीका आरोप लगाउँनु पर्ने कारण त्यहाँको मुन्शीले कुकुर नभुक्नु बतायो । उस्ले पालेको डर्लाग्दो कुकुर यात राजूलाई देखेपछि भुक्दैनथ्यो वा मालिकलाई देखेपछि कुकुर भुक्दैनथ्यो भनेर त्यहाँ काम गर्ने मुन्शीले भन्यो ।

जुन दिन चोरी भयो, त्यो दिन कुकुर भुकेन त्यहाँ मुन्शीको अलावा अरु पनि धेरै क्रमचारीहरु परिवार सहित पनि बस्थे । उसको ठुलो कुखुराको फारम थियो र उसको बाउ पनि त्यहिं बस्ने गर्थो ।
अहिले त्यो सबै चोरी भएको अड्भान्स लिएको भरपाई न्यौपानेले गर्नुपर्छ भनेर मालिकले दावी गरेको थियो ।

एरियाको मिटिङ्मा यहि बिषयलाई लिएर छलफल गर्छन् ।

अनि भोली पल्ट न्यौंपानेलाई एकपटक मालिकलाई भनेर त्यो केटालाई सकभर खोज्ने कोशिस गर्छम् भन भनेर पठाईन्छ । त्यो केटाले अर्कै शहरमा नोकरी लागेको थियो, समाजका साथीले त्यो केटको बर्तमान मालिकलाई यसबारे सबै कुरा संझाउँ छन् ।

कुखुराको फारममा एउटा नेपालीले काम गथ्र्यो, उसलाई अड्भान्स् दिएर आफै पठायो । हामी एउटै देशका भएको नाताले एक दुई पटक त्यहाँ गएर बसेको मलाई छोपेर त्यसले दुई महिना सित्तैमा कजायो । अहिले म त्यहाँबाट भागेको एक महिना पछि मलाई केहि दिन पहिले त्यहाँ गएर समान साईकल आदि चोरी गरेको झुट्ठा आरोप लगायो । अब योबाट मुक्ति पाउन मलाई हजुरको सहारा चाहियो भनेर भन्न लगाईयो । बर्तमान मालिकले यहि भन्नु थियो, जुन दिन चोरी भयो, त्यो दिन यो केटा कतै गएको छैन र हामीसँगै छ भनेर भन्न लगाईयो ।

हुन्छ जब यो कतै गएको छैन ता मैले किन गएको भन्छु । राजू हामीसँगै थियो । मैले भन्छु भनेर मालिकले आस्वासन दिन्छ । उता मणिहरुले त्यो केट आउँछ तर यधि त्यो यहाँ न आएको भए त्यो दिन उसलाई केही भन्न पाउँने छैनस भनेर खारेका हुन्छन् । मालिक पनि राजि हुन्छ ।

अब कुखुरा फार्मको पूर्व मालिक र दुधको डैरीको बर्तमान मालिक, मुन्शी अनि एकता समाजका प्रतिनिधिहरु बसेर ब्यापक छलफल गर्छन् । मुन्शीले भन्छ त्यो कुकुर त्यो दिन भुक्दै भुकिन । त्यहि भएर हामीले त्यो केटाले चोरे कै हो भनेर दावा गर्छ ।

अनि यात मालिकलाई देखेर भुक्दैन या फेरी राजूलाई देखेर भुक्दैन, भन्दै मुन्शीले आफ्नो बिचार सुनाउँछ । पूर्व मालिकलाई बर्तमान मालिकले यो केटका त्यो दिन मेरो कोठाबाट कतै एकछिनको लागि पनि गएकै छैन भनेर भने पछि ।

हो, त्यो समान चोरी भएन भन्दैनौँ भए होला तर चोर त घरैमा रैछ ! भन्दै मणिले यसबारेमा कसैको चरित्र हत्या गर्ने मालिकले माफि माग्नु पर्दछ लिखित रुपमा भनेर आफ्नो निर्णय मणिहरुले सुनाउँ छन् ।

मालिक अनुत्तर हुन्छ, समाजको लेटर पैडमा लिखित माफि मगाउँछन् र आईन्दा त्यो केटालाई मत्रै होईन कुनै पनि नेपालीलाई झुट्ठा आरोप लगाए पुलिसको मद्दत लिएर संगठनले अगाडि कार्वाही गर्न सक्छ भन्दै चेतवानी दिन्छन् । यसरी त्यो राजूको पिछा त्यो वैमान मालिकबाट छुट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *