सुरेशकुमार पाण्डेका कथाहरु

हिम्मत

खटखट–खटखट, कोई हुनुहुन्छ ? मणि सर !

हजुर ! को हुनुहुन्छ ? बाहिर कोई बोलेको निदैबाट सुनेर मणिले सोध्छन् ।

हजुर म हुँ रामु ! बाहिरबाट उत्तर आउँछ । त्यो बोली मणिले कतै सुनेको जस्तो लाग्दैन । कुनै अजनवीकै थियो ।

मणिले उठेर लाईट बाल्छ, घडीमा अँझै दुई बजि सकेको थिएन । उनले दैलो खोल्छन् । बाहिर एउटा नौजन ठिङ्ग उभिएको थियो । उसको हातमा साईकलको चैन देखेर मणि अकमक्कै पर्छन । उसको सर्टपनि च्यातिएको उ कुनै बर्कसपको कारिन्दा जस्तो देखिन्थ्यो । रातिको समयमा यो पोजिशनमा देखेर कसैलाई पनि आश्चार्य महशुस हुनु स्वाभाविक नै हुन्छ ।

हजुर भन्नुस् किन आउँनु भएको यसबेला ? मणिले बल्लबल्ल संघारबाटै हिम्त जुटाएर सोध्छन् ।

सर मेरो नाम रामु हो, मैले नजिकैको एउटा गाउँमा कुखुरा फार्ममा काम गर्छु । म त्यो फारममा परिवार सहित बस्छु, एउटी छोरी र मेरो जहान अनि म त्यहीं बस्छौँ । आजै मसँग एउटा घटना घट्यो र म हजुरसँग यो रातीमा सल्हा र सहयोग माग्न आएको हुँ ! गलति भयो सरलाई दुःख दिएँ सुतेको बेला ! भन्दै हात जोड्छ ।

रातिको समय बाहिर उभ्भिनु भन्दा भित्र बसेरै कुरागर्न ठिक होला भनठाने र, आउँनुस भित्र भन्दै मणिले बोलाउँछ ।

रामु भित्र आएर बस्छ । मणिले एक गिलास पानी ल्याई दिन्छ । उसको मुख सुकेको थियो शरीरमा पसिना आएको र अलि परेसान थियो । उसले पानी एक स्वासमै सिध्यायो, सेप्टेमबरको महिनामा गर्मिनै थियो ।

अब भन्नुस् हजुरलाई यो रातिमा किन दुःख पाउँनु पर्यो ? मणिले बिस्तार पूर्वक भन्न आग्रह गर्छ ।

सुनसान छ बाहिर कताकति कुकुरहरु पनि निद्रामा भएर होला, भुकेका छैनन् ।

सर म गाउँको एउटा कुखुराको फारममा करिब बर्ष दिनदेखि काम गर्दै आएको थिएँ । मेरो एउटी बर्ष तिन की छोरी छिन्, हामीलाई कुखुराको फारम कै छेउँमा बस्नलाई मालिकले क्वाटर दिएको छ । हामी तीन जनाको परिवार त्यहाँ खुशीराजी बस्दै आएका थियौँ । सर ! आज हामी पहेले जस्तै राति दश बजे तिर सुतेका थियौँ । दुईटा चारपाई जोडेर एउटामा आमा र छोरी अर्को चारपाईमा म सुतेको थिएँ । हामी मस्त निदमा परेको बेला कसैले आएर मेरो जहानको मुख छोपेर उसलाई घिसार्दै गर्दा मेरो आँखा खुल्यो अलि परसम्म उँखुको बारी भित्र लग्न थालेको देखेपछि मैले नजिकैको साईकिलको चैन निकालेर उसको पछि भागें, अनि उसलाई खुब सोह्रे उसले मेरो स्वास्नीको मुख छोपेको थियो । त्यो आफ्नै मालिकको छोरा रैछ । उसैको मोटर साईकलमा स्वास्नी र छोरीलाई लिएर बजारमा एउटा मेरै गाउँका जसले मलाई त्यहाँ काममा लगाएका थिए, उनैको घरमा राखे उनैले हजुरलाई जानकारी दिन भन्नु भएकोले म हजुर कहाँ आएको छु सर । भन्दै रामु अलि भाबुक हुन्छ ।

त्यो बलियो ज्युडालको निडर र सहासी नौजवान थियो भन्ने कुराको उसैको ब्यबहारले पुष्टि गरेको थियो । तर पनि उसलाई डराउँने दिनमा कुनै ठुलै समस्या आउँन सक्ने देखेकोले भित्रभित्रै डराएको मेहशुष हुन्थ्यो । उसले मालिकको छोरालाई कुटेको थियो र मालिकले कुनै न कुनै षडयन्त्र रचन सक्छ भनठानेर उ अहिले घबराएको थियो ।

हजुर कत्ति नघबराउँनुस् हामी छौँ, भन्दै आस्वासन मणिले दिए बिस्तारपूर्वक उसका कुरा सुनेपछि । हजुरले आफ्नो श्रीमतीलाई नडराउन र आफ्नो अडान राख्न भन्नुहोला सम्झाउनु होला र भोली बिहान ढिलो नगरी नौ बजेसम्म पुलिसचौकीमा आउँनु होला हामीपनि यहाँबाट सिधै उतै आउँछौ भन्दै सुझाब थप्छ । हौस् सर अहिले राती धेरै भएकोछ सुत्नुस बिहान भेट हौला भन्दै उ आफ्नो बाटो जान्छ मणिलाई निद्रा लाग्दैन अलि बेरसम्म बिस्तरामा पल्टिन्छ अनि उठेर किताब अध्ययन गर्न थाल्छ ।

बिहान नौ बजे तिर सबै संगठनका जिम्मेवार साथिहरु पुलिस चौकीको अगाडि बसेका छन् । संगठनका साथिहरुलाई देखेपछि ठानामा फटाफट रिपोर्ट लेख्ने काम हुन्छ । उता महिलाले आफ्नो बयान लेखाउँछिन् ।

अनि पुलिसहरु रामुलाई र एक जना समाजिक साथिलाई लिएर कुखुराको त्यो फारममा पुग्छन् । त्यहाँ मालिक र गाउँको श्रपञ्च बसेका थिए, छोरालाई बोलाएर जिपमा लिएर सबै ठानामा पुग्छन् । त्यो केटाको तर्फबाट उसको बाउले क्षमायाचना गर्छ, सबै गाउँका गणमान्य आएका थिए । बाउँले आफ्नो छोराबाट भएको गलतिको लागि श्रमिन्दगी जताउँछ । छोराले पनि आफ्नो गलतीलाई महेशुष गर्दै माफि माग्छ । उसलाई लिखित माफि मागेपछि उसको पढाई र उसको भबिष्यको खयाल गर्दै छाड्दिन्छन् । उसको बाउले रामुको बाँकी तलब दिन्छ र सकेसम्म नोकरी छाडेर नजान भन्छ । रामुको ठाउँमा म भएको भएपनि यो बेकुबलाई छोड्ने थिएन भन्दै हात जोडेर बिन्ति गर्छ । रामुको यो सहासिलो कदमले हाम्रो परिवार सहितको भलो भयो भन्दै केटाको बाउँले प्रसंशा गर्छ । उनीहरुको त्यो ब्यबहारलाई देखेर केटाको पछ्ताबलाई महेशुष गरेर उसलाई मात्र लेखित चेतवानी दिएर पुलिस र सामाजिक साथिहरुको पहलमा छाड्छन् ।

हली

लतरे ! छेउँ कुना खन्न अलि धौ हुन्छ हेर राँटा नछाडेर मेसैसँग जोतेस ! अरु सुन भोली आफ्नो स्वास्नीलाई पनि लिएर आउँनु बरु आटो यतै खाउला अलि सबेरै आए है ! साहुले अर्थि दिँदै आफ्नो घरतिर फर्किन थाल्छ ।

लतरे बिहानै देखि बारी जोतिरहेको थियो । अर्नि ल्याई दिन्छन् की भन्ने आश गरेको बुढा त रित्तै पो आए ! उसले मनैमनमा सोंच्छ । बराजु म बिहानै आएको अर्नि नगरी भोक लाग्न थाल्यो गोरु पनि भोकाएका होलान् ? उसले बल्लबल्ल ठट्टा गरेझैँ गरि भन्छ ।

होर ? लतरे मैले पनि केही खाएको छैन, अहिलेसम्म ! म साहुनीलाई छिट्टै आटो पकाउँन भन्छु है ! साहुले भन्दै हिंड्छ ।

उसले जोति रहन्छ । बिहानै उज्यालो नहुँदै झिसमिसमा आएको थियो । उ पेशाले दलित जातको हो, बलियो ज्यु डाल भएको खुब काम गर्ने भएकोले होला उसलाई त्यो गाउँमा र अरु छिमेकि गाउँबाट पनि काम गर्न बोलाउँथे ।

कसैको बारी जोत्नु पर्याे, रुख ढालेर दाउरा चीर्नु पर्यो उसैलाई बोलाउँथे । कसैले दया गरेर जो जति दिन्थे लैजान्थ्यो । उसको अर्को कुनै आयश्रोत पनि थिएन, नही उसको कतै बारी खेत थियो । एउटा बुकुरो र स्वास्नी अनि केहि बच्चाहरु थिए । स्वस्नी र आफुले अर्काको निमेक गरेर बच्चाको पेट पाल्ने काम मात्र हुन्थ्यो पढाई लेखाई त उसलाई कुनचराको नाम हो भनेझैँ थाहानै थिएन। जब सम्म शरिरमा बल थियो उसले कत्ति प्रवाह गरेन, बचाउँने कुरा पनि थिएन उ एक प्रकारको सर्वहारा नै हो ।

केही गाउँलेहरुले राम्रा राम्रा चौर आफ्नो कब्जामा ल्याए, कसैले पसु चरन र नुन थलामा पनि कब्जा गरे, तर उ ईमान्दार रह्यो । उसले एक ईञ्च जमिन कब्जा गरेन । आफ्नो पसिना बगाएर बाल बच्चा हुर्कायो।

एक थाउँमा एउटाले तराई तिर झर्दा एउटा स्यानो पाटो उसलाई दिएको थियो तर त्यो एउटाले चलाखि गरेर खोस्यो तरपनि बराजुकै मर्जि उसले केहि गर्न सकेन।उ यति बलियो थियो स्यान स्यानो गरु उचाल्न सक्थ्यो तरपनि कसै सँग झग्डा गर्न सकेन।लडेन उसैलाई ठगे उसले सबैलाई आर्को जनममा सजाए मिल्छ भन्नेमा ढुक्कै थियो।

अन्तिममा फेरी सबै गाउँले मिलेर एउटा पाटो चौर दिएका थिए।त्यहाँ एउटा बुकुरो हालेर बस्यो।उसँग न ता लाला बाला न बिना मल जल खेतिनै हुँन्थ्यो।उसले मिहेनत गर्थ्यो तर अन्न फल्दैनथ्यो फलुस पनि कसरी मल जल केहि थिएन।परिणाम उसले त्यो बारीको त्यति सुसार गर्न सकिन।आर्काकै काम मा जोड लगाउँदै आयो।उसको पौरखले अरुले बर्षभरी खाने अन्न उबाजे तर उसको त्यो बारी पनि बिस्तारै बाँचिदै गयो।आफ्नै बारीमा अरुको बारीमा जस्तै मिहेनत गरेको भय अबस्यपनि उसलाई आर्काको घरमा बाँदा जस्तो हुनु प्रदैनथ्यो।

अहिले साहुको बारीमा भोकै हलो चलाउँनु प्रदा मन मनै सोँचेकोछ कास आफ्नै बारीमा यति मिहेनत गरेको भय केहि फलथ्योहोला।नेपाली हरु खै कुन्नि किन आफ्नो लागि भन्दा आर्काको लागि मिहेनत बढि गर्ने परमपरानैछ।

लतरे आईज आटो खान!साउनिले टपरीमा आटो लिएर आएकि थिन।उसले पहिले गोरुलाई फुकाउँछ र गरु पानी पिउँन नजिकै कुवामा जान्छन।उ एउटा रुखको आस्न बसेरे आटो खान्छ।सुकाको सागको तरकारी र आटो उसलाई खुबै मिठो हुन्छ आखिर भोकनै ता हो।अरु भयपनि खाँदो होला तर साहुनीले एक टपरी ल्याएकि थिईन।त्यो खाई सक्यो न उन्ले सोधीन नहि उसले अरु माग्यो।जति ल्याएकि थिईन त्यो खाएपछि एकछिन त्यँहि आराम गर्छ एकैछिनमा पानी खाएर गोरु आउँछन उन्लाईपनि घाँस हाल्दिन्छ।

अलिबेर पछि फेरी गोरुनारेर जोत्दै थियो,झमक्कै साँझ पर्दा सम्म साहुको बारी जोतेर लखतरान परेको लतरे घर पुगेपछि बच्चा बिमारीले फत्रे(फत्रे गरेको देख्छ।अब कता जाने बिना पैसा उसले बच्चालाई झारफुक गर्न लग्छ।गरीबको जिन्दगी यस्तै त हो।उसका छोराहरु त्यति बलियो ता भयनन् तर कोई झाँक्री भए कोई उसतै मज्दुरी गरेर ज्यान पाल्ने भय।

लतरे बिमार पर्छ तरपनि उसलाई हेर्न कोहीपनि आउँदैनन।बरु उसलाई दिएको त्यो एउटा पाटोमा आर्को फटाहाको नजर पुग्छ।त्योपनि लतरेबाट खोसेर लग्छन।जिवन भरीको दुखःगरेको मिहेनत र ईमानदारीको नतिजा अन्तिममा बिना औषधी उपचार उसको लिला पनि समाप्त हुन्छ।

क्रान्तिको सपना

संघर्ष भन तैँले कति जना युवाहरुलाई प्रशिक्षण दिएको छस ? छिट्टै भन प्रहरीको आवाजमा आक्रोस थियो उसले ग्रजिदै लाठिले स्वर्दै उसको तिग्रामा संघर्षसँग सोध्छ । उसलाई आँखामा कालो पट्टि लगाई दिएको थियो, पिट्दै पिट्दै एउटा पानीको ठुलो ड्रममा हाल्छ । संघर्षको घाँटिसम्म पानी थियो । जाडोको मौशम अनि चिसो पानीमा घण्टौसम्म राख्छ मानौ यो निर्जिव तत्व हो । यस्तै दिनहु बिहान बेलुका संघर्षलाई यातना दिन्छन् ।

उसलाई केहि दिन पहिले माओवादीलाई प्रशिक्षण दियो भन्ने आरोपमा गिरफ्तार गरेर ल्याएका थिए ।

संघर्ष एउटा बेकसुर युवा हो, जसले क्रान्तिको सपना देखेको थियो । उ सानैदेखि प्रवाशमा मजदुरी गर्दै आफ्नो जीवन यापन गर्दै आएको थियो । देशमा तानाशाही पञ्चायती ब्यबस्थाको अन्त्य गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उसको ठुलो धोको थियो । लाहुरे बनेपछि त्यो सामाजिक संगठनमा प्रवेश गर्यो । जातिय बिभेदको अन्त्य र गरिबहरुको मुक्ती केवल नौलो जनवादी क्रान्तिले मात्र पुरा गर्नलाई ढोका खोल्छ भन्दै न्युनतम् कार्यक्रम नौलोजनवाद र समाजवाद अधिकतम साम्यवादसम्म पुग्ने उसका सपना थिए, रहर थियो देशको मुहार फेर्ने । तर पनि भारतमा उ एकता समाजको सक्रिय कार्यकर्ता थियो ।

केहि बर्ष पहिले भिम सिंह, संघर्ष लगायत थोप्रै युवाहरु स्वयंसेबक बनेर स्वदेश गएका थिए । काठमाण्डौको शहरमा राताराता झण्डा बोकेर सेतो कमिज कालो पैन्ट र रातो टाई घाँटिमा बानेर शहरमा मार्च पास गर्दाको त्यो दृश्य अहिले पनि आँखाको वरिपरी घुम्दै छ । संसारभरिका साथी एक हौँ ! एक हौँ, ईन्कलाब जिन्दावाद ! जिन्दावाद, हो यस्तै यस्तै नाराले राजधानी गुञ्जीएको थियो । “लैफ्राईट कदम बढाउ ! लैफराईट लैफट ! यो युगको पुकार हो क्रान्तिको लागि लडन आज संसारका सारा नौ जवान हो !, ओ याँकी गो होम, डर्टी याँकी गो होम ! हाम्रो रातो झण्डा पेरुमा फरफराउँदैछ ! यस्ता यस्ता गितहरुले युवाहरुको मन मष्तिकमा नयाँ प्रकारले उर्जा थप्दै थियो । अत्यान्तै अनुशासित मिलिटैन्सी, याङ्ग मैनहरुको त्यो जमात देख्दा भर्खरै क्रान्ती सम्पन्न होला जस्तो लाग्थ्यो ।

बहुदल आएपछि भिम सिंह त भारतमा फर्कियो तर संघर्ष त्यहि गाउँमा बसेर क्रान्तीकारी कार्यलाई अगाडि बढाउँने निर्णय गर्यो । उ जनजाति थियो त्यो गाउँ पनि लगभग पुरै जनजातिको थियो । आखारी गर्भैदेखि खाएको जाँड रक्सि उसले बिस्तारै कसैले नदेख्ने गरी खान थाल्यो । उनीहरुको ईष्ट मित्रहरु आउँदा जाँदा प्राय मदिराको सेवन गर्ने चलन भएकोले लामो समय पछि उ आफैले पनि प्रयोग गर्न थालेको रैछ ।

माओवादीको कथित जनयुद्ध शुरु भएपछि गाँउघरमा छापामार्ने खान तलासि गर्ने जस्ता कृयाकलाप त समान्य कुरा थियो । माओवादीले धेरै प्रयास गरेपनि संघर्ष उता लागेको थिएन तर कसैको षडयन्त्रको अहिले उ शिकार भएको थियो । पुलिसहरुले उसलाई उसैको घरबाट गिरफ्तार गरेर ल्याए पछि संघर्ष अहिले पुलिसको हिरासतमा थियो । दिनहुँ उसका आँखामा पट्टि बानेर उसलाई खुब धुलाई गर्थे तर उसलाई केहि थाहा नभए पछि उसले के भन्ने । आखिरमा महिनौं उ माथी कुटपिट अत्याचार गरेर थाकेपछि उसलाई छाडे ।

पछि उ घोषित रुपमै माओवादी आन्दोलनमा लाग्यो तर त्यसपछि उसलाई कसैले केहि गरेनन् ।

उसले देखेको क्रान्तीको सपना यसरी तहस नहस भयो । अनि पछि माओवादी कै सरकार आएपछि उसलाई फेरी गिरफ्तार गरे ।

भिम सिंहले एकदिन उसलाई भेट्न गयो ! संघर्ष तिम्रो र मेरो सपना त पुरा भएन हामीले राजाको सत्ता खोसेर कसलाई कसलाई फाईदा पुरायौँ ? यसको ठिक उत्तर खोज्न देश भित्रको अर्थ ब्यबस्थालाई नियाल्नै पर्छ । भन्दै भिम सिंहले संघर्षलाई सम्झाउँने प्रयात्न गर्छ ।

त्यो त्यति बेला माओवादीको कटर कार्यकर्ता भैसकेको थियो । उसले भिम सिंहको कुराको गौर गरेन । किनकी अब क्रान्तीका बाटा पनि बेग्लाबेग्लै भए । उसको देशभित्र सरकार नै थियो ।

भिम सिंहले तिमिहरुलाई धोका भयो भन्दै फेरी आग्राह गर्दै थियो । आखिर वास्तबमा संघर्ष जस्तालाई बेलाबेलामा मौका प्रस्तहरुले उपयो गरे ।

आज उसलाई बुढेशकाल लागेको छ । उसमा पहिलेको जस्तो लडाकुपन, त्यो जोस छैन, हिंजोको बैंस पनि अर्कैलाई दियौं, आजको यो बुढेशकाललाई कसरी काट्ने हो जो चिउरीको रस निचोरीएको खोस्टा बनेर डस्टबिनमा थन्किएको छ । क्रान्तीको सपना पनि आँखामा सिम्टिएर बसेका छन् ।

हत्या

जुन सुकै अबस्थामा पनि उ मरेको हुनुपर्छ सम्झिस् ! बडा हाकीमले आफ्ना बङ्गाह्रा किट्दै आदेश दिन्छ । उसलाई सामन्ती प्रशासनको नाईकेको आदेशको पालना गर्न परेको थियो । बर्षामासको मौशम पानी परिरहेकै थियो, तर उसको भित्र आगो बलेको हुन्छ । क्रान्ती भड्किने डरले उसमा डर छाएको छ । राता राता आँखा लिएको जुँवा पालेको देख्दा खतरा देखिने ब्यक्तिनै आज प्रमुख पल्ट देखिएको थियो ।

उसलाई पटक–पटकको गिरफतारीले र यातनाहरुले पनि रोक्न सकेको छैन । देश र जनताको हितमा संघर्ष गर्दै अँघी बडेको छ । छिमेकि मुलुकमा पनि बृटिस् उपनिवेशलाई समाप्त पार्ने स्वराज आन्दोलन चलेको बेला उनी भारतमा आएर त्यो स्वतन्त्रता संग्राममा कुँदेका हुन्छन् ।

उनलाई त्यो बेलको सरकारले १८ मैनासम्म ईलाहबादको जेलमा बन्दी बनाउँछ । सानै देखि लडाकु स्वभाबका भीमदत्त पन्त पिता तारानाथ र माता सरस्वतीका कोखबाट जन्मिएका एउटा मात्र सन्तान हुन । सानैमा आमाको मृत्यु भयो अनि अलि बर्ष पछि उनको बुबाको पनि मृत्यु हुन्छ । साहुकारहरुले उनको जमिन बन्दगि राखेको उनलाई बुबाको मृत्यु पछि मात्र पत्ता लाग्छ । आखिर यो साहुकारलाई जति ऋण तिरे पनि उसको मूल धन बढेकै हुन्छ । आखिर किन ? यसबारेमा उनले गहन अध्ययन गर्छन् र उनीहरुको शोषक फटाहाहरुको बिरुद्धमा उनले आन्दोलन सुरु गर्छन् ।

“कित जोत होल, कि त छोड थलो, होईन भने अब छैन भलो” भन्दै आन्दोलनमा कुद्ने एउटा सशक्त किसान राजनीतिज्ञा बनेर उभ्रिईन्छन् ।

उनको आन्दोलनबाट डराएर सरकारले छिमेकीसँग प्रहासनको मदत लिन्छ, तरपनि मार्न सक्दैन । उनी एक्लैले दुबै देशका सरकार तथा प्रसाशनको नाकमा दम गरेका छन्् । अब सामान्तले नयाँ चाल रच्न थाल्छ, जब उनलाई मार्न सक्दैन त्यस पछि (२००९ चैत्र २७ गते उनलाई झुक्काएर गिरफ्तार गरियो । तर पनि उनले २०१० सालको असार महिनाको तेस्रो साता तिर त्यो जेलबाट पनि भाग्न सफल हुन्छन्् । जब उनी डडेलधुरा पुगे पुनः सामन्त र बडा हाकिमको मोहन बहादुर सिंह कै मिलिभगतमा गिरफ्तार गरी बेलौरी जेल चलना गरिदिन्छ । जोगबुडा पुग्दा नपुग्दै सिपाहीलाई प्रभावमा पारेर उनी लगायत गृहयुद्धा मुल्लि प्रधान, गर्मु राना, उम्किन सफल हुन्छन् ।

अनि अलि पछि भारतिय सेना र नेपाली सेना सहित मिलेर षडयन्त्र मुलक र कायर्तापुर्बक गोली हानेर मारियो । देशमा राणा शासनको अन्त भै सकेपछि छिमेकमा अंग्रेजी हुकुमतले भारत छाडेर गई सके पछि भीमदत्त पन्तको हत्या गर्ने तत्कालीन सामन्तले र बडा हाकिमले मिलेर उनलाई मराउँने षड्यन्त्र गर्छन् ।

उनको आफ्नै मान्छेलाई नपताउँने गरी त्यहाँ पठाएर २०१० सालको १७ गते मङ्सिरको महिनामा उसको बन्दुकले हाने पछि पनि उसले खुकुरी निकाल्छ अनि रगतले लतपत लासको गर्धनमा प्रहार गरेर उनको टाउकालाई ठुलो बाँसको डण्डामा गोभेर त्यो टाउकोलाई तीन दिनसम्म झुडाएर राख्छन् । ताकि कसै अरुले यि यस्ता शासकहरुको बिरुद्धमा आवाज नउठाओस् ।

आखिर भीमदत्त पन्तको के माग थियो जनताको हितको रक्षा, स्वतन्त्रताको लागि अगि बढका थिए । सुदखोर, भ्रष्टचारीहरुको बिरुद्धको लडाईमा निरन्तर निडर अनि निष्पक्षिय आन्दोलनका नेता थिए । उनले आफ्नो जीवनकाल संघर्षमा बिताए । भीमदत्तको टाउको काट्नेलाई सामन्तिले खुसि भएर । पाँच हजार कम्पनि रुपियाँ इनाम दिन्छ । यसरी एउटा क्रान्तिकारीको जीवन समाप्त भयो, तर आस्था कहिल्यई ढाल्न सकिनन् । उनको सम्झनामा आज दिश बिदेशमा श्रद्धांजलि भएकोछ सम्मान भयको छ, तर त्यो बडाहाकिम अनि सामन्तीलाई सबैले धिकारेका छन् ।

रक्सिको डेक

स–साना पाठशाले केटाकेटीहरुले विद्यालयको नजिकै जम्मा भएर केहि हेर्दै थिए । विद्यालय लाग्यो गट्ठि जाम, एउटाले अर्कोलाई तान्दै भन्छ । पख ! पख अहिले जाम्ला अर्को भन्छ । दश बाह्र जना बालबालीकाहरु त्यहिं उभिएर तमासा हेरेका छन् ।

भएको के थियो भने त्यहाँ नजिकै रक्सिको डेक भएकोले रक्सिको मातमा त्यहाँ दुई जना जड्याहरुको घम्मसान लडाई भएको हुँदा धेरै जनाले तमासा हेर्दै थिए । बिद्यार्थीहरुले पनि त्यहि तमासा हेर्दै थिए । दिउँसो मध्यान्ति भएपछि प्राय जसो खेलकुद छाडेर बच्चाहरु तमासा हेर्दथे । विद्यालय लाग्यो तर बच्चाहरु आ–आफ्नो कक्षामा गएनन् । शिक्षकहरू आएर ति बच्चाहरुलाई लिएर जान्छन् । कसैलाई मुर्गा बनाउँछन्, उठ बस गराउँछन् । यसरी उनीहरुको पढाईमा ठुलो असर पुग्छ । यस्तो प्राय दिनहुँ जसो हुन्छ । बच्चाहरुलाई सजाए दिएर मात्र समस्याको हल पक्कै पनि हुन सक्दैन ।

कहिले काहीं त कतिपय शिक्षकहरु पनि तमाजीवन बनेर उभ्भिएको देखियो । एक दिन यसै बिषयलाई लिएर केहि गणमान्य ब्यक्तिहरु बिचमा छलफल पनि भयो तर कुनै समाधान हुनसकेन नतिजा उसतै रह्यो । त्यसको समाधान न हुँदा त्यहि विद्यालयमा पढाउँने शिक्षक मध्यका दुईजना भोली पल्ट बाहिर चौरमा बसेर एकान्तमा (यो रक्सीको डेकलाई आगो लगाई दिम ! भन्छन् । अहँ हुँदैन आगो लगाएर समाधान हुँदैन बरु यसलाई सम्झाएर यो डेकलाई अन्त सार्न लगाउनु पर्छ ! अर्को शिक्षकले शुझाब दिन्छन् ।

उनीहरुको कुरा चलेकै बेला टुप्लुक्क दुईटा अलि ठुलो कक्षाका बिद्यार्थी पुग्छन् । उनलाई देखेपछि शिक्षकहरुले प्रसंग बदलेर अरु कुरा गर्न थाल्छन्, तर उनीहरुले शिक्षकको बिचार सुनिसकेका थिए । सर यो डेक नता आगो लगाएर सिद्धिन्छ न यो कतै सर्छ ! वास्तबमा यो डेक प्रधानपञ्चको हो, जसलाई यति सजिलरी हटाउँन सकिदैन । उनी मध्यको एकजना बिद्यार्थीले भन्छन् ।

बिस्तारै चौरमा बतास चलेको थियो नजिकैको रुखहरु फरफर गर्दै हावालाई थप मद्त गर्दै थिए । यस्तै त यो चौरमा हावा चलिनै रहनछ । आज अलि तेज चलेको थियो ।

बिद्यार्थीको कुरा सुनेर शिक्षकहरु अलि अक मक्काउँदै होईन् हामीले त ठट्टा गरेको मात्र हो । अर्को शिक्षकले सफाई दिन्छन् । पहिलो शिक्षकले बिद्यार्थी तिर अलि गम्भिर बनेर नियाल्छन् । यो केटाको कुरामा केही बल त छ, तर यसको बारेमा पत्ता लगाउँनै पर्छ कतै यसले हाम्रो जासुसी त गरेको छैन, यो एकदिन पहिले पनी यहिं बसेको बेला पछाडी उभ्भिएको थियो । उनले आफ्नो मनमनै सोँचेका छन् । हो बाबु हामीले त वास्तबमा गरेको ठट्टानै हो, तर तिम्रो बिचारले केहि भन्न खोजेको मलाई महशुष भएको छ । बालबालिका हिंजो पनि जड्याहरुको जुधाई हेर्दै बसे कक्षामा आफै गएनन् र मैले लिएर गएकोले डेकले बिद्यार्थीको भबिष्यमा असर गरेको जस्तो महशुष भएको छ । शिक्षकले भन्छन् ।

सर, हो नी बिद्यार्थीहरुको भबिष्यलाई ठुलो असर परेकै छ । मलाई थाहा छ यो उहिलै बाटको ब्यबहार हो । चुनावको बेलामा इनै प्रधान हुन जसले विद्यालय परिसरमा डेक हुनु हुँदैन भनेर भन्दै हिँडेका हुन् तर चुनाव जितेपछि यो डेकको गोँसा त बदल्यो तर ठाउँ बद्लिएन । पहिलेको प्रधानले हारे अनि इनले जिते डेक पनि आफुले खोसे फरक यत्ति भयो । बिद्यार्थीले बडो निडर र निर्धक्क भएर भन्छ । अहिले बिद्यार्थीको डेकप्रतिको आक्रोश देखेपछि शिक्षकलाई बिस्तारै बिद्यार्थीहरुप्रति बिश्वास पलाउँदैछ । शिक्षकहरु अन्तैबाट सरोट भएर आएका हुन् । यहाँको माहोलको बारेमा खासै जानकारी पनि छैन । स्थानीय बिद्यार्थी र शिक्षकहरुले पनि यिनि दुबै शिक्षकहरुलाई त्यति टेरेको जस्तो लाग्दैन ।

यस्तै केहि बिद्यार्थीहरुको साथ सहयोग भए यो डेकलाई अन्त सार्न सकिन्छ भन्दै उनले मनैमन सोँचेका छन् । अनि केहि हुनै सक्दैन त ? शिक्षकले बिद्यार्थीहरु तिर हेरेर ब्याकुल हुँदै प्रश्न गर्छन । विद्यालयको एकता र जनचेतना जगाएर हुन सक्छ । जस्को लागि अबिभाबकहरु समेतलाई बिस्वासमा लिन सक्नु पर्छ । विद्यालय परिसरमा मादक र मदिरा जन्य पदार्थहरु निषेध गर्नलाई सबै मिलेर प्रयास गरेपछि के हुँदैन ? सबै कुरा जनताको चेतनाले गर्न सक्छ । बिद्यार्थीले सुझाब दिन्छन् ।

तर शिक्षक जी यो मुद्धा जनताबाट उठेको हुनु पर्छ उनले अरु थप्छन् । हजुरहरुले विद्यालयबाट कानुनी प्रकृया पुरा गर्नुस् हामीले जनताको बिचमा उनका अबिभावकहरुलाई सम्झाउँछौं भन्दै बिद्यार्थीहरूले बिदालिन्छन् ।

केटाहरुको कुरा कस्तो लाग्यो ? पहिलो शिक्षकले दोस्रोलाई सोध्छन् ।

कुरा ठिकहो तर मलाई के लाग्छ भने यो डेकको मुद्धा पुरानो हो यसमा राजनीतिक हुँदैछ । कतै यसले हाम्रो काँधमा राखेर बन्दुक चलाउँन त खोजेको छैन ? वास्तबमा केटाहरुको भनाई ठिक हो जनचेतनाको स्तर उठाएर यो डेकलाई पनि हटाउँन सकिन्छ । राजनीति गरेर यो प्रधानलाई हराउँन र अर्कालाई जिताउँन सकिन्छ, दुबै हुन सक्छन् । भनिन्छ पहिलेका शिक्षकहरुको तबादलाको कारण पनि डेक नै हो भन्छन् । कतै यीनै बिद्यार्थीले ..होईन हाम्रो भ्रम हो मनको, भन्दै बिदा हुन्छन् ।

केही दिन पछि दुबै जनाको तबादलाको पत्र आएको उनै बिद्यार्थीले जानकारी दिन्छन् । आखिर किन र कसको लागि उनीहरुको बद्लि हुन्छ । मुद्धा विद्यालयको नजिक रक्सिको डेक हुनुहुनन् भन्ने थियो तर यो राजनीतिक करण भएको थियो । उनीहरुले विद्यालयको प्रशासन भित्र राखेका थिए । माथिबाट त्यसको बारेमा कुनै निर्णय आउँनु भन्दा पहिल्यई उनीहरुको तबादलाको पत्र आयो ।

ढोङ्गी

अर्को हात देखाउ त नानी ! एउटा हात हेरी सकेपछि अर्को हात हेर्न खोज्छ । ओहो धेरै ठुलो गौंडा छ, यो नानी पन्ध्र बर्ष काट्दैन ! यो पहिलै मर्छे । जोतिसले ठोकुवा लगाएर भन्छ ।

केहि उपाय छ की महाराज ? आमाले आँखा टिलमिल टिलमिल पार्दै भन्नु हुन्छ । केही उपाय छैन, कालो कपडा लगाउँनै हुँदैन भनेर अर्को डर देखाउँछ । आमाले रुँदैरुँदै छोरीलाई लिएर घर फर्किनु हुन्छ । यो कुरा सेतेको कानमा परेपछि सेते पनि लाहुरबाट घर फर्किन्छ । आमाको मन त हो छोरालाई देख्दा बित्तिकै जोतिसको कुरा शंझेर आँखा बर्षिन्छन् ।

कस्ता आँखा हुन हजुरका म लाहुर जाँदा पनि बर्षिन्छन् अनि आउँदा पनि बर्षिन्छन्, भैगो रुनु पर्दैन भन्दै चर्किन्छ ।

आमा सेखोर–सेखोर गर्दै बाहिर तिर निस्किनु हुन्छ, नजिकै बसेका भाई र बैनी दाईको काखमा आएर थुपुक्कै बस्छन् । बैनाको कपालमा औँला फेर्दै चुप्प म्वाई खान्छ अनि सेतेको पनि आँखा रसाउँछन् अँगालोमा बेरेर अलि बेर बस्छ । आमाले चिया टकार्दै अब धेरै बाँच्दैन बाबु यो नानी भन्दै फेरी ओँठ कंपकपाउँ छन् । भाई साानो थियो तर अलि फुर्तिलो थियो मायाँ त सबैको बराबरी नै हुन्छ । बैना बिमारी भएको भएर होला अलि बडी मायाँलु थि । भाई बैनीलाई नयाँ नाना ल्याएको दिन्छ, उनीहरु फुरुक्कै पर्छन् ।

कसले भन्छ आमा ? कसैलाई कसैको भबिष्याको बारे थाहा हुँदैन ! भन्दै आमालाई सम्झाउँछ बैनीको अनुहार पहेँलो भैसकेको थियो हात खुट्टा मात्रै छाला र हाड बाहेक अरु थिएन । उसको स्वास्थ्यलाई हेर्दा त्यो हात हेर्नेले भनेको मिल्दो जुल्दो लाग्थ्यो, धेरै कम्जोर थिईन ।

त्यो पाखण्डीले भन्यो भन्दैमा रोएर निको हुन्छ औषधी गरेपछी निको हुन्छ म यसलाई लाहुर लगेर निको गराएर ल्याउँछु हजुरले चिन्ता नगर्नुस् ! भन्दै आमालाई दिलासा दिन्छ ।

त्यो बेला हाथ हेरेर भबिष्यबाणि गर्ने एक प्रकारको भरमार थियो । मान्छे टाडाटाडा हात हेराउन जान्थे दुई तिन दिन पैदल गएर हात देखाएर आउँथे ।

कयौँ महिलाहरु आफ्नो भबिष्यको बारेमा हेराउन जाँदा तेरो लोग्ने मौगुलानबाट फर्किदैन वा उसले उतै बिबाह गरेको छ, तेरो कर्ममा दुई घर छन् जस्ता गलत र भ्रामक कुरा बताएर महिलाहरुलाई पोईल जाने बाताबरण तैयार पार्ने काम पनि यस्तै ढोँगीहरुले गर्ने गर्थे ।

भोली पल्ट सेते त्यो भबिष्यबाणि गर्ने ब्यक्ती कहाँ जान्छ । उसले एउटा चियाको पसल गरेकोछ त्यो विद्यालयको नजीकै थियो त्यहाँ भिड थियो । शिक्षक र बिद्यार्थीहरु त्यहीं थिए । विद्यालयको मध्यान्ती भएकोले सबै जसो त्यहीं पसलहरुको आसपास थिए । सबै मानिसहरुको माझमा उसलाई छोपेर सेतेले चेतवानी दिँदै भन्छ– यहाँले मेरी बैनीलाई पन्ध्र बर्ष नकाट्ने बताउँनु भएको छ । यसबाट हाम्रो आमा दिनहुँ रुँदै हिंड्नु हुन्छ, यदी पन्ध्र बर्ष काटेर सोह्रमा बैनी लाग्दा दिन मैले यिनको हत्या गर्ने छु । कि त पन्ध्र बर्ष भित्र बैनी मरेको हुनु पर्यो, नत्र यहाँको काल आयो, भन्दै चेतवानी दिन्छ । त्यहाँ भएका शिक्षक बिद्यार्थीहरु र अन्य दुकानदारहरुले चुपचाप सेतेको कुरा सुनेका छन् । भए नभएक भविष्य बाणि गरेर कयौँका स्वास्नी पोईल लगाउँने यिनै हुन् भन्दै रिसले ग्रजिन्छ । त्यो बेला देशमा पञ्चायती ब्यबस्था थियो । उसले सेतेको रिस देखेर मुर्ति जस्तै बनेर बसेको छ चुँ गरेर बोल्दैन ।

सेते उसलाई चेतवानी दिएर घर तिर फर्किन्छ । अनि दुई चार दिन बसेर ढिलो नगरी आफ्नो बैनीलाई लिएर भारत जान्छ । त्यहाँ उसले एउटा दैनिक बेतन भोगी मजदुरको रुपमा एउटा कम्पनीमा काम गर्दथ्यो । नयाँ र अन्जान शहर आखिर जसरी तसरी उपचार गर्ने प्रयत्न गर्दै थियो ।

एकदिन बैनीको पेट धेरै दुख्छ उ रोएकी थिई, बर्दास भएको थिएन । उसलाई साईकलमा बसालेर सरकारी अस्पत्ताल लिएर जान्छ । गोजीमा पैसा थिएन दुई रुपियाको पुर्जी कटाएर डा.लाई देखाउँछ उसले केहि औषधीको साथै एक्सरे गराउँन भन्छ, एक्सराको लागि बिस रुपिया चाहिने रैछ जो सेतेसँग थिएन । एउटा आसामको नेपाली साथीलाई बैनीलाई हेर्न भनेर आफु पैसा सापट खोज्न हिंड्छ । चिने जतिका सबैसँग माग्छ तर कसैले पनि दिदैनन् । राशन लिने ठाउँमा गएर दुःख पोख्छ त्यो पनि बेकार जान्छ । उसले राशन लगे उधारा पनि दिन्छु तर नगद पैसा छैन भनेर जवाफ दिन्छ ।

पछि आफु जाँ बस्थे त्यहिं पुग्छ छिमेकमा एउटी मिलन सार महिला बस्थिन उनले म दिन्छु त भनिन तर चाबि भेट्टिएन बाकसको ताला तोडेर त्यो भित्र सन्दुकको ताला तोडेर माटाको भुडकी निकालेर त्यो फोडिन र बिस रुपिया उधारा दिईन । उनले गरेको त्यो गुन सेतेको नजरमा हृदयमा घर जमाएको छ ।

अनि भागिभागि सेते पैसालिएर होस्पिटल पुग्छ र एक्सरा गराउँछ । अब दवाई ल्याउँने पैसा छैन तिस रुपियाँको औषधी लेखेको थियो । एकजना दार्जलिंगका नेपाली जसलाई सेतेले बैनी हेर्न भनेको थियो उनले त्यो सरकारी अस्पत्तालमा काम गर्थे उनैले मेडिकलमा सँगै लिएर दवाई दिलाए अनि मेडिकलवालालाई यो मेरो भाई पर्ने हो यसको बैनी बिमारी छन् जति बेला पनि औषधी चाहिन्छ दिनु पैसा नभयको बेला उधार दिनु यसले पैसा दिएन भने मैले दिउँला भन्दै सिफारिस गरे । यस्तो मान्छे जहाँ कहिं भेट्टिदैनन् । ति महिला अनि यिनै दार्जलिंगका ब्यक्ति महान थिए । बैनीलाई फर्क पर्दै जान्छ उनको प्लेट डाउँन थियो । त्यो पुरा गरेपछि उनी स्वास्थ्य हुँदै जान्छिन् । एकदिन होस्पिटल मै गएको बेला एकजना सँगै काम गर्नेको आफन्तिलाई रगतको आबश्यकता परेको रहेछ उसले दुःख देखाएपछि सेतेले एक बोतल उसलाई रगत दिन्छ । त्यो बेला साना तिना शहरमा ब्लैड बैँक हुँदैनथे उसलाई ओ पोजेटिब रगत चाहिएको सेतेको पनि त्यहि गु्रपको भएकोले रगत दिन्छ । बदलमा मान्दै नमानेर तिन सए रुपियाँ गोजामा राख्दिन्छ । शाहेद उसलाई सेतेको समस्या थाहा थियो होला । त्यो पैसाले बैनीको तिन मैनासम्म उपचार गर्छ । उसलाई विद्यालयमा भर्ना गर्छ र यतै पढाउँछ ।

अब बैनी बिल्कुल ठिक हुन्छे, अनि उसले सोह्र बर्षमा खुट्टा राखेपछि त्यो कथित जोशी कहाँ गएर अब तलाई मार्छु भन्छ । सेते रिसले मुर्मुराउँदा उ डरले थरथर परेको थियो । हत्तपत आफ्ना कान छोप्दै आईन्दा कसैको हात नहेर्ने बाचा दिएपछि सेतेले उसलाई माफ गर्दिन्छ । आखिर आफ्नी बैनी ठिक भएकोमा धेरैधेरै खुशी छ । तर यस्ता ढोँगी बाबाहरुको बिस्वास गरेर कसैले पनि आफ्नो वा अर्काको भबिष्य बर्वाद गर्नु हुँदैन । त्यस्ता बाबाले गर्दा धेरै पिडा खेपेका पाईन्छन् ।

साथी

नेपाली समाजले गरेको आन्दोलनबाट बौखलाएर प्रशासनले समाजका जिम्मेवार साथीलाई बोलाउँ छ ।

दश बाह्र जना जति साथीहरु भित्र जान्छन् । “सबैलाई लएन लगाएर गोलि ठोको” भन्दै आफ्नाबाटै मुरमुराउँदै अँघार जस्तै कालो आँखा पनि पहेला भएको जल्लाद जस्तै ब्यक्ती समाजिक साथीहरुको पास आउँछ । उ रिसले आगो भएको थियो । तर साथीहरु पनि निडर छाति खोलेर उभ्भिएका छन् । त्यो ठानाको डिएसपि थियो । उसलाई ठुलो दवाबमा बलत्कारीको बिरुद्ध एफआईआर दर्ता गरेर उक्त बलत्कारी जो पहिले उनैले फरहार गराई सकेका थिएलाई हत्कडी लगाएर ठाना भित्र कोचेको थियो । पुनीको डाक्टरी गर्दा बलात्कार भएको पुस्टि भैसकेको छ । अब उसले ठानाबाट चलान काटेर जेलमा पठाई सकेका थिए ।

सबैको ठानामा हाजिरी लगाएर छाड्दिन्छ । समाजिक साथीहरुले छलफल गरेर अब यो गरीब फैमलिवालालाई त अलि दिन बसाल्नु पर्यो कसरी बसाल्ने न त उसको नोकरी छ । वकिलले पुनीको दुई जनालाई यहाँदेखि बाहिर नजान भनेको थियो ।

समाजका साथीहरुले एउटा क्वाटर दिलाउँने अनि उसले काम नपाउँदासम्म राशन र कमराको किराया समाजका साथीहरुबाट आर्थिक मद्त गरेर उसलाई पाल्ने सल्लाह भएकोछ ।

पुनी र उसको लोग्ने अर्को शहरमा नोकरी गर्ने पुनीको बाबा कहाँ गएर बसेका थिए । केहि दिनपछि अचानक पुनीको लोग्ने रगतले रातै भएर समाजका साथीहरु कहाँ आएका छन् । उनले आफ्नो आपबिती यसरी सुनाए– मलाई मेरा ससुराले पिटे उनले केस गरेर केहि हुनेवाला छैन, अब तिमिहरु यहाँ बस्नु पर्दैन । भने मैले केस फिर्ता लिँदैन भन्दा मलाई कुटेर घरबाट लखेटे भन्दै रुन्छन् ।

सामाजिक साथीहरुले त्यहाँ गएर उनलाई सम्झाउँछन् । अब आईन्दा यस्तो नगर्ने अहिले केस चलेको बेला अस्तो गर्यौ भने हाम्रो केश कम्जोर हुन्छ बलात्कारी बचेर निस्किन्छ भन्दै त्यो उसको बाउलाई सम्झाउँने काम गरिन्छ ।

सबै कुरा मिले पछि त्यो बाउले समाजलाई सुचना गर्छ मेरो छोरी बहुलाई अब यस्तो बहुलाहलाई मैले आफ्नो पास राख्न सकिन र स्वदेश पठाएँ । यो सुन्दा समाजका साथीहरुलाई ठुलो झट्का लाग्दछ ।

यति ठुलो आन्दोलन गरेर त्यो मिलको मालिकको आफन्ति पर्नेलाई जेल हाल्न सफल भएको समाज त्यो पुनी बयान दिनै नआएपछि बिस्तारै केश कम्जोर हुनु स्वकभाविक नै थियो ।

उनीहरुलाई लिन पुलिसले उसैको बालाई लिएर नेपाल जान्छ तर त्यहाँ पुलिसहरु समेतलाई प्राण बचाएर फर्किन गारो हुन्छ ।

पुलिसहरु रित्तै फर्किन्छन् बलात्कारीको पिडितको बयान दर्ता गर्न नआएपछि उसलाई जमानत मिल्छ । यसरी एउटा बलात्कारीको चाहाना पुरा हुन्छ । पुलिसहरुले सामाजिक साथीहरुलाई तङ्ग गर्छन् । प्रताडित गर्छन तर त्यो पुनी लगायत अरु सबै स्वदेशभित्र बसेर आफु उपहास बनेका हुन्छन् । साथै समाजले कति ठुलो मेहनत गरेर आन्दोलन उठाए तर अहिले मान्छेको बिच मान्छे हुनु पर्ने हो तर अहिले त मान्छेको बिच राक्षेशहरु भरिएका छन् ।

सेतेको सपन

आमा उ त्यो ढुङ्गा छन् त्यहाँ एउटा कट्मिराको सानो बेर्नो छ ! आउँनुस त सेतेले आफुले बोकेको डोकालाई त्यहिं बिसौनी जस्तोमा बसालेर खोल्सा तिर जान्छ ।

बर्षाको मौसम भएकोले सिमसिमे पानी परेको थियो । गवन खोलाको अलि माथि लेख तिर जाँदा बाट्टैमा एउटा खोल्सा जस्तो छ त्यहाँ तलबाट माथीसम्म तीजुको बुटाहरु छन् । बाट्टैमा भएको एउटा बुढा तीजुको बृक्षलाई “कामीले काटेको तिजु भन्थे“ कुन्नि किन हो त्यो भने थाहा भैन । (यस बारेमा कसैलाई अमिलो नलागोश) त्यसैको अलि माथी खोल्सामा स–साना तीजुका बुटाको माझमा दुईवटा ढुङ्गाको चपेटमा “चीन र भारतको चपेटमा नेपाल परेको जस्तै “परेको एउटा कट्मिराको बिरुवा थियो । सेतेका आमा छोराले त्यो ढुङ्गालाई हाँसी र कोदालो प्रयोग गरेर कट्मिराको त्यो रुखलाई आजाद गराउँछन् । अनि लिएर कालीमाटीको बारीको कुनामा लगाउँछ सतेले, त्यसैको तल ढिकमा आमाले लगाउँनु हुन्छ । यसरी सेते र सेतेको आमाले यो रुख ठुलाठुला गराएर गाई भैँसीको लागि घाँस प्रसस्तै हौस् भन्ने सपना देख्छन् । साँचै भन्दा नै केहि बर्षमा नै ति रुखहरु ठुलाठुला हुन्छन् । साहेद त्यो ढुङ्गाको चपेटमा त यति बर्ष बाँच्दैनथ्यो होला ।

केहि बर्षसम्म आमा र छोराले त्यो बारीमा अनाबश्यक रुखहरु जरैबाट ढाल्ने र राम्रा राम्रा जातका बृक्षहरु रोप्ने जोगाउँने अनि काल्नाहरु फोरेर बारी बनाउँने काम भयो ।

आँप आरु बेलौती आदिका बृक्ष लगाउँने गरे । आमाको भनाई थियो अहिले गरेको दुःखले पछि सुख् मिल्छ “कसला काटे पछि मसला मिल्छ” आमाका यस्ता कुराले सेतेलाई पनि उर्जा मिल्थ्यो ।

काम गर्दा दिन बितेको र रात भएको थाहा नै हुँदैनथ्यो । मानिसहरुको आँखामा सुन्दर भबिष्यको सपना भएपछि काम गर्ने जाँगर लाग्ने रैछ । कहिले दिउँसो ग्वाला गएको बेला बनका तरुलहरु खनेर ल्याउँथ्यो । आमाले तरुल पोलेर धेरै भए पर उसुनेर सबैलाई दिनु हुनथ्यो । सबै भाई बैनाले मिलेर खान्थे । सेते त्यो बेला १२/१३ बर्षको थियो होला जो सबै भन्दा ठुलो थियो । त्यो एक पटक लाहुरमा ११ मैना बिताएर फर्केको हो । स्यानो छँदा बाबाले भनेको कुरा “कसैको डर भैनभने मान्छे बिग्रिन्छ” बिर्षेको छैन । घरमा सानाले ठुलाले भनेको मान्ने र सम्मान गर्ने, ठुलाले सानालाई आफुले गरेको राम्रो काम र परिणाम बताउँने, घरमा अनुशासन र घरको गोपनियता अत्यन्तै आबश्यकता हुन्छ, भनेको सेतेले अहिले पनि बिर्सेको छैन ।

सेतेको बाबा बितेको उ दश वर्ष पुगेर ११मा लाग्दा बित्तिकै हो तर पनि बा बाको त्यो कथनलाई सेतेले चिनारीको रुपमा मन मष्तिकमा राख्छ ।

सेतेको एउटा सपना आफ्ना भाई बैना अनपढ नरहुन् र कसैको हेलारी नबनुन, कोइ जड्या र जुवाडे नबनुन् भन्ने थियो । त्यसैले उनीहरुलाई हमेशा आफ्नो डर देखाउँन प्रयात्न गथ्र्यो । (यो ठिक थियो वा थिएन, त्यो भने मुल्यांकनको बिषय हो ।) आफु पनि अध्ययनमा प्रयात्नशिल थियो हिँड्दा पनि पाईला गन्ने, काम गर्दा पनि एबीसिडीलाई घोकने बानि सेतेको थियो ।

सेतेको सपना जसरी भएपनि शिक्षित हुने हो, त्यो कहाँसम्म कामयाब भयो त्यो छुट्टै कुराहो । आमा धेरै पौरखी हुनुहुन्थ्यो । आफ्नो लोग्नेले छोडेर गएपछि कि भनि त पैसा भए अरुले गर्दिन्थे नभए पछि सबै काम आफै गर्नु पथ्र्यो । दाम्ला बाट्ने, नाम्लाको बरियो बाट्ने, किला ठोक्ने जस्ता काम आमाको लागि सामन्य थिए । आफु अलि धार्मिक बिचार र छुवाछुतमा कटर भएपछि आमालाई कहिले कसो सेतेले सम्झाउँने प्रयात्न गर्थ्यो । किन भने सेतेको झुकाव भौतिकवाद तिर थियो । समाजमा भएका कुरिती कुसँस्कार रुढिवादी र सामन्तवादी सैली ब्यबहारको सेते बिरोधी हो । आमा छुवाछुतको कटर समर्थक, छोरा छुवाछुतको कटर बिरोधी भए पनि आमा छोराको बिचमा दरार आएन । दलितहरुको घरमा गयो भने एक गिलास पानी मागेर भए पनि पिएर आउँथ्यो । ताकि उनीहरुलाई आफ्नो समिप ल्याउँन सकियोस् । उनीहरुले पनि आफ्नो हैसियत बुझुन तर यो बिचार सहि हुँदाहुँदै पनि औषधीले रियक्सन गरेको झैँ समाजलाई सधै रिएक्सन गथ्र्यो ।

कहिले कहीं त “हेरन कति बिग्रेको बाहुन हो ! दलितहरुको घरमा गएर खायो खान नपाएको बाहुन पनि भनेको सुन्थ्यो स्वायं दलितहरुले तर पनि रिस उठेन कयौँ पल्ट हावा बिग्रेको आरोप पनि लगाए ।

सेते भारतमा आएपछि सामाजिक संगठनमा आबद्ध भयो । उ युवा अबस्था करिब १७ बर्षमा नै संगठनको सदस्य भएर समाज सेवाको काम थाल्यो । जहाँबाट उसलाई जातिय बिभेद गर्ने मौका ब्यापक मिल्यो ।

बलराम सार्किका घरमा एकदिन सामाजिक कामले तिन जना भएर गएका थिए । सेतेले एक गिलास पानी मागेर खायो, उनीहरुले केहि नभनी एक अर्काको मुखमा हेरा हेर गर्छन् ।

त्यहाँबाट बाहिर निस्केपछि– चिन्नु भैन ? हामी गएको घर कसको थियो ? आचार्याले मुख बिगार्दै सोध्छन् । चीनेको छुँ मैले पनि ! सेतेको उत्तर सुनेपछि फेरी एक अर्कालाई हेर्छन् । अनि चिनेर पनि उनले छोएको पानी पिउँनु भयो ? प्रधानले फेरी सोध्छन् । उनी आश्चर्य भएको जस्तो लाग्छ ।

सेतेले बसेर छलफल गरौँला हजुर भन्दै कुराको बिट मार्छ ।

एकदिन सेते त्यो घरमा टुप्लुक्कै पुग्छ,फेरी पनि एक गिलास पानी मागेर पिउँछ । हजुरले चिया नास्ता खानु हुँदैन मात्र पानी पिउँनु हुन्छ बली की बुढीले सोध्छिन् । यसमा पनि मेरो एउटा सपना लुकेको छ । जातिय बिभेदको अन्त्य गर्ने । सेतेको जवाफले उनी खुसि हुन्छन् । एउटा कुरा भनु ? बुढिले सोध्छिन् भन्नुस !

सेतेले सुन्न आतुर हुन्छ, अँस्ति आएकाहरुले जाँड यहिंबाट मगाएर खान्छन् साँझमा तर पानी चल्दैन । हजुरले जाँड खानु हुनन् अनि पानी चल्छ कस्तो–कस्तो लाग्छ ! उनले निराशजनक बिचार ओल्र्याउँछिन् । होला उनीहरुले अँझै त्यो सपना देख्न सकेका छैनन् होला जो मैले देख्दै आएको छुँ ।

सेतेले खिसिक्कै हाँस्दै बाहिर निस्किन्छ । यो पनि त्यहि बृक्ष जस्तै हो जो हिँजो दुई ढुङ्गाको बिचमा थियो । उसले मनैमनमा त्यही बिचार सोँचेको छ । आखिर दिउँसोमा देखेका सपनाको स्वरुप भिन्दै हुन्छ ।

पैसाको मात

केहि साथीहरुको माझमा मणिले आफ्नो स्मरण ताजा गर्छ । हाम्रो अबस्था बिदेशमा दयानिय छ । एक पटकको घटना हो (मणिले भन्दै जान्छ सबै चुपचाप सुन्छन् ।

केटा हो सबै काम सकेपछि खाना खाएर यो होटेल बन्द गरे भन्दै होटेलको मनिजर घर तिर लाग्छ । त्यहाँ भएका बेटरहरुले पनि हौस् सर भन्दै आफ्नो काम तर्फ लाग्छन् ।

सबै काम भ्याए पछि आ–आफ्नो खाना लिएर खाँदै थिए मनिजर पनि गैसकेको छ ।

अब यहाँ दुई तिन जना बेटर मात्रै छन् अरु सबै आ–आफ्नो घर गैसके । उनीहरुले भर्खर खाना खानै थालेका थिए केही ब्यक्तिहरु होटेलमा प्रबेश गर्छन् । बेटरले सर सर होटेल त बन्द भैसक्यो भन्दै रोक्न खोज्छ तर उनीहरु नदेख्या नसुन्या जस्तो गरेर भित्र कुर्चीमा बस्छन् ।

सुन बेटर एक जग पानी र तिनटा गिलास लिएर छिट्टै आइज भन्छ । त्यहाँ बसेकालाई पानी लिएर जान्छ र मेचमा राखिदिन्छ । के गरुन बिचरा परदेशी साथी हुन् । उनीहरु ठुला धनी मन्छे होटेल बन्द भयो भन्दा पनि न सुनेको जस्तै गर्छन र बसेका छन् ।

रात अधिक भै सक्यो तर उनीहरु निस्किनै मान्दैनन् । सबै यताउताका दोकानहरु बन्द भैसके । एक त साथी त्यहि माथि प्रवासी के गर्न नै सकिन्थो । धेरै जिद्ध गर्न पनि सकिएन । ए गोर्खा फटाफट स्लाद काटेर ल्याउ भन्दै आदेश दिन्छ ! बेटरले स्लाद ल्याएर दिन्छ ।

हेर भाई हामीले खाना पनि खाएका छैनौँ खाना पकाएर ल्याईदेउ भन्दै आदेश दिन्छ । गिलासमा रक्सि हाल्दै हामीले खाना यतै खाने हो बुझिस् भन्दै अलि चर्को बोल्छ ।

सर हामीलाई होटेल बन्द गर्ने आदेश छ अनि तरकारी पनि केहि छैन ! बेटरले बडो सम्मान पुर्वक बिनम्र भएर भन्छ ।

छैन भने बना हामीले त खाएरै जाने हौँ भन्दै धमकाउँछ । को कराउस् यिनिहरुसँग खाना पकाएर ख्वाउँ जान्छन् भन्दै आपसमा कुरा गर्छन । खाना पकाउँछन् ।

उता टेबुलमा रक्सिका गिलास खालि हुन्न पिएकै छन् । आरामसँग गफ गर्दै रक्सि धोक्दै छन् । बहादुर बहादुर लगा खान भन्छ उनै मध्य एकजनाले !

उसको जिब्रो राम्ररी लागेको पनि छैन । नशामा धुत छ, आँखा राताराता भएका छन् । एका तिर धनको मात अर्को तिर मदिराको मात यो बेला उनीहरुले जे पनि गर्न सक्छन् ।

गोर्खे यो मेच साफ गर ! भन्दै मेचमा भएको गन्दगि देखाउँछ त्यहाँ रक्सि पोखिएको थियो अर्कोले । बेटरले केहि नबोली मेचमा कपडा मार्छ, खाना लगाई दिन्छन् तर उनीहरुले अँझै रक्सि धोकेकै छन् । रात बित्दै गयो बाहिर भुस्या कुकुरहरु बाहेक कोई छैन सुनसान छ ।

अबेरसम्म गफ गर्दा टेबुलमा राखेका रोटी चिसा हुन्छन् ।

बहादुर यो रोटी लिएर जा अनि ताता रोटी लिएर आईज ! भन्दै रोटी सरकाउँ छ । एक दुई पल्ट त उनीहरुले जनतन रोटी तातो गरेर दिन्छन् । पछि उनको तन्दुर पनि सेलाउँछ । त्यो बेला साना तिना होटेलहरुमा ग्यास राख्ने चलन थिएन । खाना भट्टिमा वा तन्दुरमा रोटी लागाउँथे ।

सर हाम्रो तन्दुर बुझि सक्यो अब रोटी लाग्दैन ! रोटी कसरी तताउँ ? बेटरले भन्छन् ।

म.म.मलाई थाहा छैन हामीलाई त ताता रोटी चाहिन्छन् ! उनीहरु सबैले भन्छन् ।

सर.सर ! के भनिस भन्दै बेटरलाई बोल्नै दिदैनन् अनि ढेकल्छ । म कसरी रोटी तताउँ भन्दै गनगन गर्छ, त्यो कुर्चिबाट जुरुक्कै उठेर बेटरको नजिक धङधङ गर्दै गएर एक थप्ड लगाउँछ ।

बेटरले केहि भन्दैन उनीहरुले बेटरलाई छोपेर हात बान्दिन्छन् अनि नजिकै उभ्याएको टेक्टरमा बानेर उसलाई लतार्छन । बेटर रुन्छ गिडगिडाउँछ तर निर्दयी राक्षेशहरुले उसलाई प्राण नजाँदासम्म लतार्छन् ।

अनि बोरीमा हालेर जँगलमा फ्याकछन् । रातिको समय आफ्नो मनमर्जी गर्छन् । बाताबरण शुन्य हुन्छ राक्षेशहरुले धनको र सत्ताको मातमा एउटा निर्दोष असाह्य मजदुरको अमानबिय र निर्मम हत्या गर्छन् ।

प्रवासमा नेपाली मजदुरको आवाज कसले सुन्ने उनको अबिभावक भन्ने कोहि छैन । धनीलाई जति गोर्खालीलाई मार्न सजिलो हुन्छ, त्यती पाल्तु जनावर मार्न सजिलो छैन । यो मुद्धालाई नेपाली एकता समाजले उठाउँछ तर सत्ताको धन र मातमा एकता समाज समेतलाई धम्काउँछ । मुद्धा अदालतमा पुग्छ एकता समाजका कार्याकर्ताहरुलाई दिनानुदिन धम्कि दिनेकाम गर्छन् ।

निडर निस्वार्थ लडेको लडाईले एकदिन बिजय हासिल गर्छ । त्यो बेटरलाई त जिवत गर्न सकिदैन तर पिडितहरुको पक्षमा फैसला आउँछ । त्यो राक्षेशलाई सजाए र पिडितलाई मुवाजा दिलाउँने काम समाजले गर्छ ।

छिमेकमा आफ्ना सन्तान कुकुर बिराला झैँ मरेकाछन् तर देश भित्र सरकार कुर्चि खोसा खोसमा तल्लिन छन् । के यो संसारलाई देखाएको तमासा होईन ? मणिले आफ्नो कथा यहि प्रश्नका साथ टुङ्गाउँछ ।

जुवा

के भाको छ र यिनलाई ? आनन्दले कम्बल कारखानाको लेबेरसँग सोध छन् ।

खै बेथा लागेको जस्तो छ हिंजोदेखि बिमारी छन् । कारखानामा काम गर्ने एउटा कर्मचारीले भन्छ । वास्तबमा के भएको हो पक्का हामीलाई पनि जानकारी छैन । उनको लोग्ने पनि देख्दैन कता गएछन् उसले थप्छ ।

क्वाटर कम्पनीको गेटको नजिकै छ बिना दैलाको बोरीको पर्दा बनाएर लगाएका थिए ।

भित्र महिला पिडाले छटपटाइ रहेकी थिइन् । अलि बडि नै बिमार भएको भान हुनथ्यो ।

धेरै बिसञ्चो छ हजुरलाई ? आनन्दले त्यो बोरीको पर्दा हटाउँदै सोध्छ ।

खै कुन्नि हिँजोबाट पेट दुखेको छ ! रीमाले बल्ल बल्ल भन्छिन् ।

अनि रामु दाई कता जानु भएको छ त ? आनन्दले बुझ्न खोज्छ ।

हिँजो बिहानै माडलटाउँन तिर जान्छु भनेर जानु भएको हो, खै म मरे पछि फर्किनु हुन्छ कि ! उनी भाबुक हुँन्छिन् । उनको आँखाबाट आँसु बर्षिन्छ ।

भयो नरुनुस् हजुरलाई सञ्चो छैन म डाक्टरकोमा लैजाउँला ! आनन्दले उनलाई सम्झाउँछ ।

जानु हुन्छ डाक्टरकोमा ? उसले सोध छ । रिमा केहि बोल्दिन ।

यो एउटा कम्बल बनाउँने कारखाना हो । जहाँ रामुले बर्षदिनदेखि चौकिदारी गर्थे । आनन्द पहिले एक पटक चन्दा काट्न आएको थियो र त्यो बेला यहाँ अलि धेरै नेपाली कामदारहरु थिए । उनीहरुलाई जुटाएर यहि रामुको क्वाटरमा कलास बसेको थियो । त्यसकारणले आनन्दलाई यहाँ सबैले चिनेका थिए । संयोग बस आज पनि आनन्द नगर सम्मेलनको चन्दा र अपिल बोकेर आएको थियो । साथै एक जना स्वदेश जान थालेकाले घरमा पैसा पठाउँन भनि लिएको त्यो पनि पन्ध्र सय खोल्टि मै थियो ।

प्रधान जी यो बैनीलाई लैजाउ डाक्टर कहाँ बिचारी हिंजोदेखि बिमार छ । त्यहाँ काम गर्ने एउटा बिहारीईले भन्छ । यहि बेला त हो समाज काम लाग्ने लिएर अस्पताल जाउँ धर्म लाग्छ भनेर अर्कोले भन्छ ।

रामुको कुनै अत्तोपत्तो पनि छैन, त्यति कै छोड्दा अबस्था अलि नाजुक नै थियो । त्यहाँ काम गर्ने बिहारीको छोरीलाई सँगै लिएर एउटा रिक्सामा रीमालाई बसालेर “पुष्पा नर्सिंगहोम” लिएर जान्छ । त्यो महिलाहरुको डिलेवरी गराउँने भरपर्दो ठाउँ हो त्यो बेलाको ।

को हो यो तिम्रो ? तिमिहरुलाई थोरै पनि चिन्ता छैन ? यो महिलालाई तिन दिनदेखि प्रसब पिडा भएको रैछ अनि अस्पताल किन ल्याएनौँ ? भन्दै डाक्टर जर्किन्छीन ।

हामीलाई थाहा भएन, यो हाम्रो अलि टाडाको बैना हुन् भन्दै आनन्दले सम्झाउँछ ।

अनि यसको लोग्ने कहाँ छ त ? उनले सोधछिन् । उनी कामले बाहिर गएका रै छन् । आनन्दले भन्छ ।

उसले फटाफट वार्डमा लिएर आफ्नो कार्य शुरु गर्छे, केहि बेर पछि नै रीमाले एउटा सुन्दर छोरा जन्माउँ छिन् । उनको यो पहिलो बच्चा थियो ।

दिउँसो तिर तिमिहरुले लान चाहे लान सक्छौ । जच्चाबच्चा बिल्कुल ठिकछन् । भन्दै डाक्टरनिले बिल थमाई दिन्छिन् ।

त्यतीबेला पनि साडे चार सौ रुपिया त्यहिं दिनु पर्यो । बिलको पैमेट गरेर उनलाई लिएर क्वाटरमा पुग्छ । डाक्टरनीले हल्का खाना मुङको दाल र रोटी दिनु भनेकि छिन् तर घरमा रित्ता डिब्बा बाहेक केहि छैन । आनन्दले उनलाई घर छोडेर प्रचुनको दोकानमा जान्छ र पाँच किलो आटा, एक किलो दाल, एक लिटर तोरीको तेल लिएर एउटा दुधको पोका लिएर जान्छ ।

रीमाले दुई दिनबाट केहि नखाएको बताईन् । बिहारीको छोरीलाई रोटी बनाएर खुवान भन्छ र आनन्द स्कुटर लिएर माडलटाउँन तिर लाग्छ । साँझ झमक्कै परेको थियो । रामुलाई खोज्न हिँड्छ । आनन्दलाई उनीहरुको अड्डा पनि थाहा थियो जहाँ बसेर उनीहरु तास खेल्छन् । बाहिरबाट दरबाजा खटखट पार्छ । अनि आवाज बदल्दै खोल त दर्वाजा मलाई पनि मिसाओ एक छिन् भन्दै आवाज लगाउँछ ।

खोल्दे उ पनि खेल्नै आएको हो । एउटाले अर्कालाई भन्छ एकछिन् पछि दैलो खुल्छ । त्यहाँ रक्सिको बोतल अनि जुवा खुबै चलेको थियो दैलो खुल्दा बित्तिकै रामु बाहिर आईज ! भनेर आनन्द रिसले थर्किन्छ ।

के म मात्रै खेलेको छुर तास अरु पनि त छन् । रामुले डराईडराई भन्छ । उतिबेला ज्वाडे र जँड्याहरु एकता समाजसँग डराउँथे ।

रामु छिट्टै बाहिर निस्के तँलाई थाहा छ तेरो स्वास्नी मरेको ? आनन्दको कुराले उसको नशा उत्रिन्छ, उडाराउँ छ । बिमारी स्वास्नीलाई छाडेर यहाँ तास खेल्दा तिमलाई लाज लागेन । तिमिलाई पुलिसले खोजेकोछ बस भन्दै स्कुटर स्टार्ट गर्छ । अरु पनि यताउता खिस्किन्छन् । रामु थरथर काँपेको थियो । आनन्दले रामुलाई लिएर क्वाटरमा आईपुग्छ भित्र आमा र छोरा चारपाईमा सुतेको देखेपछि रामुका आँखाबाट आँशु बग्छ । उ भाबुक हुन्छ ।

दुई हात जोडेर क्षमा माग्छ आनन्द जि हजुर मेरो लागि भगवान भन्दा कम हुनुहुँदैन, मलाई माफ गर्नुस् मैले हजुरलाई चिन्न सकेको रैनछु ।

आनन्दले ५०० रुपियाँको बिल दिन्छ, मैले भोली मालिक आएपछि माग्छु भन्दै अनुरोध गर्छ । तिमिले मलाई भोलीनै दिनु पर्दैन यिनिहरुको रेखदेख गर, अनि जुवा र रक्सि छाडे मलाई केहि सम्मान गर्छौ भने यो गलत बानी त्यागे भन्दै बिदा लिन्छ । रामुले आजदेखि रक्सिर जुवा त्यागेको भन्दै आफ्नो कान छोप्छ ।

अनि आनन्द आफ्नो गनतब्य तिर लाग्छ ।

राजनीति

ठुला घरे बिचारीले कति जानेका छन् राजनीति गर्न ! पिपल बोटेले आफ्ना छोराहरुलाई सम्झाउँदै भन्छन् । मैले चालपाएदेखि यो गाउँमा उनैको चलेको छ, हो त्यस्तो पो त राजनीति गर्ने भनेको । सदा बहार राजनीति, उनले अरु थप्छन् ।

पेटीमा बसेका छोराहरुले बाबाको त्यो कुरा सुनेर कुनै उत्तर दिदैनन् ।

राणा शासन सकिए पछि उनैको हाली मोलाली देख्छु गाउँमा । एकछिन्को मौनतालाई तोड्दै भन्छन् ।

हो उनीहरुको राजनीति त पैशा कमाउँने विज्नेस जस्तै छ, त्यो पनि के राजनीति हो ? कान्छो छोराले मुख बङग्याउँदै भन्छ ।

किन होईन हेर त हिंजो पञ्चायती ब्यबस्थामा उनै पञ्चप्रधान थिए । बहुदल आयो उनै काँग्रेसी भए, देशमा माओवादी जनयुद्ध चर्केको बेला सर्वसाधारणलाई खान तलासी गर्ने अनि माओवादीलाई बास बसालेको भन्दै प्रहरीले छोपेर सास्ति दिन्थ्यो तर बिचारीका घरमा कयौँ पटक माओवादीको जत्था आउँथे पुलिसले सामन्यातः सोधपुछ पनि गरेन । कयौँपल्ट बन्दुक राखेको त मेरै आँखाले देखेका हुन । तर खै कसैले पनि बिचारीहरुको परिवारलाई छुन सकेन । अहिले पनि उनैको चल्याछ होईन भन त ? केटाहो । त्यस्तो पो त राजनीति भनेको होईनर ? उनले एक्लै आफै प्रश्न गर्छन् ।

छोराहरु चुपचाप सुनेका छन् ।

अनि आफै उत्तर दिन्छन् । माओवादी जनयुद्धताका राजधानीमा ठुलै घर बनाए उनीहरुले । माओवादीका कार्यकर्ताहरु भिडन्तमा मारिए तर उनलाई कुनै मतलब भैन । त्यो बिचारीको बगालले मान्छे मारे पनि खत लाग्दैन तिमीहरुले एउटा कुकुर मारेर हेरत सात बर्ष ज्यानमारामा जाक्किन्छौ । उनले अलि चर्केरै भन्छन् ।

होनी बाबा जसको शक्ति उसैको भक्तित छनी प्रचण्डले आफै पाँच हजार सिद्धाएको भने कसले के गर्यो र ? बुढाको कुरा सुनिरहेको जेठो छोराले भन्छ । उनीहरुले त राजनीतिलाई बिजनेश बनाएका छन् सबैले त्यसै गर्न भयो र ? उसले प्रश्न गर्छ ।

बिचरो धनपतिको पनि खसि खाई दिएछन् । हिँजो धुरुधुरु रोएको थियो । बुढाले प्रसङ्ग बदल्दै भन्छन् ।
किन र कसले खाएछ उनको खसि ? पिपल बोटेनीले बुढाको कुरा काट्दै सोध छिन् ।

कस्ले खाने त्यही बिचारीहरुले त हो अरु कसले सक्छ ? बुढाले गर्धन बटारदै उत्तर दिन्छन् । उनीहरुले त हेर केटा हो मैले देखिरहेको छु जे गरे पनि कसैले चुँ गर्दैन । पिपल बोटेले आफ्ना छोराहरु तिर हेर्दै भन्छन् ।

कयौँ आफ्ना बिरोधीहरुलाई माओवादीको सुराकी भन्दै पिटाउँदै कयौँलाई जेल चलानसम्म गराए यिनैले । त्यो फुर्सेको बाबा त हजुरको साथी हुनरेनी हो ? यति बेर कुरा सुनिरहेको सानो नातिले सोध्छ ।

हो, हामीले प्राईमरी विद्यालयमा सँगसँगै पास गरेका हौँ । त्यो सानैबाट फटाह चत्तुर थियो । उसले नातितिर हेर्दै भन्छ ।

बाबा चत्तुर के हुन्छ ? त्यो सानो नातिले आफ्नो बाजेको आँखामा हेर्दै भन्छ ।

के हुने ठग्न जानेको हेराफेरी गर्ने, चलाखि गर्ने ढाँट्ने यस्तैयस्तै बिचारी जस्तै बानी ब्यहोरा भएकोलाई भन्छन् बाबु चत्तुर ! बुढाले नातीलाई स्नेहपुर्वक हेर्दै भन्छन् ।

त्यो सबै काम राम्रो होत बाबा ? म ठुलो भएपछि चत्तुर बन्छु है ! नातिले नबुझी नबुझी भोला जस्तै भएर भन्छ ।

होईन, त्यस्तो हुनुहुँदैन गलत हो । खराब बानि हो तिमि त असल मान्छे बन्नु पर्छ । अब यस्तो नभने है । बुढाले नातीलाई सम्झाउँछन् ।

हजुरले फेरी मेरा बाबाहरुलाई किन त्यो बिचारी जस्तै बन्नु पर्छ भन्नु भयको त ? नातीले भोलापन देखाउँछ । मैले त मेरो सानो नाती बाबुले के भन्ने रैछ भनेर पो ठट्टा गरेको हुनी । अलिबेर शान्त बाताबरणलाई तोड्दै बाजेले भन्छन् ।

बाबा के राजनीति गर्ने राम्रो काम होईन ? बाबुले फेरी बाजेको आँखामा आँखा जुदाउँदै सोध्छ ।

राजनीति एउटा हथियार हो, त्यो राम्रो मान्छेको हातमा गयो भने नराम्रोलाई नस्ट गर्छ यदी नराम्रो मान्छेको हातमा गयो भने राम्रा मान्छेहरुलाई नष्ट गर्छ । राजनीतिक राम्रो र नराम्रो उसको नीति र ब्यबहारले निर्धारित गर्छ । जस्तो मेरो नाती असल ब्यक्ति हो अनि मेरो नातिको हातमा गयो भने, खराबलाई नष्ट गर्छु । बाजेको कुरा बिचैमा काटेर आफै भन्छ ।

छोराहरु आ–आफ्ना काममा लाग्छन् ।

लावारिस

आज कामबाट फर्किँदा मुनकको प्रहरी कार्यालयमा एउटा सानो दश बाह्र बर्षको बच्चा देख्यौँ । पुलिसहरुले गस्त लगाउँदा लावारिस अबस्थामा फेला पारेर ल्याएका रैछन् । बेटर पार्टिका एकजना ठेकेदारले बताए ।
के नेपाली रैछन् उनी ? मणिले आश्चर्य चकित हुँदै सोधे ।

हजुर उनी नेपाली त हुन् तर आफ्नो घर गाउँ केहि थाहा छैन चार पाँच बर्षबाट आफ्नतीसँग हराएका रैछन् । ठेकेदारले बिस्तार पुर्वक भने ।

उनले बिवाहमा बेटर पार्टीको काम गर्ने ठेक्का लिन्थे तर सामाजिक कार्यकर्ता पनि हुन् । यो धेरै पहिले सन १९९१ तिरको कुरा हो । समाज सेवक भएकै नाताले पनि यस्ता केशहरुलाई सोधपुछ गर्ने गर्थे ।

सबैले सल्ला गरेर एकजना साथीलाई त्यो पुलिसको चौकिमा उक्त केटाको बारेमा पत्ता गर्न पठाए । उनले सबै बिबरण ल्याए केहि दिन पछि उसलाई यहाँबाट अन्तै पठाई दिने भन्ने कुरा पनि चलेको जानकारि गराए ।

सामाजिक कार्यकर्ताहरुको तुरुन्तै मिटिङ बस्छ र त्यो बाबुलाई समाजले आफ्नो शंरक्षणमा लिने र उसको आफन्तिको खोज तलास गर्ने निर्णय अनुसार केहि साथीहरुलाई पठाएर लिखित रुपमा त्यो बच्चालाई आफ्नो शंरक्षणमा लिन्छन् । उनको फोटा खिचेर नेपाल र भारतका सबै जिल्लाहरुमा पठाउँने अखबारमा प्रकाशन गर्ने काम गर्छन्, हिन्दी नेपाली पत्रिकाहरुमा तर पनि कतै पत्ता भने लाग्दैन ।

उसको बानि ब्यहोरा अत्यान्तै बिग्रेको हुन्छ, छिल्लेको अशिक्षित अबस्थामा भनौं एउटा अनाथ बच्चा भौँतारिँदै ठोक्कर खाँदाखाँदै उ पनि उसतै बनेको हुन्छ । उसले गाली बिना कुरै नगर्ने अनि जहाँ गएपनि नराम्रा हर्कत गर्ने गर्यो । समय बित्दै गयो ठेकाना उसले भन्दैन ।

बाबु तिम्रो नाम केहो ? मणिले बडो स्नेहपुर्वक सोध्छ ! महिन्द्र नगर झिलमिला भन्छन् नि हो तेँही हो ! उसले भन्छ । अनि तिम्रो बुबाको नाम भन त ? चन्द्र बहादुर भन्छन् मेरो बाबालाई ! उसले यो बाहेक केहि जान्दैन । बेला बेलामा सोध्दा खेरीको अड्रेश बनाएर त्यो ठेकानामा मणिहरुले एउटा पत्र बाउको नाममा लेखि रजिस्टर पठाए । केटाको हुलिया तस्विर समेत राखेर पठाई दिए । उतिबेला आजको जस्तो मोवाईलको वा फोनको सुबिधा थिएन, जो जति फोनको थियो, त्यो पनि अलि हुनेखानेको घरमा मात्र सिमित थियो ।

मणिहरुलाई आशा त्यो बेला कत्ति थिएन, पत्र हात लाग्छ भन्ने किन कि ठेगाना पनि पुरा थिएन, तर त्यो पत्र स्वयं केटका बाबा कै हतमा परेछ । केहि महिना त्यो बाबुलाई समाजिक रेखदेखमा राखेर शिकाउँने सम्झाउँने र उसका अभिभावकलाई खोज्ने काम गरे ।

पत्र पाएको अर्कैदिन त्यो मदनका बाबा नेपालबाट भारतका लागि रवाना भएछन् । उनी मणिहरुले पठाएको पत्रमा प्रेषकको ठेकानामा पन्ध्र दिनका दिन आईपुगे ।

उनले छोरालाई देखेपछि भाबुक हुन्छन् । अँगालोमा बेर्छन रुन्छन् । आफ्नो औलादको कसलाई मायाँ लाग्दैन र । त्यो बाबुको नाम मदन बहादुर थापा नै रैछ । यो घटना १४ डिसेम्बर १९९१ को त्यो दिन आई पुगेपछि उनको हवाला गरिएका थिए ।

सरहरु हजुरहरु नभएको भए हामीले त छोराको आशा नै छाडेका थियौँ । उनले दुबै हात जोडेर भाबुक हुँदै भन्छन् ! आ्खामा आँसु थियो र खुसिको त्यो पल उनले स्वर्गको अनुभुति गर्दै थिए ।

मणि लगाएत सबै सामाजिक कार्यकर्ताको उपस्थितिमा उनलाई बिदाई गर्दै सोध्छन् ! किराया भाडा छ कि छैन ?

हजुर मलाई अरु सर्मिन्दा नगर्नुहोस् हजुरहरुको यो उपकार मैले कहिल्यई बिर्शिने छैन, भन्दै बिदाई लिन्छन् ।

त्यो बाबुसँग सामाजिक साथीहरुको यति लगाव वा आत्मियता भैसकेको थियो कि उसलाई बिदा गर्दा धेरैका आँखा रसाएका थिए त्यो बेला । आखिर एकता समाज नभएको भए के त्यो बाबालाई उनको छोरा हात लाग्थ्यो ? यहि प्रश्नले आज पनि मणिको मन मष्तिकमा घर गरेको छ । सन १९७९ देखि नियमित यस्तै अलपत्र परेका बेसहारा, लावारिसहरुको वारिस बनेर जीवन बिताएका धेरै समाज सेबक भारतमा हुनुहुन्छ, आज पनि ।

तर बिडम्बना भनौ अहिलेसम्म उनीहरु कसैले सम्पर्क गरेनन् । गर्न चाहेनन् वा उनीहरुको कुनै समस्या भयो यसै भन्न गारो छ । जे होस् समाज र सामाजिक कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी बहन गर्दै आएका छन् आज पनि ।

चौकिदार

कता हिँड्यौ त माईली ? मणिले बजार तिर जाँन थालेका माईली लगायतका महिली लाई सोध्छ ।

उ फर्किदै थियो भने उनीहरु जाँदै थिए । कँहि होईन दाई हामी त्यहाँ एउटी महिला बिमार छिन् अरे हेर्न जाँदैछौँ ! भन्दै उनीहरु अगाडि बढ्छन् । संख्यामा तिन चारवटी महिलाहरु थिए मणि ओल्लो किनारा उनीहरु पल्लो सड्कको किनारा भएकाले त्यती राम्ररी उनले भनेको कुरा बुझिदैन एक त मोटरहरुको घुईँघुँई र टेँटेँ अर्को तर्फ बतासले भुमोरी मार्दै हुरी चलेको थियो ! बाटामा खासै कुरा पनि हुन सकिन । मात्र कसैलाई भेट्न जान्छम भन्ने सुनियो ।

कान्छिलाई डाक्टरले यहाँ ठिक हुँदैन अन्त लैजा भनेर जवाफ दिए पछि कान्छाले बाहिर सड्कको नजिकै एउटा बन्द दोकानको पेटीमा लिएर बसालेको र आफु नजिकै बजारमा जहाँ आफुले चौकिदारी गर्दथ्यो त्यहाँ केहि पैसा दिन्छन्की दोकानदारहरुले भनेर गएको रैछ । कान्छि असहनिय पिडामा एउटी छोरीसँग बसेकी थिईन् । माईलीहरु उसैको हालचाल सोध्न गएका थिए । परदेशको ठाउँ भैन भनेर बिमारीको कहरले उनलाई आहाल बनाएको थियो ।

हुन पनि बिमारीले सोधेर पो कहिले आउँथ्यो र । रुपियाँ पनि ठिक्क खान पुग्ने जसबाट जम्मा पनि हुन सक्दैनथ्यो ।

उता कान्छाले आफुले काम गर्ने त्यो बजारमा दोकानदारहरुसँग पैसा माग्दै थिए । कान्छाले यहाँ रातीमा चौकिदारी गर्थे, जहान बिमारी भए पछि एकदिन उनी डिप्टीमा नजाँदा उनलाई धेरै कुरा सुन्न परेको थियो । मुस्किलले पाँच छ हजार ति दोकानहरुबाट उठ्थ्यो, महिना भरि काम गरेर । केहि दिन पहिले पछिल्लो तलब उनले बुजि सकेका थिए ।

सर जी मेरो जहान बिमार छे मलाई थोरै पैसा दिनुस् ऋिण म आउँने मैनामा माग्दिन भन्दै हात जोडेर बिन्ति गर्छन् तर उनीहरुले केहि न केही बहाना बनाएर तर्काउँछन् ।

चौकीदार काम गर्ने हो भने ठिकसँग गर नत्र हामी अर्को मान्छे पाउँछौँ ! भन्दै उल्टाले कान्छालाई हप्काउँछन् ।

मुस्किलले दुई सए रुपियाँ उठ्छ । उसलाई आफ्नो स्वास्नीको चिन्ताले सताएको छ । घरमा स–साना चार बहिनी छोरीहरु छन् । छोराको लोभमा छोरीहरुको संख्या बढ्दै गयो छोरा भने जन्मिएन । केही दिन देखिनै बिमारीले गर्दा उ बिचरो धेरै दुखि थियो ।

सर जी मलाई केहि पैसा दिनुस् मेरो जहान सिकिस्त बिमार छे भन्दै गिडगिडाउँछ तर उनीहरुलाई खासै असर पर्दैन । रात पर्न थाल्यो कान्छा फर्केर आफ्नो स्वास्नी र छोरीलाई बसालेर आएको ठाउँमा फर्किन्छ । त्यहाँ माईली लगाएत केहि महिलाहरु बसेको देख्दा उ भाबुक हुन्छ । डाक्टरले अन्त लैजा भनेर जवाफ दियो अब कता लगौँ पैसा पनि छैन, भन्दै मलिनो हुन्छ । केही छैन दाई तपाईले चिन्ता नलिनुस हामी पनि केही गरौँला भन्दै माईलीले हौसला दिन्छिन् ।

माईली समाजिक कार्यकर्ता हुन् महिलाहरूले तुरुन्तै सल्हा गरेर छिट्टै अर्को डाक्टर कहाँ पुराउँ छन् । कान्छिका दुबै तिरको फोक्साले काम गर्न छोडेको थियो उनलाई टीबीको रोग लागेको धेरै भएको रैछ । सामान्य उपचार गराउँने अनि दुख्न छाडेपछि औषधी बन्द गर्ने जस्तो लाप्रवाहीले आज बिमारी अलि जटिल नै भयो । त्यो बेला टिबी पनि एउटा भयंकर बिमारी मध्यको मानिन्थ्यो ।

डाक्टरले सबै जाँच पट्ताल गरेर औषधीको प्रची दिन्छ । पहिलो खेपमा धेरै पैसा लागि सक्यो । कान्छासँग त कत्ती पनि पैसा छैन, बिचारो कता जाने माईलीहरुले नै पैसा खर्च गर्छन् ।

उनका स–साना छोरीहरुको मुख हेरे भए पनि यो महिलालाई ठिक गर्न पुरै जोड लगाउँछन् । डाक्टरले फोक्सामा ट्युब चडाउँन पर्छ भन्छन् त्यसको लागि अर्को अस्पत्तालमा पठाई दिन्छ । उसको फोक्सामा ट्युब चडाएपछि मात्र उनलाई केहि आराम मिल्न थाल्छ । स्वास्थ्यमा बिस्तारै सुधार हुँदै जान्छ । महिलाहरुले चन्दा काट्न थाल्छन् । पैसा दिनानु दिन हजरौँको संख्यामा खर्च हुन्छ । आखिर यो घटनाले महिला संघलाई ठुलो शिक्षा पनि मिल्छ । जुनप्रकारको अबस्था श्रृजित हुन्छ, त्यो अत्यान्तै भयंकर बन्दछ । त्यो बेलामा पनि बिसौं हजार खर्च भैसक्यो चन्दाले नपुगेर माईलीले आफ्नो गहना समेतलाई दोकानमा दिएर औषधी ल्याई दिन्छिन् । यो आफैमा एउटा हृदय बिदारक घट्ना थियो । महिलाहरुले आफ्नो लोग्नेहरु समेतसँग झग्डा गरेर भएपनि त्यो बेला कान्छिको उपचार गर्छन् ।

अस्पतालमा डिप्टी लगाएर कुर्ने, अनि दिउसोमा चन्दा संकलन गर्ने र कान्छीका ति स–साना छोरीहरुको हेरदेख गर्ने सबै जसोकाम महिला समितिले गर्यो । भनिन्छ संघर्षको परिणाम राम्रो हुन्छ, आखिरकार महिलाको दोश्रो पल्टको ट्युब चडाएपछि निको भयो । उनी आफ्ना छोरीहरुलाई ठुला ठुला हुँदासम्म बाँचिन तर अलि बर्ष पछि उनको मृत्यु भयो । प्रवासमा संगठन बिना बाँच्न कति गाह्रो छ भन्ने बारे यो घटनाले पनि प्रष्ट पारेको छ । आज कान्छा र कान्छि दुबै हाम्रो माझमा जिवित छैनन् तर पनि यो घटनाबाट प्रेणा मिलि रहेने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार