स्वदेश फर्किन हतार नगरौं : रजाली

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिले आफ्नो क्षेत्र अन्तर्गतका विभिन्न शहरहरुबाट स्वदेश फर्किन हतार नगर्न अनुरोध गरेको छ । समितिका अध्यक्ष वेल बहादुर रजालीले ८ अप्रेल बुधबारका दिन एक प्रेस विज्ञप्ती जारि गरि क्षेत्र अन्तर्गतका सम्पूर्ण नेपालीहरुलाई नआत्तिन र धैर्यतापूर्वक बाताबरण हेरेर मात्रै स्वदेश फर्किन अनुरोध गरिएको छ ।

लकडाउनको कारणले आम नेपाली जनसमुदायमा धैर्यताका साथ जहाँ जे जस्तो अवस्थामा हुनुन्छ, त्यहीं रहन रजालीले विज्ञप्ती मार्फत अनुरोध गर्नु भएको छ । कहीं कतै समस्या समस्या परेको अवस्थामा सम्बन्धित नगरलाई आफ्नो स्तरमा या विभिन्न सरोकार वाला निकाय तथा स्थानीय प्रशासनसँग सहकार्य गरी जहाँ जसरी जे सम्भव हुन्छ सहयोग गर्न समेत आफ्ना कार्यकर्ताहरुलाई विज्ञप्ती मार्फत निर्देशन गरिएको छ ।

प्रस्तुत छ, प्रेस विज्ञप्ती :

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको सचिवालयको बैठक दिनांक ७ अप्रैल २०२० का दिन अध्यक्ष बेल बहादुर रजालीको अध्यक्षता र केन्द्रीय सचिव ठाकुर खनालको विशेष उपस्थिति साथै उपलब्ध क्षेत्रीय सदस्यहरु समेतको सहभागीतामा बस्यो । बैठकमा अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (COVID- 19) ले आम नेपाली दाजु भाई तथा दिदी बहिनी भित्र पर्न गइरहेको असहज परिस्थिति बारे गम्भीर रूपमा छलफल गरिएको छ ।

(१) अहिले लकडाउनको कारणले गर्दा आम नेपाली जनसमुदायमा धैर्यताका साथ जहाँ जे जस्तो अवस्थामा हुनुन्छ, त्यहीं रहन अनुरोध गर्दछौं । यदि कहीं कतै कुनै प्रकारको समस्या देखिएमा सम्बन्धित नगरलाई आफ्नो स्तरमा या विभिन्न सरोकार वाला निकाय, स्थानीय प्रशासनसँग सहकार्य गरी जहाँ जसरी जे सम्भव हुन्छ सहयोग गर्न निर्देशन गर्दछौं । हाम्रा सम्पूर्ण तह र तप्काका कार्यकर्ताहरुलाई पनि सोही निर्देशन गर्दछौं । संकटको यो घड़ीमा सबैलाई धैर्यतापूर्वक रहन र समस्यामा एक अर्कालाई सहयोग गर्न हामी आम जनसमुदायसँग पनि हार्दिक अपील गर्दछौं ।

(२) यतिबेला कतिपय नेपालीहरु लकडाउन खुल्नासाथ नेपाल जाने तरखरमा रहेको सूचना प्राप्त भइरहेका छन् । लकडाउन खुल्ना साथ ठुलो संख्यामा रेल्वे स्टेशन वा बस अड्डाहरुमा मानिसको ओइरो लाग्ने सम्भावना बढ़ी देखिएको छ । लकडाउन खुल्ने बित्तिकै नेपाल जान लाग्यौं भने त्यो घातक साबित हुन सक्छ । त्यस कारण लकडाउन खुले पश्चात पनि थोरैमा १५ देखी २० दिनसम्म कतै यात्रा नगर्न अनुरोध गर्दछौं । लकडाउन खुले पश्चात परिस्थितिले कस्तो रुप लिन्छ, त्यो हेरेर मात्र नेपाल जाने कार्यक्रम मिलाउँदा राम्रो हुनेछ ।

(३) अहिलेको अवस्थामा नेपाल सरकार, भारत सरकार तथा हाम्रो सङ्गठनले पनि जारी गरेको निर्देशन र डाक्टरहरुले दिंदै आएको सर सल्लाहलाई पालना गर्दै बाहिरी हल्ला र अफवाहको पछि नलाग्न अनुरोध गर्दछौं ।

(४) सीमानामा अलपत्र परी विभिन्न किसिमका समस्या भोगिरहेका नेपालीहरुको उचित व्यवस्थापन गर्न पनि नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार