स्वर्गद्वारी-९ मा राजमोको वडा भेला

शिव पन्थी, प्यूठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ९ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले खिमानन्द योगीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष छबिलाल ठेडी, सचिव डोरबहादुर पुन, कोषाध्यक्ष मान बहादुर थापा तथा सदस्यहरूमा विष्णु घर्ती, टेक बहादुर कुँवर, पुनाराम घर्ती, गुञ्ज बहादुर र नरेन्द्र थापा रहनुभएको छ । हस्त बहादुरलाई सल्लाहकार चयन गरिएको छ भने एक स्थान रिक्त राखिएको छ ।

मानबहादुर थापाको अध्यक्षता, डोर बहादुर पुनको सञ्चालन तथा छबिलाल ठेडीको स्वागतबाट अगाडि बढेको सो भेलामा राजमो जिल्ला उपाध्यक्ष, ईमान सिंह खड्का, जिल्ला सदस्य गिर बहादुर गुरुङ्ग र इन्द्र बहादुर खड्का ले शुभकामना दिनु भएको थियो ।

नवनिर्वाचित समितिलाई अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सचिव घन बहादुर जिएमले बधाई दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार