स्वाभिमानी कोरोना

  • रेशमी पुन मगर

मैले सुनेको कोरोना भाइरस
अत्यन्तै स्वाभिमानी छ
आत्म सम्मानले भरिएको छरे
उ आफै आउँदैन
कित उसलाई बाहिर गएर
बोलाएर घर ल्याउनु पर्छ,
या त उसलाई घरमा आउने
अनुमति दिनु पर्छ
अनि मात्रै आउँछ
अनुमति नदिई कन उ आउँदैन
किन कि उ आफै स्वाभिमानी छ
या त उसलाई आफै गएर
निम्ता दिएर आउनु पर्यो
या त उसलाई आफैले लिएर
आउनु पर्यो बल्ल आउँछ ।
निम्तो दिइएन भने,
बोलाइएन भने उ आफै आउँदैन
आहा कति स्वाभिमानि कोरोना भाइरस ।

सबैलाई बारम्बर हात धुन
सिकाएको छ,
सुन्दै नसुनेको औषधि
हातमा दल्न सिएको छ,
डुङडुङति गन्हाउनेहरुलाई पनि
सफाईको महत्व सिकाएको छ
संधै काम काम भन्नेहरुलाई
फूर्सदै फूर्सद दिएको छ
जति सक्रिय हुने आफै भएको छ
तर मानव समाजलाई
फूर्सदै फूर्सद दिएको छ ।
आफूले दुःख पाएर पनि
अरुलाई आराम दिएको छ
आहा कति स्वाभिमानि कोरोना भाइरस ।

आत्म सम्मानले भरिएको उसलाई
आउन नदिन
उसलाई बाहिर गएर नबोलाऔं
घरमा आउने अनुमति नदिऔं
अनुमति नदिई कन उ आउँदैन
किन कि उ आफै स्वाभिमानी छ
उसलाई आफै गएर निम्ता नदिऔं
उसलाई आफैले लिएर नआऔं ।
त्यसो नगरे उ आफै आउँदैन,
किन की,
मैले सुनेको कोरोना भाइरस
अत्यन्तै स्वाभिमानी छ
आत्म सम्मानले भरिएको छरे
उ आफै आउँदैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार