स्वार्थ र कुर्चीको होडमा प्रम ओलीले संसद विघटन गरेका हुन् : पौडेल

  • तिलक राना,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले व्यक्तिगत स्वार्थ र कुर्चीको होडमा केपी ओलीद्वारा संसद विघटन गरिएको बताउनु भएको छ । केपी ओलीद्वारा बिघटित संसदको घोर भ्रत्सर्ना र निंदा गर्दै बिघटित संसद पुनस्र्थापनाको लागि सम्पूर्ण गणतन्त्रवादीहरु आन्दोलन उत्रनु पर्ने बताउनु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको विरोध गरौं ! संघीयता र भ्रष्टचारको विरुद्ध संघर्ष गरौं !!” भन्ने मूल नाराका साथ बृहत रुपमा सम्पन्न सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पौडेलले स्वदेशमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेका कार्यक्रमहरुलाई निर्णायक बिन्दुमा पुर्याउनका निम्ति मूल प्रवाह एकता समाजले ऐकवद्धता प्रकट गर्दै आइरहेको बताउनु भयो ।

“जनताको बलिदानी पूर्ण रगत–पसिना बगाए प्राप्त भएको गणतन्त्रलाई सत्ताधारी पार्टीहरुको गलत क्रियाकलापका कारण प्रतिगमन तीर लैजाने कुचेष्टा गरिएको छ ।” पौडेलले अगाडि भन्नु भयो– “देशमा संघीयताको नाममा चरमप्रकारको भ्रष्टाचार भैरहेकोले यसको खारेजि गर्नुको विकल्प छैन ।”

उक्त सभा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता क्षेत्रीय सचिव खिम बहादुर बिकको सञ्चालनबाट अगाडि बढेको थियो । ज्ञातअज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणा पश्चात उपस्थित जनमानसलाई क्षेत्रीय सदस्य घनश्याम पौडेलले स्वागत गर्नु भएको थियो भने रक्तिम सांस्कृतिक विभागका कलाकारहरुले जनवादी गीत तथा संगितद्वारा स्वागत गरेका थिए ।

सभामा मूल प्रवाह केन्द्रिय सचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सदस्य राम प्रसाद आचार्य, केन्द्रिय प्रतिनिधि के रतन सिंह, पूर्व क्षेत्रीय अध्यक्ष प्रेम केसीले अतिथि आसान ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार