स्वार्थ र वर्चस्वको टकरावले राष्ट्रलाई प्रतिगमनतिर लैजाने खतराः उपाध्यक्ष कपिल खनाल

  •   
  •  
  •  
  •  
  •  
  •  

295 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

चंडिगढ । नक्कली एकताको धरातलमा टिकेको नेकपा भित्र स्वार्थ र वर्चस्वको टकरावले राष्ट्रलाई प्रतिगमनतिर लैजाने खतरा निम्त्याएको मूलप्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामी गणतन्त्र र राष्ट्रियताको रक्षाको साथ साथै ओली सरकारको अप्रजातान्त्रिक र असम्वैधानिक कदमको विरोध गर्दै, संघीयता भष्टाचार र प्रतिगमनको खतरा विरुद्ध शशक्त आवाज उँठाएर प्रवासबाटै राजमोको ‘गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र प्रतिगमनको खतरा विरुद्ध देशव्यापी रुपमा चलिरहेको आन्दोलनमा आवश्यक्ता परे देशभित्र नै सहभागि हुन तैयार छौ भन्ने खवरदारी गरिरहेको छौ।’

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चीमोत्तर क्षेत्रिय समितिद्धारा सञ्चालित चंडिगढ नगरसमितीको आयोजनामा सम्पन्न १४२ औँ स्तालीन दिवशमा सम्बोधन गर्दै उपाध्यक्ष खनालले देशव्यापी रुपमा भइरहेको राजमोको संघीयता विरुद्धको कार्यक्रम प्रति प्रवासी नेपालीहरुको पनि ऐक्यवद्धता रहेको बताउनु भयो ।

नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता नगर सचिव तेज बहादुर रोकाको सञ्चालन तथा नगर कोषाध्यक्ष किसन खनालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एंव युगदर्शन सम्वाददाता खिमराज चालिसे, सुदुरपश्चीमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, सुदुरपश्चीमोत्तर महिला क्षेत्रीय विभागकि सचिव जुना चालीसे, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षेत्रिय विभागकी सदस्य सिमा खडका, नगर संयोजक माया आचार्य, रक्तिम विभागका शमशेर केसी, जनजाति विभागका थमन थापा, विध्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, विध्यार्थी नगर अध्यक्ष नारायण आचार्य, लगाएत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *