हङकङका नेपालीमाथि ठुलो बज्रपात, आगलागीमा परी सात जनाको मृत्यु, १३ घाइते, दुईको अवस्था अज्ञात

  •   
  •  
  •  
  •  
  •  
  •  

86 जनाले पढ्नु भयो ।

शक्तमान बुढाथोकी, हङकङ ।

हङकङमा आइतबार राति भएको आगलागीको घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ । नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा बच्चाको जन्मदिन मनाउने क्रममा आगलागी हुँदा ७ नेपालीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना गम्भीर छन् । दुई जनाको अवस्था अझै अज्ञात रहेको छ ।

जिरे खुर्सानी रेष्टुरेन्टमा बाग्लुङ समाज हङकङका आजिवन सदस्य युवराज कँडेलका छोरोका जन्म दिन मनाउने क्रममा ठुलो दुर्घटना भएको हो । बच्चाको बर्थडे केक काट्ने बेला पड्काइएको पटका अचानक ठुलो आवाजका साथ पड्केको र बिजुलीको तारमा सट हुन पुगि आगलागी भएको थियो ।

बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन्।

सो आगलागीबाट रेष्टुरेन्ट सन्चालिका बिनिता तामाङ र दुई जना कुकको घटनास्थलमै मृत्यु भएको थियो । युवराज कँडेलका बाउ छोरीको युमातेइ को कोङा अस्पतालमा निधन भएको छ भने युवराज कँडेलका जवाइ राज नेपाल र भान्जाको क्विन एलिजावेथ हस्पिटल यु मा तेइ कोलोनमा निधन भएको छ ।

यस्तै बाग्लुङ समाज हङकङका कार्यसमिति सदस्य कृष्ण कँडेलको परिवारका सबै सदस्य क्विन एलिजावेथ हस्पिटलमा आईसीयूमा उपचाररत हुनुहुन्छ ।

दुर्घटनामा परी युवराज कंडेलकी श्रीमती र कृष्ण कँडेलकी छोरी हराइरहेका छन् । उनीहरुको प्रहरी र स्थानीयले खोजिकार्य जारी राखेका छन् ।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए। हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *