हनुमानगढ़मा मूल प्रवाहको एरिया समिति गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

677 जनाले पढ्नु भयो ।

खिमराज चालिसे

हनुमानगढ़, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हनुमानगढ़ नगर समिति अन्तर्गत जक्सन एरियामा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिव त्रिभुवन भट्टराई र नगर अध्यक्ष मोहन रसालीको विषेश उपस्थितिमा एरिया आयोजित भेलाले ११ सदस्यिय एरिया समिति निर्माण गरेको छ ।

केन्द्रीय उपाध्यक्ष कपिल खनालद्धारा मूल प्रवाहको संगठनात्मक आवश्यकता र महत्वको विषयमा प्रकाशन पार्नुभएको थियो । तत्पश्चात व्यापक छलफल गरि सो भेलाले ११ एरिया संगठन समितिको निर्माण गरेको हो ।

नवनिर्वाचित एरिया समितिमा अध्यक्ष– बेद बहादुर महतारा, उपाध्यक्ष– दिपक जीसी, सचिव– कृष्ण केसी, कोषाध्यक्ष– प्रेम खडका रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ः बिरु गिरी, सरिता गिरी, त्रिभुवन केसी, सुरज केसी, इन्द्र बहादुर भुजेल, नरेन्द्र केसी र सुरज झां रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *