हराएकी महिलालाई खोजी गरौं

जिल्ला दाङ, बंगलाचुली गाउँपालीका ३ कमेरे चौर निवासी इश्वरी प्रसाद कामीकी श्रीमती वर्ष २६ की बसन्ता विक ९ अक्टोबर २०२० तदानुसार २०७७ असौज २३ गतेदेखि लापत्ता भएकी छिन् । उनी सो दिनको विहान अस्पताल जान्छु भनि हिंडेकी तर ३ दिनसम्म पनि आफन्त र घर परिवारसँग सम्पर्कमा नआएको पछि कमेरे पुलीस चौकीमा हराएको निवेदन गरिएको थियो ।

भारतबाट १८ अक्टुबर २०२० का दिन माईत फोन गरि आफूले विवाह गरेको र आफ्नो बारेमा कुनै चिन्ता नलिन भनि जानकारी गराई फोन काटेकी थिइन् । तर कहाँ कोसँग विवाह गरेको भन्ने हालसम्म पनि खुल्न आएको छैन । निज बसन्ता विकलाई कुनै महानुभावले फेला पार्नु भएमा अमर राई मो.न. 9871969568 तथा इश्वरी प्रसाद कामी मो.न. 9971679413 मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार