हराएकी युवती र वालिकाको खोजतलास गरौं
301 जनाले पढ्नु भयो ।
खिमराज चालिसे,
चंडिगढ, १ अप्रेल । प्युठान जिल्ला, ऐरावती गाउँपालीका वार्ड नम्बर २, बरौला, निवासी श्याम बहादुर पुनमगरकी श्रीमती चोपकला उर्फ मिना पुनमगर (वर्ष ३०) ११ मार्चको हरियाणाको सोनिपतबाट ५ वर्षकी छोरी ममतालाई लिएर लापत्ता भएककी छिन् । उनी जाँदा लत्ता–कपडा सहित पनि लगेको श्रीमान श्याम बहादुर पुनमगरले बताएका छन् ।
सोनिपतस्थित सुर्यखुवा फारम बेगारेड गाउँ दतैली कनौरमा परिवार सहित बसोबास गर्दै आएका श्याम बहादुरले मूल प्रवाह संगरुर नगर समितिमा दिएको निवेदनमा विक्रम गुरुङ नामक युवकसँग भागेको र सोनिपत मै भएको आशंका गरेका छन ।
उनीहरु भेटिएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा श्याम बहादुर पुन मगरको मोबाइलन नम्बर ९९१५२३८१९५,९०४१८४५०३१ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।