हरियाणामा एक नेपाली युवकको मृत्यु

264 जनाले पढ्नु भयो ।

तारा सोमारे,

हिसार ११ अक्टुवर । हरियाणा राज्यको हिसार छोटुराम पार्कमा छरछिमेकीहरुसंगै वसोवास गर्दै आइरहेका एक युवाको १० अक्टूबर विहानै असमायिक निधन भएको छ ।

एकदिन पहिला साँझ मात्र छाती र टाउको दुखेको कारण साथीहरुले मालिस गरिदिएका तर केहिवेर पछी आराम मिलेर सबै सँगै सुतेका दिनेश विश्वकर्मा वर्ष ३५ विहान सवैसँग उठेर साथिहरु सँगै चियानास्ता गरेका थिए ।

तर उनीबाहेक सबैसाथीहरु विहानको घुमफिर (मार्निङवाक) मा जानु भएको फर्केर आउँदा उनी मृत भेटिए । अचानक मृत्यु भएको हँुदा नजिकैको पुलिस चौंकीबाट पुलिस कर्मचारी तथा सिविल अस्पताल हिसारका डाक्टरहरु, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार र प्रवासी नेपाली संघका कार्यकर्ताहरुको उपस्थितिमा व्यापक सोधपुछ र आवश्यक छानबिन भएको थियो ।

मृतक दिनेश विक बुटवल नगरपालिका शिवनगर वार्ड नः ६ रुपन्देही निवासी हस्त बहादुर विकका छोरा भएको थाहा लागेको छ । मृतकका परिवारिक सदस्यहरु नेपालबाट आएपछि पोस्टमार्टम गरि शव सिवील अस्पताल हिसारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *