हरियाणा रोहतकमा एमसिसि खारेजीको माग गर्दै श्रमजीवी नेपालीहरुद्वारा बिरोध प्रदर्शन

  • धर्म सुनार

रोहतक, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा बिरोध प्रदर्शन सुरु भएको हो ।

क्षेत्रीय सदस्य मोहन सिंह विकले प्रमुख अतिथिको आसनबाट बोल्दै एमसिसि नेपाल र नेपाली जनताको चाहना र हितमा नभएको बताउनु भयो । विकले नेपालमा एमसिसि बिदेशी हस्तक्षेप भएकोले श्रमजीवीहरुको हितमा नरहेले नै देशमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एमसिसि विरुद्धको कार्यक्रमप्रति एक्यबद्धता सभा आयोजना गरेको बताउनु भयो । साथै विकले राष्ट्र र राष्ट्रियता रक्षाको निम्ती सम्पूर्ण देशभक्त जनतान्त्रि शक्तिहरु एमसिसि बिरुद्धको आन्दोनलमा अगाडि आउन समेत आव्हान गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर समितिका कार्यवाहक अध्यक्ष सुभाष गौतम र सञ्चालन बल बहादुर विकले गर्नुभएको थियो । बिभिन्न एरिया टोलहरुका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार