हाँकले गरेको भ्रमको खेती र यथार्थ

  •   
  •  
  •  
  •  
  •  
  •  

2877 जनाले पढ्नु भयो ।

हाँक साप्ताहिक वर्ष ३८, अंक ३२, २३ असार २०७८ (७ जुलाई २०२१) मा “एकता समाजका प्रभावशाली तथा लोकप्रिय नेताहरुमा व्यापक असन्तुष्टि” हेडिङ, “मूल प्रवाहको राष्ट्रिय भेला विवादित” भन्ने सव हेडिङ सहित समाचार प्रकाशित गरेर आम सर्वसाधरणलाई यो स्पष्ट पारिदिएको छ कि, देबबहादुर लामिछाने, महेन्द्र बस्याल, सूर्य बहादुर थापा, इन्द्र भेटाल र मदन भण्डारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता हैनन् । संगठनका कार्यकर्ता नै नभएका व्यक्तिहरुलाई भेलामा उपस्थिति गराइँदैन । यो सबैले भलिभाँती जाने बुझै कै कुरा हो । यो त्यो जमाना होइन, यो टेक्नोलोजीको जमाना हो । अन्तर्राष्ट्रिय स्तरका कुटनीतिक बैठक, मन्त्रालयको बैठक, अदालती काम कारवाही, अन्य सरकारी कार्यालयका बैठकहरु समेत भर्चुअल विधिबाट सम्पन्न भइरहको सर्ब विधितै छ । ति सबै वैधानिक भइरहेका छन् । कसैले भ्रम पार्न खोज्दैमा र कसैले आफ्नो निहित स्वार्थ अनुकुल निर्णय भएन भन्दैमा अवैधानिक हुँदैन ।

देब बहादुर लामिछाने, महेन्द्र बस्याल, सूर्य बहादुर थापालाई नबौं बैठकले नै संगठनबाट निश्काशित गरेको थियो । इन्द्र भेटाल र मदन भण्डारीलाई भेलापूर्वको बैठकले संगठनबाट निश्काशन गरेको हो । त्यस्तै भोपालका केवी खड्काले संगठनको कुनै पनि समितिमा नरहने भनि राजीनामा दिनुभएको थियो, जसको प्रतिलिपि केन्द्रीय कार्यालयमा सुरक्षित छ । सूर्य बहादुर पुन मूल प्रवाहको कुनै पनि समितिमा हुनुहुन्न् । केन्द्रीय समितिको पूर्ण बैठकले निष्काशित गरेका, स्वयं राजिनामा दिएका र समितिमा नै नरहेका व्यक्तिहरुलाई भेलामा नबोलाउँदैमा अवैधानिकताको हलला पिट्ने पत्रकारीतालाई कुन उपमा दिन सहिन्छ त्यो वहाँहरु आफैले बुझ्ने विषय हो । सामाजिक सञ्जालमा पार्टी विरोधी स्टाटस् पोष्ट गर्दैमा कोही प्रभावशाली तथा लोकप्रिय हुँदैन, तर हाँकको नजरमा सबै अराजक गतिविधिमा संलग्न व्यक्तिहरु प्रभावशाली तथा लोकप्रिय देखिन्छन् ।

यो संसारमा धेरै मान्छेहरु प्रचारात्मक रुपले लोकप्रिय देखिन्छन् । ति व्यक्तिहरुले क्रान्तिकारी आन्दोलनलाई होइन, प्रतिक्रियावादीहरुको सेवा गरिका छन् । लोकप्रियता “क्रान्तिकारी” मापन गर्ने पैमान हुन सक्दैन । नीति, सिद्धान्त, संगठनात्मक पद्धती नै क्रान्तिकारी आन्दोलन र क्रान्तिकारीहरुको लागि महत्वको विषय हो । आठौं महाधिवेशनले पास गरेको राजनीतिक लाइनलाई कार्यान्वयनमा लैजानु अहिलेको आवश्यकता हो । कतिपय व्यक्तिहरुलाई महाधिवेशनको निर्णयमा असहमित हुन सक्छ तर क्रान्तिकारीहरुले आफ्ना असहमतिहरुलाई पार्टी संगठनभित्र पद्धती अनुसार समाधानको प्रयत्न गर्दछन् । द्वन्द्वात्मक भौतिकवादको नियम अनुसार प्रत्येक वस्तुमा अन्तरविरोध हुन्छ । अन्तरविरोध पार्टी संगठनको परिचालक शक्ति हो, तर अन्तरविरोधका नाममा महाधिवेशन, सम्मेलन, भेलाले गरेका निर्णयहरुलाई सार्वजनिक रुपमा विरोध गर्नु वा गुटवाजी गर्नु विध्वंसक गतिविधि हो । त्यस प्रकारका कार्यले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रतिक्रियावादीहरुको सेवा गरेको हुन्छ ।

हाँकमा “भारतव्यापी रुपमा छरिएर रोजगाररत रहेका श्रमजीवी प्रवासी नेपालीहरुको अभिभावकीय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौं राष्ट्रिय सम्मेलन पछिको प्रथम राष्ट्रिय भेला विवादित बनेको छ ।…….” लेखिएको छ । हाँकको यो व्यानर न्यूजले यो स्वीकारेको छ कि, भेला सम्पन्न भएको हो । केवल फूटपरस्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई सहभागि नगराइएको असन्तुष्टि मात्रै हो । तर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ने.क.पा. (मसाल) को जनवर्गिय संगठन भन्दा पनि हाँकको जनवर्गीय संगठनको रुपमा बुझ्नु पत्रकारीताको लागि शोभनिय कत्तै पनि हैन । जब सिंगो पार्टी संगठन, त्यसले तय गरेको नीति निर्देशन तथा विधान नै नमान्ने, पटक–पटक सुधारको लागि सुझाव एवं निर्देशन दिंदादिंदै पनि आफूहरुले गरेका कम्जोरीलाई सुधार नगर्ने व्यक्तिहरुलाई संगठनको बैठक, भेला वा सम्मेलनमा प्रतिनिधित्व गराइन्छ वा गराइँदैन ? त्यसको जवाफ आम सदस्यहरुलाई थाहा भएको कुरा हो ।

हाँकले लेखेको छ : “…हाँक साप्ताहिकका वर्तमान प्रधान सम्पादक तथा प्रकाशक गोविन्द सिंह थापा मूल प्रवाहका संस्थापक अध्यक्ष हुनुहुन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र हाँक साप्ताहिकको सम्बन्ध भावनात्मक रुपमा जोडिएको छ । ……” यहाँ संस्थापकको नाम प्रयोग गरेर भावनात्मक सम्बन्धलाई जोडने प्रयत्न गरिएको छ । नेपालको कम्यूनिष्ट आन्दोलनलाई हेर्ने हो भने पुष्लाल श्रेष्ठलाई नेकपाको संस्थापकको रुपमा सम्मान गरिएता पनि पछि गएर उनले अपनाएको बाटोलाई केन्द्रीय न्यूकल्स र त्यस पछिका पार्टीहरुले पुष्पलालको विचारलाई स्वीकार गरेनन् । २०४६ साल पछि माले समुहले पुष्पलाल ग्रुपलाई सामेल गरेता पनि अन्य वामपंथी पार्टीहरु तथा हाम्रो पार्टीको उनलाई हेर्ने दृष्टिकोण कायम नै छ । जसरी पार्टी सम्पत्ती हाँकलाई कब्जा गरेर पार्टी माथि प्रहार गरिरहेका छन्, संस्थापकको सवालमा पनि मूल प्रवाहको मूल स्प्रीटबाट विमुख भई कथित क्रान्तिकारीताको सेवा गरिरहेका छन् । अहिले हाँकको सम्बन्ध र गोविन्द सिंह थापाको सम्बन्ध पनि त्यही अनुरुप लिनु पर्ने हुन्छ । हालमा देखिएका कथित क्रान्तिकारीहरुबाट जब हाँक माथि कब्जा भयो, त्यतिवेला नै हामीलाई थाहा थियो, हाँकलाई पार्टी र पार्टीका जनवर्गिय संगठनहरु माथि धावा बोल्ने एउटा हथियारको रुपमा उनीहरुले उपयोग गर्नेछन् । त्यो भूमिका र धर्म हाँकले निभाइरहेको छ ।

“…. हाँक साप्ताहिकका संस्थापक÷प्रकाशक सम्पादक शोभाखर धनञ्जय, (शहिद सरोज शर्मा) र विद्या ढकाल (जलजला) जस्ता योद्दाहरुको रगतबाट सिंचित मूलप्रवाहको रक्तरञ्जित झण्डा र गौरवमय इतिहास माथि खेलवाड गर्ने छुट इतिहासले कसैलाई पनि दिएको छैन…….” हाँकले भनेर लेखेको । यदि हाँकको यो भनाई सत्य हो भने अनुशासनविहिन गतिविधिमा संलग्न व्यक्तिहरुलाई किन काखी च्यापिरहेको छ ? कुरोको चुरो यसैमा छ । सबैले बुझ्नु पर्ने कुरो यो छ कि, हाँक त्यसप्रकारका व्यक्तिहरुलाई प्रोहत्साहीत गर्ने एउटा दरिलो हथियारको रुपमा उपयोग गरिएको छ । शोभाखर धनञ्जय, (शहिद सरोज शर्मा) जस्ता योद्दाहरुको रगत–पसिनाबाट सिंचित हाँकलाई क्रान्तिकारी धारबाट विमुख र भुत्ते बनाइएको छ । निहित निजी स्वार्थको लागि विज्ञापन जम्मा गर्ने, सोझा र इमान्दार कार्यकर्ताहरुलाई क्रान्तिकारी विचारबाट विचलित बनाउने औजार बनाइएको छ । त्यसरी हाँक एउटा क्रान्तिकारी योद्धाले स्थापित गरेको पत्रिका भएता पनि आज अराजकहरुले कब्जा जमाए कै कारणले यसप्रकारका सामाग्रिहरु त्यसमा प्रकाशित भएका छन् । त्यसका साथै एक वा अर्को प्रकारले प्रतिगामी शक्तिहरुलाई सेवा पुर्याउने कार्यमा हाँकलाई प्रयोग गरिएको छ ।

हाँकले लामिछानेको भनाई भन्दै– “हामीले मूल प्रवाहको क्रान्तिकारी इतिहास र रातो झण्डालाई कदापी झुक्न दिने छैनौं । मूल प्रवाहका आम नेता कार्यकर्ताको भावना र विचारको प्रतिनिधित्व गराएर वास्तविक भारतव्यापी राष्ट्रिय भेला अब छिट्टै आयोजित हुनेछ र त्यही भेलाले नै मूल प्रवाहको गौरवमय इतिहासलाई कायम राख्दै संगठनलाई सशक्त रुपमा अगाडि बढाउने छ ।……” यो भनाईले यो पुष्टि हुन्छ कि देव बहादुर, महेन्द्र बस्याल, इन्द्र भेटाल, सूर्य बहादुर थापा, मदन भण्डारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य नभएको र उनीहरु फूटपरस्त गतिविधिमा समलग्न भएको पुष्टि हुन्छ । त्यसका साथै उनीहरुलाई संगठनबाट निश्काशित गर्नु सहि थियो भन्ने पनि पुष्टि हुन्छ । किनकी मूल प्रवाहको नीति, निर्देशन, विधान, पद्धिती नमान्ने र आफ्नो अनुकुल संगठनलाई उपयोग गर्न खोज्नेहरु मूल प्रवाहका सदस्य हुन सक्दैनन् । सम्मेलनबाट निर्वाचित पूर्ण सदस्यहरुमा मृतक र स्वदेश सरुवा हुनुभएका बाहेकका सदस्यहरुद्वारा आयोजित भेला अवैधानिक र संगठनबाट निष्काशित ३ जना पूर्ण सदस्यहरुले आयोजना गरेको भेलालाई वैधानिक देख्नु र भन्नु कुन हदसम्मको फटहीं हो ? त्यो कुरा अब मूल प्रवाहका सम्पूर्ण स्तरका कार्यकर्ताहरुले बुझिसकेका छन् । मूल प्रवाहका कार्यकर्ताहरुले त्यस प्रकारका व्यक्तिहरुलाई ठाउ“ठाउ“बाट नांगेझार पारे उनीहरुको भ्रमलाई परास्त गर्नेछन् । विगतमा अनुशासन विहिन प्रकारले भेला गर्नेमा विजय शर्मा देखि बाबुराम भट्टराई, रामसिंह श्रीस, गिरधारीलाल–डिलारामसम्मको लामो सुचि छ । त्यस प्रकारका गतिविधिहरुको के हविगत भएको छ, सबैलाई थाहा भएको कुरा हो । त्यही कडिलाई बढाउने प्रयत्न देब बहादुर लामिछाने लगायतले गरिरहेका छन् ।

भेलामा सहभागि प्रतिनिधिहरु अत्यन्तै लोकतान्त्रिक पद्दतीबाट आ–आफ्नो नगरहरुबाट चयन भएर आएका थिए । कतिपय गुटगत कार्य गर्नेहरुबाट निर्माण गरिएका समितिहरुलाई संगठनको विधान पद्धती अनुसार आफैमा अवैधानिक भएकोले उनीहरुबाट प्रतिनिधित्व गराउने प्रश्न नै उठ्दैन । सम्मेलन तथा भेलामा आयोजक समितिका सदस्यहरु बाहेक अन्य समितिहरुबाट केवल प्रतिनिधित्व गराइन्छ । सबै समितिका सदस्यहरु प्रतिनिधि हुँदैनन् र सहभागि सबै प्रतिनिधिहरु समितिमा चयन पनि हुँदैनन् । सामान्य कुराहरुलाई पनि बुझपचाएर संगठनलाई बद्नाम गर्ने उदेश्यद्वारा नै प्रतिनिधिहरुको संख्यामा प्रश्न खडा गरिएको छ । अहिले मूल प्रवाहमा जुनप्रकारका विवादहरु देखाएर आम जनतामा नैराश्यता सिर्जना गर्ने प्रयत्न गरिएको छ, त्यसलाई संगठनका प्रतिवद्ध सदस्यहरुले असफल पार्ने छन् । संगठनको विधि, विधान, पद्धति र अनुशासन भन्दा माथि कोही पनि हुँदैन । संगठनका कार्यकर्ताहरुले पाईपाई गरेर जम्मा गरेको आर्थिकलाई पचाउने उदेश्यद्वारा नै दक्षिण भारतमा समानन्तर प्रकारका गतिविधिहरु सञ्चालन गर्ने व्यक्तिहरुलाई सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेलाले पाखा लगाईसकेको छ । त्यसबाट अत्तालिएर गरिएको रोदनलाई प्रचारित गरेर हाँकको छवि धुमिल्याइएको छ ।

भारतव्यापी छरिएर रोजगाररत रहेका श्रमजीवी नेपालीहरुको हक, हित र अधिकार रक्षाको प्रश्नमा मात्र नभई, नेपालको जनतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्वपूर्ण योगदान रहँदै आएको छ । गौरवमय इतिहास बोकेको मूल प्रवाहको छविलाई धुमिल्याएर कसैले आफ्नो छवि चम्काउन सक्दैन ।
–सम्पादक

One thought on “हाँकले गरेको भ्रमको खेती र यथार्थ

  • 7 July 2021 at 8:19 pm
    Permalink

    भविष्यमा नेपालमा केवल अब दुईटा मात्र पार्टी रहने सम्भावना देखेकोछुँ,
    एउटा पार्टी माओविचारधारामा वैचारिक, व्यवहारिक रूपमा नुहाई धुआई गरेर, लेनिनवादको सुन्दर डुङ्गामा रमाईलो यात्रा गर्दै मार्क्सवादी दरवारमा पुगेर मुक्तिको आनन्दमय बगैचामा रमाउने शोषित पिडित आम सर्वसाधारण जनताहरूको पवित्र पार्टी जस्को नेतृत्व नेकपा मसालले गर्ने छ
    अर्को पार्टी लोभि, पापी, चोर, डाँका, ठग, तस्कर, माफिया, पदलोलुप, घुसखोर, बिचौलिया, कमिशनखोर, भ्रष्टाचार, बलात्कारी, अपहरणकारी, हत्यारा, मानव तस्कर, चेलीबेटी बेचुवा, नक्कली खोटा नोट चलाउने, लागु औषधी ओसार पसार गर्ने, चुल्ठे, मुन्द्रे, जगल्टे, छोटे/बडे डन, दलाल, चम्चे, चाटुकार, गुलाम, राष्ट्रघाती, देशद्रोही आदी सम्मिलित शोषक, भ्रष्ट पूँजीवादीहरूको पार्टी जस्को नेतृत्व
    जस्को लट्ठी, उसैको भैँसी भने झैँ जो बलियो छ उसैले गर्नेछ, जहाँ कुनै निति, नियम कानुन हुने छैन, एकले अर्कोलाई हेप्ने समाज पुरै छाडा हुनेछ !
    त्यसैले आम सर्वसाधारण नेपालीहरूले
    नेकपा मसाल तथा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्न ढिलो गर्नु हुँदैन !

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *