हामी बालबालिकामा परेको असर

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

56 जनाले पढ्नु भयो ।

सोनिया पाण्डेय ।।

म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू साथीहरू स्कुल गए तर म गइनँ ।

मेरा केही साथीहरूले मलाई फोन गरेर किन स्कुल नआएको भनेर प्रश्न गरे ? मैले केही स्कुलका सरहरूलाई कोभिड पोजेटिभ देखिएको रै’छ, बाबाले मलाई स्कुल नजाऊ भनेकाले म स्कुल गइनँ भनेर जवाफ दिए । मेरा केही साथीहरू पनि भोलि पल्टबाट स्कुल जान छोडेछन् । त्यसको तीन दिनपछि बाँके जिल्लाका सम्पूर्ण बिद्यालय बन्द भए ।

अहिले कोरोनाको कहर तीव्र गति मा विकास हुँदै गएको छ । अहिले हामी भर्चुअल माध्यमबाट कक्षा लिइरहेका छौँ । अहिले म बिहान ६ः४० देखि ११ः४० सम्म मेरो भर्चुअल क्लास सञ्चालन हुन्छ । मोबाइलको स्क्रिनमा करिब ५ घण्टा पढ्दा हामीलाई निकै थकित महसुस हुन्छ ।

कोरोनाको कारणले बिरामी, मृत्यु भएका खबर हाम्रो दिमागमा आइरन्छन् । बिमारीको सङ्ख्या पनि दिन–प्रतिदिन बढिरहेका छन् । यसले हामीजस्ता बालबालिकाको मनमस्तिष्कमा नकारात्मक असर परिरहेको छ ।

हामी बालबालिकाहरू स्कुल जाने, रमाउने, खेल्ने, पढ्ने गरिरहेका थियौँ, जसले गर्दा हामीलाई पढाइमा कुनै पनि थकाइ महसुस हुदैनथ्यो, बरु उर्जाका साथ पढाइमा ध्यान जान्थ्यो । तर आज हामी नकारात्मक समाचारको बिचमा एउटा कोठाभित्र कैद भएर शिक्षा लिएका छौ । दैनिक हामीले राम्रो समाचार होइन कि बिरामी, मृत्यु, कोरोनाले भएको हामो दिमाग पनि भरिएको छ ।

बाहिर वातावरण सन्नाटा र सुनसान छ । हामी कोठामै कैद छाँै । साथीहरूसँग रमाउने, खेल्ने, उफ्रने कुनै काम हँुदैन । सबै साथीहरू आÇनो घरमा कैदीजस्तो गरेर बस्नुभएको छ । यसले हामी बालबालिकालाई कोभिडको कारणले ठुलो असर पारेको छ । यसले हाम्रो हाम्रो जनजीवनमा नकारात्मक असर पर्ने देखिन्छ ।

हामी चाहान्छौँ कि छिटोभन्दा छिटो कोरोनाबाट मुत्तिी पाइयोस र हामी बालबालिकालाई स्कुल गएर पढ्न, लेख्न, रमाउन र खेल्न पाउने हाम्रो चाहना पूरा होस् ।

(कक्षा ५, युनाइटेड एजुकेसनल एकेडेमी, बाँके)

Leave a Reply

Your email address will not be published. Required fields are marked *