हामी भारतमा सामाजिक कार्यमा उद्दत छौं : ठाकुर

ओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिद्वारा आयोजित प्रगतिशिल देउसी भैलो २०७६ समिक्षा कार्यक्रम नयाँ दिल्ली स्थित खेलगाउँ पार्कमा सम्पन्न पारिएको छ ।

सो अवसरमा केन्द्रीय सचिव ठाकुर खनालले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो । “एकता समाजले भारत प्रवासमा देउसी भैलो केवल आर्थिक उपार्जनको माध्यम नबनाई प्रवासी नेपालीहरु बीच नेपाली भाषा साँस्कृतिको प्रचार प्रसारको माध्यमको रुपमा उपयोग गरेको छ ।” खनालले भन्नु भयो– “विगतमा एकता समाजले मात्रै भारत प्रवासमा प्रगतिशिल देउसी भैलो खेल्ने गरेता पनि वर्तमानमा विभिन्न नामधारी संघ संस्थाहरु पनि खेल्ने र त्यसबाट आएको आर्थिकलाई मनोरन्जनको रुपमा खर्चने गरेका छन्, त्यो सकारात्मक पक्ष होइन ।”

“हामीले देउसी भैलोबाट प्राप्त आर्थिकलाई विभिन्न सामाजिक कार्यमा विनियोजन गर्नुका साथसाथै स्वदेशमा हुने महत्वपूर्ण र जनतासँग जोडिएका आन्दोलनहरुलाई समेत सहयोग पु¥याउँदै आएका छौं” सचिव खनालले भन्नु भयो– “भारत प्रवासमा नेपालीहरुलाई परेका आम समस्याहरुका बीचमा लगातार पुग्ने र उनीहरुको दुःख सुखमा समेत हामीले सहयोग पु¥याउने काम गरिरहेका छौं । त्यसअर्थमा हामी भारतमा नेपालीहरु बीच समाजिक कार्यमा निरन्तर उद्दत छौं ।”

त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य मतिराज गौतम, सल्लाहकार धनवीर पुन मगर, क्षेत्रीय सहसचिव शिव केसी, विद्यार्थी क्षेत्रीय समितिकी निशा खनाल, पुजा गुरुङ, महिला नगर विभागकी गिता पौडेल, नगर समितिका कोषाध्यक्ष नर बहादुर रेश्मी लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष विजय खनालले र सञ्चालन नगर सचिव कन्या गुरुङले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर समितिका तिलक पाण्डेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ठाकुर खनालले कलाकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार