हामी हात धोइरह्यौं, उता ८० किलोमिटर ?

विन बहादुर रेग्मी

हामी यहाँ कोरोना फैलिसकेको डरले साबुन पानीले हात धोएको धोऐ गरेका छौं । तिनीहरूले नेपाली जमिनमा ८० किलोमिटर बाटो खनेर उद्घाटन समेत गरिसके छन् ।

दोपहरको भोजन गरेर म त आराम गरिसकेको थिए । मोबाइलको बेट्री सकिएर स्वीचआफ भैसकेको थियो । मोबाइल चार्जरमा हालेर फेरी साबुन पानीले हात धुन गएँ । मरिन्छ कि भन्ने डरले होला बिस सेकेन्ड भनेको ता बिस मिटन जति हात रगडिए छ । मोबाइलको चार्जिंग पनि ६३% भैसकेको रहेछ । सिधै डाटा खोलेर ह्वात्तै फेशबुकमा घुसें, बाफ रे बाप के हेर्नामान छ र ? फेशबुके देशभक्ति रातै रातै रातै….

मलाई पनि झनक्कै रिस ऊठ्यो, एउटा विज्ञप्ती, एउटा वालपोस्ट, एउटा कार्टुन, एउटा व्यंग्य, एउटा गजल, एउटा गित भिडियो फिल्म बनाएर क्रान्तिकारी देशभक्तिको पदक पाईन्छ भने म पनि के कम । माणि खोलाको पानी खाको प्यूठानी हुनाले अलि अलि बाठो म पनि छु । मैले पनि जिन्दाबाद र मुर्दावाद लेखेर जिम्मेवारी निभाउने ठाने ।

हत्तपत्त एउटा गतिलो कालो पोष्ट डामी दिएँ । कति लाईक कमेन्ट आउछ हेर्न थालें । म ढुक्क भए, लाईक कमेन्टको बर्षात हुन थाल्यो, म गमक्क परें । तर एउटा तिखो रातो कमेन्टले मेरो मुटुमा चुसुक्क घोच्यो । मानौं म जिवित रहुन्जेल दुखिरहनेछ ।

तपाईको कोठाभित्र बसेर लेखेको विज्ञप्ति, जिन्दाबाद मुर्दावाद कमेन्ट पोष्टले लाईक कमेन्ट त पाइयो, नेता ज्यू तपाईको छाक पनि टर्यो तर मिचिएको सीमा फिर्ता भएन । के तपाईको राजनीति फेशबुकमा, विज्ञप्तिमा, कोठामा मात्रै हो त ? थोरै शब्दमा धेरै प्रश्न ओईरियो । क्रान्तिकारी संगठन व्यक्ति यसरी निदाउनु देश र जनताको लागि अभिशाप हो । म क्रान्तिकारीको नाममा कलंक हो, मबाट गल्ती हुँदैछ….३ आत्मगलानी ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार