हार्दिक श्रद्धाञ्जलि

जयपुर । जिल्ला स्याङ्गजा, साविक मल्याङ्गकोट गाविस, वार्ड नम्बर ४ तल्लो च्यारे निवासी १९ वर्षीय सोमबहादुर गुरुङ्गको राजस्थानको जयपुरमा दुःखद निधन भएको छ । गुरुङको यही २३ मई २०२० का दिन असामयिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

मृतक सोमबहादुरका बुवा डीवी गुरुङ्ग लामो समयसम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रक्तिम साँस्कृतिक परिवार र जनजाति सम्मेलनमा आबद्ध भई अखिल नेपाल जनजाति सम्मेलन नगर समिति जयपुरको अध्यक्ष र पछिल्लो समयमा रक्तिम विभाग जयपुर उत्तरको अध्यक्ष पनि बन्नु भएको थियो । हाल डीवी गुरुङ्ग स्वदेशमै हुनु हुन्छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको तर्फदेखि डीवी गुरुङ्गको परिवारमा परेको दुःखको यो घड़ीमा गहिरो समवेदना प्रकट गर्दछौं साथै मृतक सोमबहादुर गुरुङ्गप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार