हिमाचलमा कोरोना विरुद्ध सचेतना जोगाउँदै नेपाली एकता समाज

सागर परियार
विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट नेपालीलाई सजग बनाउन भारतको हिमाचल प्रदेश किनौर जिल्लामा नेपाली एकता समाजले सचेतना अभियान जोगाईरहेको छ । हजारौको संख्यामा रहेका नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना संक्रमणबाट बच्न, सावधानीका उपायका बारेमा घरघरमा गएर सचेतना दिने गरिएको एकता समाजका अध्यक्ष मिथुन सिंहले बताए ।

उनका अनुसार भारत सरकारले कफ्र्यु लगाउनु पहिलो सचेतना कार्यक्रम ठाउँठाउँमा गरिएको थियो । तर अहिले जनता कफ्र्यु भएकाले घरबाट कमाउन गएका एकल महिला पुरुष, यूवा यूवतीलाई नआत्तिन तथा समस्या भएको खण्डमा नेपाली एकता समाजलाई खबर गर्नु होला । त्रसित भन्दा पनि सजक हुनुहोला भनेर सिकाउदै आएको सिंहले उल्लेख गरे ।

नेपाली एकता समाजले राजदुतावाससँग समन्वय गरी नेपालीलाई संक्रमण भएको खण्डमा तत्तकाल चेकजाँच तथा उपचारको समेत व्यवस्था गरिएको एकता समाजका कोषाध्यक्ष नरी परियारले बताए । उनका अनुसार शौचालय गईसकेपछि,फोहोर छोएपछि, साबुनपानीले अनिवार्य हात धुन, माछा मासु राम्ररी मात्र पकाएर खान समेत सिकाईएको छ । भारतमा माहामारी हुने शंकाबाट त्रसित भएकाले सजक हुन र नआत्तिन समेत आग्रह गरिएको छ ।

कुनै समस्या भएको खण्डमा नेपाली एकता समाजका सम्पर्क व्यक्ति – ७०१८५८४६४९ /  ७०१८४५२४१६) मा सम्पर्क गर्न भारतको हिमाचलमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार