हिसारको माडल टाउनमा मूल प्रवाहको टोल समिति निर्माण

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित इन्ड्रष्ट्रीयल एरिया समिति अन्तर्गत माडल टाउनमा संगठन विस्तार अभियान अन्तर्गत आयोजीत भेलाले ७ सदस्यीय टोल समिति गठन गरेको छ ।

केन्द्रीय सल्लाहकार तारा सोमरे र महिला बिभाग क्षेत्रीय सदस्य डोलमाया विकको विषेश उपस्थितिमा सम्पन्न भेलामा मूल प्रवाहको विधान तथा घोषणापत्र माथी व्यापक छलफल पश्चात सो भेलाले सुमित्राको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरिएको छ । जस्माः सचिव– ज्ञानु दर्लामी, कोषाध्यक्ष– दाल बहादुर दर्लामी र सदस्यहरुमाः विमला कुमाल, रोहित, राधा र हरिकला रहनुभएको थियो ।

कार्यक्रम आत्मराम न्यौपानेको सञ्चालनमा तथा निरु सारुको अध्यक्षतामा सम्पन्न भएको जानकारी केन्द्रीय सल्लाहकार तारा सोमारेले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार