हिसारमा दुई दर्जन युवाहरु मूल प्रवाहमा प्रवेश
175 जनाले पढ्नु भयो ।
खिमराज चालिसे,
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समिति अन्तर्गत सिटि एरिया ‘बी’ अन्तर्गत पर्ने अनाजमण्डी टोल समितिको आयोजनामा १२८औँ माओदिवस मनाइएको छ । त्यससँगै नयाँ युवाहरुलाई मूल प्रवाहको सदस्यता दिनुका साथै प्रशिक्षण पनि दिइएको थियो ।
२६ डिसेम्बर राति १२ बजेसम्म चलेको प्रशिक्षिणमा नगर अध्यक्ष नन्दबहादुर लम्तरी, सचिव तारा सोमरे, जनजाति नगर संयोजक केहरसिंह घर्ती मगर, महिला नगर संयोजक निरु सारु र सुरेश क्षेत्रीले समसामयिक विषयहरुमा प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रम सफलताको शुभकामना रिमा बगाले र चन्द्रा सोमारेले दिनुभएको थियो।
कार्यक्रममा दुई दर्जन भन्दा बढी युवाहरुलाई सदस्यता दिइएको नगर सचिव तारा सोमारेले बताउनु भएको छ ।
मनबहादुर घर्ती मगरको सञ्चालन तथा बिष्णु पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनिल राष्कोटीले स्वागत गर्नु भएको थियो ।