हेमराज र सुनिताको आवाजमा ‘सुतेर नबस जनता’

काठमाडौं । जनवादी गायक हेमराज आश्रम र सुनिता थिङको आवाजमा ‘सुतेर नबस जनता’ बोलको गीत सार्वजनिक भएको छ ।

‘आवाज भाग ४’ मा समावेश गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको हो।

गीतमा शब्द तथा संगीत हेमराज आश्रमकै छ भने एरेन्ज र निर्देशन समेत आश्रमले नै गर्नुभएको छ । गतिको कोरियोग्राफर पियारी थापा रहनुभएको छ ।

नेपालको पहाडी क्षेत्रमा छायांकन गरिएको गीतको म्युजिक भिडियो निकै आकर्षक छ भने कलाकारहरुले जोशीलो नृत्यु प्रस्तुत गरेका छन् । गीतले जनतालाई देशको अवस्थाबारे जागरुक गराउँदै वर्गीय लडाईंका लागि एकजुट हुन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार