हैदराबादबाट मूल प्रवाहका दुई कार्यकर्ताको विदाई

खिम बहादुर बिक, हैदराबाद ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैदराबाद नगर समितिको नाचारामबाट दुई सदस्यको बिदाइ गरिएको छ ।

बिगत लामो समयदेखि संगठनमा विभिन्न जिम्मेवारीमा सक्रिय भूमिका निभाउँदै आउनुभएका मध्य हैदराबाद नगर सदस्य कर्णबहादुर केसी र मूल प्रवाहका सदस्य रहनुभएका उहाँको दाजु मीनबहादुर केसीको विदाई गरिएको हो ।

प्रवास छोडेर स्वदेश फिर्ता हुन लाग्नुभएका दाजुभाइलाई मूल प्रवाहले एक कार्यक्रमको आयोजना गरी सम्मानसहित विदाई गरेको हो ।

नगर सदस्य तथा नाचाराम एरिया उपाध्यक्ष थान बहादुर क्षेत्रीको अध्यक्षता र महिला नेतृ फुलबिना पौडेलको सञ्चालनमा अगाडि बढेको विदाई कार्यक्रममा महिला विभाग सदस्य इश्वरा पौडेलले स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सचिव प्रेम पौडेलले उहाँहरुलाई दोसल्ला ओडाएर बिदाइ गर्दै मूल प्रवाहमा निभाएको जिम्मेवारी प्रति आभार प्रकट गर्नुभयो । उहाँले देशमा गएर आम शोसित पीडित जनताको हक प्राप्तिको लागि संगठित हुनुहुनेछ भन्दै आवश्यक सम्पर्क मिलाउने वचनबद्धता प्रकट गर्नुभयो ।

त्यसैगरी केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिमबहादुर बिकले टीका र माला लगाइ सम्मान गर्नुभयो । त्यस क्रममा उहाँले हामी विश्वको कुनै कुनामा संगठित भएपनि अन्तमा जाने देशमा नै हो भन्दै उहाँहरुले पनि देशमा संगठित भइ झन् जिम्मेवारीका साथ काम गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नगर सहसचिव कुल बहादुर रेश्मी, माधब तिवारीसहितले टीका लगाई सम्मान गर्नु भएको थियो ।

केसी दाजुभाइ पहिला रुकुमको मुसिकोट नगरपालिकाका बासिन्दा भएपनि हाल रुपन्देहीको गैडाहबा गाउँपालिका वडा नं ९ मा बसोबास गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार