हैदरावाद उत्तरमा ११० औं नारी दिवश मनाइयो

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला बिभागको आयोजनामा मनाउना लागियको ११०औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कोरोना भाइरस महामारीको कारण नगर स्तरीय वा स्थानीय स्तरमा मनाउने निर्णय अनुसार हैदराबाद उत्तर नगर समिति भित्र स्थानीय स्तरमा मनाइयको छ ।

शापुर नगरमा देवि शर्माको अध्यक्षता, बिजुला शर्माको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण र शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात कमला शर्माले स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रम मूल प्रवाह कि उत्तर नगर सदस्य तथा महिला क्षेत्रीय विभागकी सचिव पुष्पा पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । पौडेलले सो अवसरमा महिला अधिकारका बारेमा चर्चा गर्दै महिला मुक्ती आन्दोलनको उठाउन क्लराजेट्किनले गर्नु भएता पनि त्यो भन्दा पहिले युरोपका कतिपय देशमा चलेका आन्दोलन र ति आन्दोलनले कैयौं सहादत प्राप्त पछि उत्पन्न भएको हौसला र इच्छाशक्तिले गर्दा ८ मार्चले एउटा इतिहास निर्माण गर्न सफल भएको बताउनु भयो ।

महिलाहरुलाई अहिलेसम्म जेजति अधिकार मिलेको छ, यो ठूलो बलिदानीबाट सम्भव भएको पौडेलको भनाई थियो । प्राप्त अधिकारलाई उपभोग गर्दै अझै अघि बढ्नुपर्ने आबस्यकतामा पौडेलले जोड दिनु भयो ।

कार्यक्रममा मूल प्रवाह क्षेत्रीय सदस्य घनश्याम शर्मा, मूल प्रवाह उत्तर नगर समितिका सदस्य धन बहादुर थापा, नगर सदस्य तथा शापुर नगर एरिया अध्यक्ष लाल बहदुर थापा, महिला उत्तर नगर बिभाग कि संयोजक कल्पना पौडेल, देवि थापा, सिता थापा र लक्ष्मी थापाले कार्यक्रम सफलतको शुभकामना दिनुभएको थियो ।

त्यसैगरि हैदरनगर एरियामा पनि ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । यशोधा न्यौंपानेको अध्यक्षता, खैसरा थापाको सञ्चालन, अतिथिहरुको आसन ग्रहण सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात हिरा पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रम महिला क्षेत्रीय बिभाग कि कोषाध्यक्ष तथा मूल प्रवाह क्षेत्रीय सदस्य लिला देवि शर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । शर्माले सो अवसरमा महिला मुक्ती आन्दोलनका बिषयमा बिचार राख्नु भएको थियो । महिलाहरु पनि पुरुष सरह सबै क्षेत्रमा अघि बद्नु पर्ने बारे बताउनु भयो ।

कार्यक्रममा मूल प्रवाह उत्तरका सचिब जिबनाथ शर्माले पनि ८ मार्च बारे चर्चा गर्नु भयो । भबिलाल थापा, शर्मिला थापा र विद्यार्थी नगरबाट बबिता न्यौंपानेले पनि मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार