हैदरावाद मध्यमा टोल भेलाहरु सम्पन्न

हैदरावाद मध्य । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समिति द्वारा संचालित सेकेन्दराबाद बि एरिया मारेड्पल्ली बि टोल समितिको ९ दिसम्बर २०१९ का दिन पुनर्गठन गरिएको छ । नगर समितिका धन बहादुर शाहीको पहल र सक्रियता तथा क्षेत्रीय समितिका सल्लाहकार विकास परियारको विशेष उपस्तिथिम भेला सम्पन्न भएको छ ।

भेलाले रबिलाल जैसीको अध्यक्षमा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– नमराज विक, सचिव लोकेन्द्र रावल, कोषाध्यक्ष सोनु विक, सदस्यहरुमाः मानबहादुर विक, लोकेश बोगटी, शान्ता विक गणेश विक र एक स्थान रिक्त राखिएको छ ।

त्यसै गरि १० डिसेम्बरका दिन सोही नगर समितिद्वारा सञ्चालित सेकेन्दराबाद बि एरिया अन्तर्गत पिकेट ए टोल समितिको पुनर्गठन राजु दुलाल र विकास परियारको पहल तथा सक्रियतामा सम्पन्न भएको छ । सो भेलामा मूल प्रवाहका केन्द्रीय सल्लाहकार रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । भेला भुपाल परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भेलाले दिपेन्द्र परियारको अध्यक्षतामा ९ सदस्यीय टोल समितिको पुनर्गठन गरेको छ । जसमाः सचिव– शिखर गिरी, कोषाध्यक्ष– बिशाल परियार, सदस्यहरुमा अनुशा परियार, चन्द्रामाया परियार, अनिल परियार, भुपाल परियार, जसबहादुर विक रहनु भएको छ ।

त्यस्तै १० दिसम्बर कै दिन कमल कुमाल र सम्झना दुलालको पहल तथा सक्रियतामा सेकेन्दराबाद बि एरिया अन्तर्गत लक्ष्मी नगर टोल समितिको गठन गरिएको छ । किरन केसीको अध्यक्षतामा सम्पन्न सो भेलामा रामकुमार क्षेत्री, विकाश परियार, राजु दुलाल, सम्झना दुलाल, कमल कुमालले शुभकमना मन्तब्य दिनुभएको थियो ।

भेलाले किरण केसीको अध्यक्षतामा १५ सदस्यीय लक्ष्मी नगर टोल समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– भानु बिसि, सचिव– युबराज भण्डारी, सहसचिव– डेकेन्द्र थापा, कोषाध्यक्ष– पदम परियार, सदस्यहरु कृष्ण ज्ञावली, यामुना बिसि, बिजय ठडाराइ, रबि सुनम, भुपेन्द्र केसी, पुष्पा केसी, बिक्रम सुनाम, विष्णु केसी, भुपेन्द्र र एक स्थान रिक्त राखिएकोे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार