२०७६ को भैलो समापन कार्यक्रम सम्पन्न

जयपुर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरले २०७६ को भैलो समापन कार्यक्रम सम्पन्न गरेको छ । दिनांक १ दिसम्बर २०७६ का दिन सम्पन्न ।

नारायण पौडेलको सञ्चालन तथा रामप्रकाश शर्माको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, नारायण शर्मा, महिला केन्द्रीय विभाग की हुमा रजाली, केन्द्रीय खेल विभागका टंक बहादुर थापा, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, सचिव नारायण ज्ञावली, सदस्य ओम थापा, महिला क्षेत्रीय विभागकी अध्यक्ष कल्पना थापा, रक्तिम क्षेत्रीय विभागका जीवन केसी, जनजाति क्षेत्रीय विभागका बल बहादुर खासु, विद्यार्थी क्षेत्रीय विभाग सचिव पूनम थापा, राष्ट्रिय जनमोर्चा, तनहुँकी सदस्य मीरा थापा, मूल प्रवाह जयपुर दक्षिणका सचिव बाबुराम थापा, मूल प्रवाह जयपुरका पूर्व सचिव राम बहादुर केसी लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

शहीदहरुको सम्झनामा १ मिनेट मौनधारण पछि कार्यक्रमका सहभागीहरुलाई मंगलसिंह खड़काले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले परम्परागत चाड पर्वलाई प्रगतिशील रुपमा रूपान्तरण गर्नु पर्ने बताऊनु भयो । त्यसै गरी सो कार्यक्रममा महिला विभाग जयपुर उत्तरबाट लक्ष्मी केसी, रक्तिम विभाग जयपुर उत्तरबाट पुष्पा गुरुङ, जौहरी बाजार टोल समितिबाट गोर बहादुर थापा, सीता बोहरा, विकेआआई एरियाबाट डम्मर केसी, हसनपुराबाट दिल बहादुर, टीकाराम शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।

निरन्तर रुपमा खटी भैलो सफल पार्न योगदान दिने कलाकार तथा अन्य विभिन्न प्रकारले योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार