५ वर्षीय वालकको पानी टंकीमा परि मृत्यु

सोलन । हिमाचलका सोलन बाजारदेखि सात किलो मीटर टाढा रहेको भानत भन्ने ठाउँमा स्वदेश रोल्पा निवासी लाल बहादुरको पाँच वर्षीय छोरा मनीषको पानी टंकीमा डुबेर मित्यू भएको भएको समाचार प्राप्त भएको छ । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिमा प्राप्त भइसके पछि समाजका प्रतिनिधि मण्डल घटना स्थलमा पुगेको थियो ।

घटना स्थलमा पुगि छानबिन गर्दा बच्चाको टंकीमा परि मृत्यु भएको पीडि़त परिवार बताए । पीडि़त परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सोलनले रु. ५ हजार सहयोग गरेको छ । घटना २२ डिसेम्बर २०१९ का दिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार